काठमाडौं-पानीमा कार्टेलिङ सुरु गरेको नेपाल बोटल वाटर उद्योग संघले एकाधिकारमा असहयोग गर्ने उद्योगलाई सरकारी निकाय लगाएर कारबाही गर्ने धम्की दिएको खुलेको छ। संघले नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगाएर उद्योग बन्द गर्ने धम्की दिएको व्यवसायीले बताएका छन्।राजधानीमा सञ्चालित पानी एक पानी उद्योगमा शनिबार संघका पदाधिकारीले फोन गरेर धम्की दिएका थिए। ‘हामीसँग नियामक निकाय विभाग र नेपाल उद्योग वाणिज्य महासंघ छ। यसमा सहभागी नभए अनुगमन गर्न लगाएर बन्द गराउन सक्छौं भन्दै धम्की दिए,' एक उद्योगीले नाम नछाप्ने सर्तमा भने, ‘हामीलाई काम गर्नै अप्ठेरो हुन थाल्यो।'
पदाधिकारीले सबै व्यवसायीलाई संघमा आवद्ध हुन निरन्तर दबाब दिइरहेका छन्। संघका आवद्ध नभएका व्यवसायीले उत्पादन गरेको पानी बिक्रीमा रोक लगाएपछि केहीले उत्पादन नै ठप्प पारेका छन्। केही दिनअघि संघका पदाधिकारीले पानी बोकेर हिँडेको गाडी रोकेको सम्वद्ध उद्योगीको भनाइ छ।
एकाधिकार प्रणालीमा नआएकै कारण संघको अग्रसरतामा विभागले १५ दिनअघि ब्लुलाइट पानी उद्योगमा सिल गरेको नेपाल खानेपानी बजार व्यवस्थापन समितिका अध्यक्ष राजु अधिकारीले जानकारी दिए। ‘सुरुमा उक्त उद्योगलाई संघले आफ्नो कम्पनीमार्फत पानी बेच्न भनेको थियो,' उनले भने, ‘उद्योगले त्यसो नगर्ने बताएपछि सिल लगाउन विभागलाई दबाब दिएको हो।'
पानीमा एकाधिकार जमाउन संघले सदस्य उद्योगलाई एम इन्टरनेसनल प्रालि नामको कम्पनीसँग मात्र पानी बेच्ने सम्झौता गर्न लगाएको छ। उद्योगले उत्पादन गरेको पानी ऊबाहेक अरुलाई बेचे कारबाही गर्ने सर्त संघले राखेको छ।
उत्पादक कम्पनी र एम इन्टरनेसनलबीच भएको सम्झौताअनुसार उत्पादकले एमले भनेबमोजिम पानी उत्पादन गर्नुपर्नेछ। सम्झौताविपरीत एमबाहेक अरुलाई बेचेको भेटिए करार ऐन २०५६ अनुसार कारबाही गरिने सम्झौतापत्रमा उल्लेख छ।
सुरेन्द्र शाक्य अध्यक्ष रहेको एम इन्टरनेसनलले पानीमा एकाधिकार जमाई काठमाडौंका विभिन्न ठाउँमा डिपोसमेत खडा गरेको छ। एमले संघको बिल प्याड प्रयोग गरेर पानी किनिरहेको छ। तर, करमा भने आफ्नै कम्पनीको नाम देखाएको छ।
संघका अध्यक्ष किशोर मानन्धरले कर तिर्न सजिलोका लागि एम इन्टरनेसनल दर्ता गरेको बताए। उनका अनुसार पानी बिक्री गर्दा संघको बिल प्याड प्रयोग भएको छैन। तर, संघको बिल प्याडमा पानी खरिदबिक्री गरेको नागरिकले फेला पारेको छ।
दुई पक्षबीच भएको सम्झौताअनुसार उद्योगीले उत्पादन गरेको पानी एम इन्टरनेसनलको डिपोसम्म पुर्याकउनु पर्नेछ। आफ्नो मूल्यमा बजारमा बेच्ने अधिकार एमलाई छ। उद्योगीले कार्टुनको एक सय ४७ रुपैयाँ पाउँछन्। एमले बिक्रेतालाई एक सय ७२ रुपैयाँमा बेच्छ। तर, यसअघि उत्पादकले एक सय २० रुपैयाँमा बिक्रेतालाई एक कार्टुन पानी बेच्थे।
उद्योगले पानी उत्पादन गर्न नसके एमलाई लिखित रुपमै जानकारी गराउनुपर्ने सम्झौतापत्रमा उल्लेख छ। एकाधिकार प्रक्रियामा समावेश भएका उद्योगलाई एमले पानी उत्पादनको कोटा तोकिदिएको छ। उसले पानी बिक्रीका लागि सातदोबाटो, कलंकी, चावहिल, कोटेश्वरलगायतका स्थानमा डिपो खडा गरी प्रत्येक डिपोमा १० हजार लिटर पानी स्टोर गरेर राखेको छ।