काठमाडौं-भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा १७ किसिमका उद्योग स्थापना हुने भएका छन्। ऐन आउने ढिला हुने भएपछि विशेष कार्यविधिबाट सञ्चालन गर्न लागिएको यो सेजमा १७ प्रकारका उद्योग स्थापना अनुमति दिइने कार्यविधिमा उल्लेख छ।कार्यविधिअुनसार त्यहाँ खाद्य तथा कृषिजन्य, हर्बल, छालाका वस्तु, तयारी पोसाक, गलैँचा तथा ऊनी सामान, पस्मिना तथा रेशम, हातेकागजका वस्तु, हस्तकला तथा गरगहना, धानजन्य, स्पोर्टस्वेयर, गहना तथा बहुमूल्य पत्थर, प्लास्टिक, होजियरी, एसेम्बल्ड इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल, इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल, सूचना प्रविधि र पेय पदार्थका उद्योग स्थापना गर्न अनुमति दिइने छ।
यो विशेष आर्थिक क्षेत्र सञ्चालनको अन्तिम तयारी भइरहेको सेज सञ्चालक समितिका कार्यकारी निर्देशक शंकरमान श्रेष्ठले बताए। ‘केही स–साना काम हुँदैछन्,' श्रेष्ठले भने, ‘भैरहवा विशेष आर्थिक क्षेत्र हाम्रो लागि लेसन (पाठ) हुनसक्छ।'
भौतिक रुपमा यो सञ्चालनको लागि तयार भइसकेको तर आवश्यक ऐन नभएकाले कार्यविधि ल्याउनुपरेको उनले बताए। ‘निर्माण सम्पन्न भएको आर्थिक क्षेत्र बन्द गरेर बस्न नपरोस् भनेर कार्यविधि ल्याइएको हो,' श्रेष्ठले भने, ‘तर कार्यविधिबाट सञ्चालन गर्न गाह्रो हुन्छ।' विशेष आर्थिक क्षेत्र सञ्चालनको लागि ऐन नै आवश्यक पर्ने उनले बताए।
कार्यविधिमा उद्योग सञ्चालन गर्न तीन/चार चरणको प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान राखिएकोले उद्योग स्थापनाकै चरणमा ऐन आउने सक्ने उनले बताए। भैरहवा सेजमा खुल्ने प्रस्तावित उद्योगको स्थिर पुँजी कम्तीमा पाँच करोड रुपैयाँ हुनुपर्नेछ। यस क्षेत्रमा स्थापित उद्योगलाई सरकारले विभिन्न छुट, सुविधा र सहुलियत दिनेछ।
सेजको उद्योग राष्ट्रियकरण नगरिने र पाँच वर्षसम्म आयकर छुटको व्यवस्था छ। यहाँका उद्योगले पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत घरबहालमा छुट पाउँछन्। उद्योगलाई आवश्यक पर्ने मेसिनरी, स्पेयर पार्टस्, कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्दैन।
सेजमा स्थापना भएको उद्योगले ७५ प्रतिशत सामान निकासी गर्नुपर्छ। २५ प्रतिशतभन्दा बढी उत्पादन स्वदेशी बजारमा बिक्री गरे जरिवाना तिर्नुपर्छ।
यहाँ स्थापना हुने उद्योगले प्रयोग गरेको जग्गाको प्रतिमहिना एक सय ५० रुपैयाँ प्रतिवर्गमिटरका दरले भू–बहाल दस्तुर (भाडा) बुझाउनु पर्नेछ। यो दर प्रतिवर्ष १० प्रतिशतले वृद्धि हुने कार्यविधिमा छ। बिजुलीको हकमा नेपाल विद्युत प्राधिकरण र पानीको हकमा नेपाल खानेपानी संस्थानको दररेटमा दस्तुर तथा शुल्क तिर्नु पर्नेछ।
कार्यविधिमा उद्योगलाई हानी–नोक्सानी हुने काम गर्न नपाउने व्यवस्था छ। सेजमा स्थापित उद्योगमा कार्यरत कामदार र कर्मचारीले उद्योग र उत्पादनमा प्रतिकूल असर पर्ने गरी कुनै काम कारबाही गर्न पाउने छैनन्।
सरकारले उद्योग सञ्चालन गर्न पत्रपत्रिकामा सूचना छापेर आह्वान गर्ने, उद्योग स्थापना गर्न चाहने व्यक्ति वा समूहले प्रस्ताव राख्ने, त्यसलाई केन्द्रीय कार्यालयले छनोट र मूल्यांकन गरी स्थापना अनुमति दिने प्रावधान छ। वार्ताद्वारा पनि उद्योग सञ्चालन गर्न सक्ने व्यवस्था कार्यविधिमा छ।
सेजभित्र सञ्चालन हुने उद्योगलाई भन्सार, बैंक, बिमा, फरवार्डिङ, पुस्तकालय, हुलाक, सूचना तथा प्रविधि, औषधालय, शिशु स्याहार केन्द्र, विद्यालय, चेमनागृह, दूरसञ्चार, मनोरञ्जन, व्यवसाय प्रवर्द्धनसम्बन्धी परामर्श र अन्य आवश्यक सेवा उपलब्ध गराइने व्यवस्था छ। अन्य सुविधामा बन्डेड वेयरहाउसको उपभोग, सेजभित्रका उद्योगसँग सब–कन्ट्रयाक्टिङ, छरितो दरमा ह्रासकट्टी, आवश्यकताअनुसार निकासी–पैठारी सिफारिपत्र उपलब्ध गराउने लगायत छन्।
सेजमा स्थापित उद्योग (कम्पनी) लाई प्रचलित कानुनअनुसार विदेशी मुद्रामा खाता खोल्न सिफारिस गरिने छ। भैरहवाको विशेष आर्थिक क्षेत्र ३६ हेक्टर जमिनमा फैलिएको छ। यहाँ स्थापना हुने उद्योगले सजिलै कच्चा पदार्थ आयात र उत्पादित वस्तु निकासी गर्न सक्छन्।
भारतको नयाँदिल्लीसँग एक हजार किलोमिटर दुरीमा रहेको यो सेजबाट कानपुर, हरियाणालगायत पनि नजिकै छन्। लखनउ र गोरखपुर क्रमशः चार सय र ९५ किलोमिटर दुरीमा पर्छ।
निर्देशक श्रेष्ठले पहिलोपटक विशेष आर्थिक क्षेत्र सञ्चालन गर्न लागेकोले यो अनुभव हासिल गर्ने मौका हुने बताए।
उद्योग सञ्चालन गर्दा निजी–सार्वजनिक साझेदारी, सरकारले सञ्चालन गर्ने वा निजी क्षेत्रलाई दिने जस्ता विषयमा भैरहवा सेज सञ्चालन भइसकेपछि अनुभव हुने उनले बताए।