काठमाडौं-संविधानका विवादित अन्तर्वस्तुमा प्रमुख दलहरूबीच अहिलेसम्म सहमति हुन नसकेकाले संविधान निर्माणको कार्यतालिका प्रभावित हुनसक्ने देखिएको छ। संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीजस्ता संविधान निर्माणका पेचिला मुद्दामा सहमति हुन बाँकी छ। अघिल्लो संविधानसभाकै क्रममा मिलिसकेका विषयमा पनि दलहरू पूरै सहमतिमा आइसकेका छैनन्। यसले कार्यतालिकाअनुसार भदौ २१ भित्र मस्यौदाका लागि पठाउन मुश्किल छ।संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत गठित उपसमितिले सहमति जुटाइसकेका विषय समितिको पूर्ण बैठकमा आइपुग्दा फेरि विवाद देखिनुले पनि कार्यतालिका भेट्टाउन गाह्रो देखिएको हो। पूर्ण बैठकमा विवाद देखिएकै कारण उपसमितिले बाँकी काम अघि बढाउन सकेको छैन। २०६९ जेठ २ मा भएको सहमतिको प्रतिलिपि दलहरूलाई छलफलको आधार बनाउन बाँडिए पनि त्यसमा प्रवेश हुन सकेको छैन।
संविधानसभाले पारित गरेको कार्यतालिकामा भदौ तेस्रो साताभित्र राजनीतिक दलहरूबीच मतभिन्नता रहेका विषयमा सहमति कायम गर्ने, छलफलमा उठेका नयाँ विषय पनि सहमति गराई समावेश गर्ने, सहमति हुन नसके पुनः निर्णयार्थ संविधानसभामा प्रतिवेदन पेस गर्ने उल्लेख छ। अहिलेको प्रगति हेर्दा कार्यतालिकाले तोकेको समयावधिभित्र सहमति कायम गर्न कठिन छ।
‘संविधान निर्माणको महत्वपूर्ण समयमा पनि प्रमुख दलका जिम्मेवार नेताहरू विवादित विषयमा केन्द्रित भएकै छैनन्,' स्रोतले नागरिकसँग भन्यो, ‘संविधान निर्माणका विषयमा छलफल गर्न बैठक बस्छ, तर उहाँहरू अहिलेजस्तो महत्वपूर्ण समयमा पनि विदेश र जिल्ला दौडाहामा जाने कुरा गर्नुहुन्छ।'
शासकीय स्वरूपमा भन्दा संघीयताकै विषय थप पेचिलो हुँदै गएको छ। शासन प्रणालीका विषयमा भने सबैजसो दलहरू लचिलो भएको स्रोतले जनाएको छ। एकीकृत नेकपा माओवादीले १४ या १० प्रदेश हुनुपर्छ भन्ने अडान कायमै राखेको छ। कांग्रेस र एमाले ३ र ५ को कुरा गरे पनि ७ प्रदेशबाट माथि जानै सकिन्न भन्ने पक्षमा रहेको स्रोत बताउँछ।
विवादित विषय राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीमा पनि छलफल प्रारम्भ मात्र भएको संवाद समितिका सभापति बाबुराम भट्टराईले बताए। ‘राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीमा विवाद कायमै छ,' भट्टराईले आइतबार समितिको कार्यकक्ष सिंहदरबारमा पत्रकारहरूसँग भने, ‘दलहरूबीच अविश्वासको वातावरण छ। यी कन्टेन्टमा सामान्य प्रवेश मात्र भएको छ। तर, कार्यतालिकाभित्रै सहमति जुटाउन अन्तिम समयसम्म प्रयास जारी रहन्छ।'
भट्टराईका अनुसार सहमतिका लागि द्विपक्षीय र बहुपक्षीय छलफलको खाँचो छ। एमाओवादीले संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाभित्र छलफल गर्न बाँकी रहेको बताउँदै भट्टराईले सबै पक्षसँग छलफल गरी अघि बढ्न जरुरी रहेको बताए।
संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन आइतबार बिहान बसेको तीन दलको बैठकमा पनि चारबुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीति संयन्त्र गठन हुनुपर्ने, त्यसको नेतृत्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पाउनुपर्ने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनुपर्ने, २६ सभासद मनोनयन प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने लगायत माग राखेर एमाओवादी नेताहरू बाहिरिएका थिए।
संवाद समितिका सभापति भट्टराई संविधानका अन्तर्वस्तुको कुरा छाड्ने हो भने अन्य विषयमा सकारात्मक छलफलै नभएको बताउँछन्। उनको यो भनाइले पनि संविधान निर्माणमा प्रत्यक्ष असर पर्न सक्ने देखिन्छ।
‘संविधानका लागि होइन, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन पनि हामीले संयन्त्रको नेतृत्व मागेका हौं,' भट्टराईले भने, ‘तर आज (आइतबार) भएको छलफलमा त्यो मिल्लाजस्तो देखिएन। संविधानबाहेक अन्य विषयमा भएको छलफल सकारात्मक हुन सकेन।'
स्रोतअनुसार एमाओवादी नेताहरूले सहमति कार्यान्वयन नहुने भए गल्ती गरिएछ भन्ने प्रस्ताव पारित गर्न आग्रह गरेका थिए, जसलाई कांग्रेस–एमालेले मानेनन्।
प्रमुख दलहरूबीच जेठ २ को सहमति कार्यान्वयन गर्ने कि नगर्ने भन्ने अर्को विवाद पनि छ। कांग्रेस–एमालेलाई एमाओवादीसहित अन्य दलले जेठ २ को सहमतिलाई आधार मानेर छलफल गर्न आग्रह गरिरहेका छन्। त्यसमा बहुपहिचानका आधारमा ११ प्रदेश उल्लेख छ। एमाओवादी राज्य पुनर्संरचना आयोगले दिएको १० र समितिले दिएको १४ प्रदेशमध्ये एक हुनुपर्ने अडानमा छ भने कांग्रेस र एमाले त्यसको विपक्षमा छन्। उनीहरूले ३, ५ या ७ प्रदेशमा जानुपर्ने अडान कायमै राखेका छन्।
‘समितिले दिएको १४ र आयोगले दिएको १० प्रदेशमा स्पष्ट आधार छन्,' भट्टराईले भने, ‘हामीले आधारसहित हुनुपर्छ भनेका छौं। अन्तिम अन्तिममा सधैं यस्तै हुन्छ। अनौपचारिक कुराकानी धेरै गर्नुपर्छ। सबैले आफ्नो अडानलाई बार्गेनिङ चिप्सका रूपमा अन्तिम समयसम्म राख्न चाहन्छन्। अहिले पनि त्यस्तै भएको छ।'
दलहरूबीचको अविश्वास र नजिकिँदै गरेको कार्यतालिकाबारे राखेको जिज्ञासामा भट्टराईले भने, ‘मेरो पनि चिन्ता यसैमा हो। संविधानसभाभित्र रहेका शक्तिहरूसँग सहमति गरेर मात्र पुग्दैन। बाहिरका शक्तिहसँग पनि छलफल गर्नुपर्छ। सहमति कायम गर्नुपर्छ। त्यसका लागि मोहन वैद्य नेतृत्वको मोर्चासँग छलफल गर्न प्रधानमन्त्रीसँग आग्रह गरिसकेको छु। उहाँहरूसँगको वार्ता ढिला भइसकेको छ। अहिलेसम्म सहमति भइसक्नुपर्थ्यो।' यही कारणले सरकारले संविधान निर्माणको वातावरण नबनाएको आरोप पनि लाग्न थालिसकेको छ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि कार्यतालिकाअनुसार भदौ २१ भित्र सबै विषयमा सहमति कायम गरिसक्न आफूले पटकपटक दलका नेताहरूलाई घच्घच्याएको जानकारी गराए।
‘मैले दलका नेताहरूलाई अब कुनै पनि बहाना बाँकी छैन, संविधान निर्माणमा लाग्नुस् भनेर आग्रह गर्दै आएको छु,' नेम्वाङले भने, ‘सारा संसारको ध्यान हामीतिर छ। महत्वपूर्ण अवसर पाएका छौं, गुम्न दिनुहुँदैन भनेर निरन्तर ध्यानाकर्षण गराएको छु।'
स्रोत भने अहिले पनि गम्भीर रूपमा एकआपसमा छलफल हुन नसकेको बताउँछ। ‘अहिले त एउटा दलभित्र पनि गुटमा पहिले सहमति कायम गर्नुपर्छ,' स्रोतले भन्यो, ‘परिवारभित्र पनि कुरा गर्नुपर्ने होला। पार्टीमा सहमति कायम गराएर द्विपक्षीय वार्ता हुनुपर्योर। त्यहाँसम्म दलहरू अझै पुगेका छैनन्। अहिले पनि संविधानसभाबाट संविधान जारी गर्न सकिएन भने नेपालको इतिहासमा संविधानसभाले संविधान लेख्न सक्दैन भन्ने बुझे हुन्छ।'
सत्तारुढ दलले आफूभित्र सहमति कायम गराएपछि मात्र विपक्षी र अन्य दलसँग वार्ता गर्न सहज हुने भए पनि अझै कांग्रेस र एमालेबीच सहमति कायम हुन नसक्दा भदौ २१ भित्र सबै विषयमा सहमति कायम भएर मस्यौदाका लागि पठाउन चुनौती देखिने स्रोतको दाबी छ। प्रमुख दलहरूबीच सहमति कायम भएपछि संवाद समिति र सर्वपक्षीय बैठकमा झनै विवाद देखिन सक्ने ती नेताको भनाइ छ। उनका अनुसार कांग्रेस, एमाले र एमाओवादीबाहेक अन्य दलबीच संविधानका अन्तर्वस्तुबारे छलफल भएकै छैन।