डाक्टरको शुल्कमा सीमा
१२ भदौ २०७१
•
८ मिनेट पाठ
डाक्टरको शुल्कमा सीमा
काठमाडौं- मुश्किलले पाँच मिनेट बिरामीका कुरा सुन्ने डाक्टरले नाडी छामेको भरमा हजार रुपैयाँभन्दा बढी शुल्क लिने गरेका उदाहरण प्रशस्तै छन्। यही मनपर्दी शुल्क लिने र बिरामीसँग पर्याप्त अन्तर्क्रिया नगर्ने प्रवृत्ति रोक्न सरकारले स्वास्थ्य सेवा शुल्कमा सीमा तोकेको छ।स्वास्थ्य मन्त्रालयले डाक्टरको डिग्री र अनुभवका आधारमा उनीहरूले लिन पाउने अधिकतम सेवा शुल्कको सीमा निर्धारण गरेको हो। सरकारको सेवा शुल्क निर्धारण समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयबाट बुधबार स्वीकृत यससम्बन्धी निर्देशिका यही असोज १ देखि लागू हुनेछ।
निर्णयअनुसार एमबिबिएस पास गरेका डाक्टरले २ सय ५० रुपैयाँ शुल्क लिन पाउनेछन्। त्यसपछि अनुभव र शैक्षिक योग्यताका आधारमा शुल्क बढ्दै जानेछ। एमडी/एमएस र त्योभन्दा बढीको डिग्री भएका डाक्टरले ५ वर्षभन्दा बढीको अनुभवपछि अधिकतम ४ सय ७५ रुपैयाँसम्म शुल्क लिन पाउनेछन्। 
एमबिबिएसपछि पाँच वर्षभन्दा बढी अनुभवप्राप्तले ३ सय, विशेष तहको तालिम (पोस्ट ग्रा्यजुएट डिप्लों) मा गरेका डाक्टरका हकमा पाँच वर्षे अनुभवसम्म ३ सय ५० र पाँच वर्षपछि ४ सय रुपैयाँ शुल्क तोकिएको छ। एमडी/एमएस र त्योभन्दा माथिको जुनसुकै अध्ययन पूरा गरेकाले पाँच वर्षसम्म ४ सय ५० र पाँच वर्षको अनुभवपछि ४ सय ७५ सम्म शुल्क लिन पाउनेछन्। 
डाक्टरले तोकिएको सीमाभित्र रहेर शुल्क लिनुका साथै आफ्नो शुल्क सबैले देख्नेगरी टाँस्नुपर्ने व्यवस्था गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले बताए। 'अब ७ दिनभित्र पहिलोपटकको फलोअपमा आउँदा निःशुल्क सेवा दिनुपर्नेछ,' डा. लोहनीले बिहीबार नागरिकसँग भने, 'सरकारले तोकेको कर शुल्कबाहेक अन्य कुनै थप सेवा शुल्क लिन पाइनेछैन।'
सबै पक्षको सहमतिमै शुल्क निर्धारण गरिएकाले तत्काल कार्यान्वयन हुने उनले जानकारी दिए। आवश्यक परे यस्तो शुल्क प्रत्येक २–२ वर्षमा पुनरावलोकन हुनसक्ने पनि उनले बताए।
चिकित्सकले जथाभाबी शुल्क लिइरहेको अवस्थामा बिरामी जाँचेबापत लिने शुल्कमा एकरूपता ल्याउन स्वास्थ्य मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो। शुल्क नतोक्दा केही चिकित्सकले बढीमा १ हजार ६ सयसम्म लिने गरेको पाइएको मन्त्रालयका अधिकारीको भनाइ छ। धेरै चिकित्सकले प्रभावकारी सेवाभन्दा आफ्नो नामको पछाडि दौडिने बिरामीसँग मनलाग्दी शुल्क असुलेको गुनासो आएपछि मन्त्रालयले शुल्क तोक्ने अग्रसरता लिएको डा. लोहनीले बताए।
गत वर्ष मंसिर २१ मा मन्त्रिपरिषदबाट जारी 'स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०' मा रहेको कानुनी व्यवस्थाअनुसार स्वास्थ्य मन्त्रालयले शुल्क निर्धारणको निर्णय गरेको हो।
'मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सम्पूर्ण चिकित्सकलाई सेवा शुल्क तोकिएकोबारे जानकारी गराइसकेको छ, कार्यान्वयन नगरे कालोबजारी नियन्त्रण ऐनअनुसार कारबाही हुनेछ,' डा. लोहनीले भने, 'यसमा कुनै पनि चिकित्सकले अटेरी गर्न पाउने छैन।'
यसअघि तत्कालिन शाही सरकारको समयमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका डा. उपेन्द्र देवकोटाले पहिलोपटक सेवा शुल्क तोकेका थिए। २०५९ मंसिर ४ मा मन्त्रीस्तरीय निर्णयबाट एमबिबिएस डाक्टरको सेवा शुल्क अनुभवका आधारमा ७५ देखि १ सय ५० रुपैयाँ तोकिएको थियो। १० वर्षभन्दा बढी अनुभवप्राप्त चिकित्सकले २ सय ७५ सम्म लिन पाउने व्यवस्था गरिएको थियो। लगत्तै देवकोटा मन्त्रीबाट हटेपछि उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन।
स्वास्थ्य सचिव अध्यक्ष रहने सेवा शुल्क निर्धारण समितिमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रथम श्रेणीका प्रतिनिधि, स्वास्थ्य सेवा विभागका महानिर्देशक, आयुर्वेद व्यवस्था विभागका निर्देशक, औषधि व्यवस्था विभागका महानिर्देशक, निजी अस्पतालको संगठन अफिनका प्रतिनिधि, उपभोक्ता महासंघ, उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य रहने व्यवस्था छ। समितिका सदस्य–सचिवमा चिकित्सा सेवा महाशाखाका प्रमुख रहन्छन्।
मन्त्रालयले शुल्कसँगै बिरामी जाँच्दा पर्याप्त समय दिनु चिकित्सकको कर्तव्य भएको पनि स्मरण गराएको छ। अन्तर्राष्ट्रिय अभ्यासमा एक जना बिरामीलाई कम्तीमा ५ मिनेटदेखि औसत १५ देखि २० मिनेट दिनुपर्छ। नेपालमा असल चिकित्सा संहिता जारी गरिए पनि प्रभावकारी अनुगमन नहुँदा चिकित्सकले बिरामीलाई दिने समय थोरै हुने गरेको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नेसनल सेन्टर फर हेल्थ प्रोफेसनल्स एजुकेसनको अध्ययनले देखाएको छ। अध्ययनमा चिकित्सकसँगको अन्तर्क्रियाबाट अधिकांश बिरामी सन्तुष्ट नभएको, ५० प्रतिशत चिकित्सक बिरामीको तनावको कारणसम्म पुग्न नसकेको पाइएको थियो।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले सरकारले वैज्ञानिक रूपमा शुल्क तोक्दा संघलाई आपत्ति नभए पनि सरकारी अस्पताल सुधार्न नसकेको अवस्थामा सर्वसाधारणको ध्यान मोड्न यस्तो निर्णय आएको टिप्पणी गरेका छन्।
सरकारले निजी क्लिनिकको शुल्कमा चिन्ता लिनुभन्दा सरकारी अस्पताल सुधारेर बिरामीलाई त्यतातिर आकर्षित गर्नुपर्ने उनले बताए। 'बिहान–बेलुका विस्तारित र गुणस्तरीय सेवा दिएर बिरामी तान्ने हो भने को निजी अस्पताल र क्लिनिक जान्थ्यो र?' उनले भने, 'यता समय खेर फाल्नुभन्दा सरकारी अस्पतालको शुल्कमा एकरूपता र सेवाको गुणस्तरतिर ध्यान दिँदा राम्रो हुन्छ।'


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस