काठमाडौं- नेपाली कामदारको मुख्य श्रम गन्तव्य मलेसियाले घरेलु व्यवस्थापनका लागि पनि नेपाली कामदार लैजाने भएको छ। अहिलेसम्म मलेसियाले निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र नेपाली कामदार लिँदै आएको। नेपाल भ्रमणमा रहेका मलेसियाली मानव संसाधन मन्त्री दातुक रिचार्ड रियट जइमले त्यहाँको सरकारले नेपालबाट घरेलु कामदार लिने निर्णय गरिसकेको जानकारी गराए। उनका अनुसार नेपाली महिला 'हाउस म्यानेज वर्कर'को रुपमा त्यहाँ जान पाउने छन्। यो 'हाउसमेड' भन्दा राम्रो काम हो।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निमन्त्रणमा दुईदिने भ्रमणमा बुधबार काठमाडौं ओर्लेका जइमले बिहीबार गुरुङसँग मन्त्रालयमा भेटवार्ता गरेका थिए। सोही बेला उनले मलेसियामा नेपालीको काम सबैले मन पराएको हुनाले जनरलसहित 'हाउस म्यानेज वर्कर' पनि लिने निर्णय भएको बताए।
मानव संसाधनमन्त्री जइमले आफ्नो देशले अरु मुलुकबाट पनि घरेलु कामदार लगिरहेकोले नेपाली कामदारलाई प्राथमिकतामा राख्दै घरेलु कामदारभन्दा माथिको घर व्यवस्थापनसम्बन्धी काममा लैजाने बताए। 'नेपाली कामदार मेहनती र वफादार भएकाले हामीले घरेलु कामदार लिन लागेको हौं,' उनले भने, 'हाम्रो मन्त्रिपरिषदले नेपालबाट घरेलु कामदार लिने निर्णय गरिसकेको छ।'
श्रम राज्यमन्त्री गुरुङले भेटमा नेपालबाट घरेलु कामदार पनि लिन आग्रह गरेका थिए। भेटमा नेपाली कामदारका समस्यासँगै श्रम सम्झौता, गैरकानुनी नेपाली कामदार, बायोमेटि्रक, भिएलएनका विषयमा कुरा उठाएको गुरुङले जानकारी दिए। 'हामीले उठाएका समस्यामा मलेसियाले चासो व्यक्त गरेको छ,' उनले भने।
राज्यमन्त्री गुरुङका अनुसार घरेलु कामदार लिन दुवै देशको संयुक्त टोली बनाउने सहमति भएको छ। दुई हप्ताभित्र सचिव र सहसचिव सम्मिलित संयुक्त टोली बनेपछि त्यसले मापदण्ड बनाउने र प्रक्रिया अघि बढाउने छलफल भएको गुरुङले जानकारी दिए। नेपाली पुरुष र महिला कामदारलाई घरेलु व्यवस्थापन कामदारको रुपमा लिने प्रस्ताव मलेसियाले गरेको उनले बताए। घरेलु कामदारलाई मासिक नौ सय रिंगेट (२७ हजार रुपैयाँ हाराहारी) तलब हुने उनले बताए।
नेपालले घरेलु कामदारका लागि छुट्टै श्रम सम्झौता गर्नुपर्ने प्रस्ताव राखेको छ। गुरुङका अनुसार यस विषयमा संयुक्त टोलमा छलफल हुनेछ।
दुई देशबीच हुने भनिएको श्रम सम्झौताबारे मलेसियाले अन्य मुलुकसँग गरेको सम्झौताको मस्यौदा अध्ययन गरी आवश्यकताअनुसार थपघट गरेर पठाउन सल्लाह दिएको छ। नेपालले श्रम सम्झौताको मस्यौदा यसअघि नै मलेसिया पठाइसकेको छ। उसले अन्य मुलुकसँगको अभ्यास अध्ययन गरेर सम्झौता गर्दा राम्रो हुने भन्दै मस्यौदा पठाउने प्रतिबद्धता जनाएको हो। यसका लागि पनि संयुक्त समिति बनाउने र दुई महिनाभित्र सम्झौता गर्ने सहमति भएको राज्यमन्त्री गुरुङले जानकारी दिए। 'त्यहाँ कार्यरतका समस्या र अब जाने 'हाउस म्यानेज वर्कर’को विषयमा छुट्टाछुट्टै समिति बनाएर अध्ययन हुन्छ,' राज्यमन्त्री गुरुङले भने, 'घरेलु कामदारलाई संस्थागत रुपमा लैजानुपर्ने हामीले बताएका छौं।'
मलेसियामा रहेका अवैधानिक कामदारलाई वैधानिक बनाउने वा स्वदेश फिर्ता पठाउने भन्नेमा जइमले आफ्नो गृह मन्त्रालयसँग आग्रह गर्ने बताएका छन्। गृह मन्त्रालयले दिने केडिएन भिसा अनलाइनमा राखेर सरलीकरण गर्न मलेसिया सकारात्मक छ। राज्यमन्त्री गुरुङले बायोमेटि्रक र भिएलएनको विषय उठाए पनि जइमले गृह मन्त्रालयअन्तर्गतको काम भएकोले आफ्नो क्षेत्राधिकारमा नपर्ने बताएका थिए।
गुरुङका अनुसार मलेसियामा नेपाली कामदार सुरक्षित नभएको गुनासोमा जइमले असहमति जनाए। 'अपवादका एक–दुई घटना होलान् नत्र नेपाली कामदारलाई समान व्यवहार गरिएको छ,' जइमले भने। नेपाली कामदार बढी पैसा तिरेर मलेसिया गएको विषयमा औपचारिक जानकारी नआएको उनले बताए। दुवै देशका एजेन्सीले बढी पैसा लिएको विषयमा दुवै देशले अनुसन्धान गर्नुपर्ने उनको सुझाव थियो। त्यस्तो भेटिए कारबाही गरिने उनले बताए। जइमसँग मलेसियाको गृह मन्त्रालय, श्रम र अध्यागमन विभागका अधिकारीहरु पनि आएका छन्।