बोतलको पानीमा कार्टेलिङ,‘तीनवटा ऐनअन्तर्गत कारबाही गर्नू'
०४ भदौ २०७१
•
७ मिनेट पाठ
बोतलको पानीमा कार्टेलिङ,‘तीनवटा ऐनअन्तर्गत कारबाही गर्नू'
काठमाडौं-पानीमा कार्टेलिङ गर्न खोज्ने नेपाल बोटल वाटर उद्योग संघलाई उपभोक्तासम्बन्धी तीनवटा कानुनअन्तर्गत कारबाही गर्न संसदीय समितिले निर्देशन दिएको छ।संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिअन्तर्गतको उपसमितिले संघले तीनवटैै कानुन उल्लंघन हुने गरी एकाधिकारी बजार स्थापना गर्न खोजेको ठहर गर्दै सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो। उपभोक्ता, प्रतिस्पर्धा र कालोबजारी ऐन एकसाथ आकर्षित हुने भन्दै सोही कानुनअन्तर्गत तत्काल कारबाहीको निर्देशन दिएको उपसमिति सभापति सुभाषचन्द्र ठकुरी शाहले बताए। 




वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीलाई समितिमा बोलाएर कार्टेलिङ गर्ने संघ र एम इन्टरनेसनल प्रालिलाई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ। ‘अरु कुरा थाहा छैन, पानीमा भएको कार्टेलिङ तत्काल अन्त्य हुनुपर्योा,' सभापति शाहले भने, ‘अरु कानुन लगाउन मिल्छ भने पनि लगाउनुस्।' 

पानीमा कार्टेलिङ भएको सार्वजनिक भएपछि उपभोक्ता हित संरक्षण मञ्चले त्यो रोक्न र दोषीमाथि कारबाही माग गर्दै उपसमितिमा लिखित निवेदन दिएको थियो। उपसतिमिले संघ र एम इन्टरनेसनलमा छानबिन गरी सिलबन्दी गर्न गृह मन्त्रालयमार्फत बजार संरक्षण अधिकृतलाई निर्देशन पनि दिएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी बजार संरक्षण अधिकृत हुन्। संघ र एमले गरेको सम्झौता उपभोक्ता ऐनको दफा ३ विपरीत भएको भन्दै तत्काल खारेज गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको सभापति शाहले बताए। 

मञ्चले भदौ २ मा दिएको निवेदनउपर छलफल गर्न उपसमितिले बुधबार सम्वद्ध निकायलाई बोलाएको थियो। उपसमितिले गृह मन्त्रालयका सचिव सूर्य सिलवाललाई पनि बोलाएर कार्टेल गर्नेलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न निर्देशन दिएको छ। ‘भोलिसम्म कार्टेलिङ रोकिनुपर्छ,' समिति सदस्य मनकुमार गौतमले भने, ‘कार्टेलिङ तथा एकाधिकार गर्न खोज्ने कसैलाई छाड्न मिल्दैन।' नेपालको कानुनले व्यवसायमा एकाधिकार निषेध गरेको छ। 

‘एम इन्टरनेसनल र संघलाई पानीको बोटलमा स्टिकर लगाउने अधिकार कसले दियो?' वाणिज्य मन्त्रालयलाई लक्ष्य गर्दै सभापति शाहले छलफलका क्रममा प्रश्न गरे। यो प्रक्रिया नै गतल भएकाले छानबिन हुनुपर्ने उनको भनाइ छ। 

कानुनी राज्यको बर्खिलाप हुने गरी व्यवसायीले पानीमा एकाधिकार जमाउन खोजेको देखिएको समिति सदस्य राज्यलक्ष्मी श्रेष्ठले बताइन्। ‘प्राकृतिक स्रोत, साधनमाथि कसैको पनि हैकम हुँदैन। त्यसैले पानीको एकाधिकार तोड्न गृह मन्त्रालयले पनि अग्रसरता देखाउनुपर्छ,' उनले भनिन्।

उपभोक्ता हित संरक्षण मञ्च काठमाडौं शाखा अध्यक्ष जगनाथ मिश्र व्यवसायीले कार्टेलिङ गरेर पानीको मूल्य बढाउन खोजेको बताउँछन्। ‘स्टिकर टाँसेको एक लिटरको बोतल २५ रुपैयाँमा बिक्री भइरहेको छ,' उनले भने। उनका अनुसार ‘गुड डे' ब्रान्डको पानी बजारमा २५ रुपैयाँमा बिक्री भइरहेको छ। उक्त उद्योग एकाधिकार प्रक्रियामा सामेल छ। 

उता, नेपाल बोटल वाटर उद्योग संघले पानीको गुणस्तर कायम गर्न एमलाई बिक्रेता नियुक्त गरेको जनाएको छ। संघका अध्यक्ष किशोर मानन्धर सिन्डिकेट लाद्न र मूल्य बढाउन नखोजेको जिकिर गर्छन्। ‘कसैले मूल्य बढाएर बेचेको थाहा भए कारबाही हुन्छ,' उनले भने। तर, संसदीय समितिमा २५ रुपैयाँमा पानी किनेको बिल नै पेस भएको सभापति शाहले बताए। ‘व्यवसायीको द्वैध चरित्रले झन् शंका जन्मेको छ,' उनले भने। 

एम इन्टरनेसनलले संघको बिल प्रयोग गर्ने गरेर पानी बेचिरहेको छ। एउटा कम्पनीले पानी बेचेको र अर्काको भ्याट बिल प्रयोग गरेको पाइएको सभासद गौतमले जानकारी दिए। 

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति वानियाँले वाणिज्य मन्त्रालयले यो कार्टेलिङ तोड्न नचाहेको आरोप लगाए। ‘मन्त्रालयको सुस्त काम कारबाहीले गर्दा पनि सिन्डिेकट तोड्न चाहेको देखिँदैन,' उनले भने, ‘यसलाई अन्त्य गर्न गृह मन्त्रालयले नै पहल गर्नुपर्ने देखिन्छ।' 

वाणिज्य मन्त्रालयका सचिव मलेगोले एम र संघलाई स्पष्टीकरणका लागि बुधबारै पत्र काटेको जानकारी दिए। ‘हामी पनि यस विषयमा गम्भीर छौं,' उनले भने, ‘सरकारको कानुनी प्रक्रिया झन्झटिलो भएकाले कारबाही गर्न केही दिन लाग्छ।'

बोतलबन्द पानीमा एकाधिकार जमाउन उद्योगहरुले एम इन्टरनेसनल प्रालिलाई मात्र बेच्ने गरी सम्झौता गरेका छन्। उद्योगले उत्पादन गरेको पानी एमबाहेक अरुलाई बेचे संघले कारबाही गर्ने बताइएको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस