काठमाडौं- विस्तृत आयोजना अध्ययन (डिपिआर) नगरी काठमाडौं–निजगढ फास्ट ट्र्याकको प्रक्रिया अगाडि बढाएकाले आयोजना निर्माण गर्नेबारे सरकार अझै अन्योलमा छ। लागत, प्रतिफल र उक्त सडकमा गुड्ने सवारी संख्यासमेत यकिन नहुँदा फास्ट ट्र्याक निर्माणमा निजी कम्पनीले चासो देखाएका छैनन्। सरकारले आवश्यक रकम खर्च गरेर अध्ययन गर्न सकेको छैन। डिपिआर नहुँदा कुन मोडलमा बनाउँदा उचित हुन्छ भन्नेमा अहिलेसम्म स्पष्ट नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले बताए।
'सरकारले २४/२५ करोड रुपैयाँ खर्च गरेर डिपिआर तयार पारेको भए अन्योल हुने थिएन,' ती अधिकारीले बुधबार नागरिकसँग भने, 'सरकार खर्च गर्न नसक्ने, निजी क्षेत्रले सोझै आँट्न नसक्ने हुँदा आयोजना मन्त्रालयभित्र मात्रै सीमित हुन पुगेको छ।' लागत, जोखिम र प्रतिफल यकिन नहुँदा कुनै पनि निजी कम्पनी अगाडि आउन नसकेको उनले स्पष्ट पारे।
कुन मोडलमा बनाउने भन्ने स्पष्ट नहुँदा नै नेपाली सेनाले ट्र्याक खोलिसकेको फास्ट ट्र्याकको फाइल कहिले लगानी बोर्ड त कहिले मन्त्रालयमा सार्ने गरिएको छ। बोर्ड ऐनअनुसार पाँच अर्बभन्दा ठूला आयोजना बोर्डमातहत पर्छन्। तर, बोर्डबाट आयोजना बन्न नसक्ने भन्दै मन्त्रालयले प्रारम्भिक अध्ययनका मुख्य कागजात दिन मानेको छैन।
बोर्डबाट फर्केकाले यहीँबाट निर्माणको प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सह–सचिव रविन्द्रनाथ श्रेष्ठले बताए। 'फास्ट ट्र्याक बनाउन उचित मोडेलबारे भारतीय आइएल एन्ड एफएस कम्पनीले प्रस्तुति गरेको छ,' उनले भने, 'उक्त कम्पनीले दिएको प्रतिवेदन र विवरण प्राविधिक कमिटीले अध्ययन गरिरहेको छ।'
भारतीय कम्पनीले अर्थ र भौतिक पूर्वाधार मन्त्रालयमा विवरण बुझाएको झन्डै दुई महिनासम्म पनि प्राविधिक कमिटीले अध्ययन पूरा गरेको छैन। काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउन नेपाल पूर्वाधार विकास कम्पनीलाई अनुमतिपत्र दिएकाले फास्ट ट्र्याकमा सरकारको चासो नगएको पनि मन्त्रालयका अधिकारीको तर्क छ। तर, सहसचिव श्रेष्ठले आगामी कात्तिकसम्म निर्माण कम्पनी छनोट गर्न ठेक्का प्रक्रिया सुरु गर्ने जानकारी दिए।
उनका अनुसार सुरुङमार्ग र फास्ट ट्र्याकको रुट २१ किलोमिटरसम्म एउटै भएकाले उक्त दूरीका लागि निजी क्षेत्रलाई नै बनाउन दिने गरी छलफल भइरहेको छ। यसो गर्दा सरकारको लागत कम हुन्छ र रुटमा विवाद पनि हुँदैन, यसका लागि पूर्वाधार कम्पनीसँग छलफल गर्नुपर्ने मन्त्रालयको धारणा छ।
फस्ट ट्र्याकमा न्यूनतम ट्राफिक (सवारी साधन) को सुनिश्चित गरिदिने वा तोकिएको ट्राफिक नपुगेमा सरकारले क्षतिपूर्ति दिने व्यवस्था उचित हुने भन्दै भारतीय कम्पनीलेे प्रस्ताव गरेको छ। उसको प्रस्तावअनुसार ट्राफिक कम भए सरकारले क्षतिपूर्ति दिने र बढी भए त्यसबाट उठेको रकमको ५० प्रतिशत सरकारले पाउनेछ।
आयोजना बनाउन दाताबाट उपलब्ध हुने ऋण वार्षिक किस्ताबन्दीमा तिर्ने गरी बनाउनेबारे छलफल भएको थियो। तर, यस मोडेलमा जाँदा ब्याज महँगो हुने भन्दै मन्त्रालय पछि हटेको छ। यसअघि सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा बनाउने तयारी गरेको थियो।
एसियाली विकास बैंक (एडिबी) ले गरेको प्रारम्भिक अध्ययनमा दैनिक ६ हजार सवारी गुड्ने भए आयोजना सम्भाव्य हुने उल्लेख छ। तर, हाल तीन हजार हाराहारीमात्रै गुड्ने देखिएकाले उक्त मोडलमा जान नसकिने मन्त्रालयको निष्कर्ष छ। सरकार आफैं वा निजी क्षेत्रमार्फत बनाउने भन्ने छलफलमै सीमित रहेकाले आयोजना नबन्ने संकेत पनि बढेको मन्त्रालयका केही अधिकारीको टिप्पणी छ।
पिपिपी मोडलमा बनाउन रिलायन्स इन्डिया लिमिटेड, लरेस्ट एन्ड टर्बो लिमिटेड र आइएल एन्ड एफएस भारतीय कम्पनीले प्रस्ताव हालेका थिए। तर, पिपिपी मोडल सम्भाव्य नदेखिएपछि उनीहरु पछि हटेका थिए। अहिले आइएल एन्ड एफएसले पुनः नयाँ अवधारणाअनुसार बनाउन सकिने भन्दै इच्छा देखाएको छ।
फास्ट ट्र्याकमा सरकारले पूरै वा आंशिक लगानी गर्ने भन्ने अझै टुंगो लागेको छैन। एडिबीको अध्ययनले ८५ अर्ब रुपैयाँको लागत अनुमान गरे पनि विस्तृत अध्ययन नभएकाले यकिन लागतबारे सरकार स्पष्ट छैन। ७६ किलोमिटर सडकको ट्र्याक नेपाली सेना खोलिसकेको छ।
खोकनादेखि सुरु हुने सडकका लागि जग्गा अधिग्रहण गर्नेबारे त्यहाँका बासिन्दाले असहमति जनाउँदै आएका छन्। तर, सो क्षेत्रलगायत ६८ किलोमिटर क्षेत्रको आवश्यक जग्गा अधिग्रहण भइसकेको मन्त्रालयका कर्मचारीको भनाइ छ।
मन्त्रालयका अनुसार खोकनादेखि निजगढ खण्डमा १० वटा पुल निर्माण गर्नुपर्ने र यसका लागिमात्रै करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। फास्ट ट्र्याक चार लेनमा बनाउने लक्ष्य रहे पनि सुरुमा दुई लेन बनाउने र विस्तार बढाउँदै लैजाने सरकारको योजना छ।