काठमाडौं- सिई कन्स्ट्रक्सनले घरजग्गा व्यवसायमा थप चार अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीले उक्त लगानीमा उपत्यकाका चार स्थानमा तीन सय ८५ वटा हाउजिङ निर्माण गर्ने योजना बनाएको छ।
काठमाडौंको सीतापाइला, बाँसबारी, हेपाली हाइट र ललितपुरको चोभारमा हाउजिङ निर्माण गर्ने कम्पनीको मातृसंस्था सिई ग्रुप अफ कम्पनिजका अध्यक्ष विजय राजभण्डारीले बताए। 'हाम्रो कम्पनीले निर्माण गरेको हाउजिङप्रति ग्राहकको माग र विश्वास बढ्दो छ,' उनले भने, 'उनीहरूको मागलाई सम्बोधन गर्न नयाँ हाउजिङ निर्माण गर्नुपरेको हो।'
कम्पनीले निर्माण गर्न लागेको हाउजिङमा तीन अर्ब ७० करोड रुपैयाँ जति लगानी हुने राजभण्डारीको अनुमान छ। कम्पनीले बाँसबारीमा आठ रोपनीमा २० वटा हाउजिङ निर्माण गर्ने छ। 'त्यसको भौतिक संरचनाको काम सुरु भइसकेको छ,' उनले भने, '१८ महिनामा पूरा हुन्छ।'
हेपाली हाइटमा २३ रोपनी जग्गामा ६० हाउजिङ निर्माण गर्न लागेको उनले बताए। यसमा ७० करोड रुपैयाँ लगानी हुने अनुमान छ। राजभण्डारीका अनुसार सीतापाइलामा १८ रोपनी जग्गामा ४५ वटा हाउजिङ निर्माण हुनेछ। त्यसका लागि ६० करोड रुपैयाँ लाग्ने उनको अनुमान छ।
चोभारमा एक सय रोपनीमा दुई सय ५० हाउजिङको भौतिक संरचना निर्माण सुरु भइसकेको छ। 'चोभारमा निर्माण भइरहेको हाउजिङ तीन वर्षभित्र पूरा हुन्छ,' उनले भने, 'यसमा दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।'
अपार्टमेन्टको तुलनामा हाउजिङ किन्नेको संख्या बढेकाले यसतर्फ कम्पनीहरु अघि बढेको राजभण्डारीको भनाइ छ। सिईले मध्यमवर्गलक्षित हाउजिङ निर्माण गर्ने बताएको छ। महँगा हाउजिङ र अपार्टमेन्टको बिक्रीमा समस्या परेको र मध्यमवर्गलक्षित घरको माग हुन थालेपछि यसतर्फ लागेको कम्पनीले बताएको छ।
सिईले निकट भविष्यमै निर्माण थाल्ने हाउजिङको मूल्य ६० लाखबाट सुरु हुने बताएको छ। कम्पनीले ३५ लाखमा अपार्टमेन्ट र ६० लाखमा हाउजिङ उपलब्ध गराउने गरी निर्माण गर्नेछ। 'हाउजिङको मूल्य बढी भएकाले बिक्रीमा केही समस्या आएको हो,' राजभण्डारीले नागरिकसँग भने, 'अब निर्माण हुने हाउजिङको मूल्य सस्तो र गुणस्तरीय हुन्छ,।'
कम्पनी हाउजिङको इआइए स्वीकृत गराउने तयारीमा छ। झन्झटिलो कानुनी प्रक्रियाका कारण हाउजिङ निर्माण केही ढिला हुने राजभण्डारीको गुनासो छ। कानुनी झन्झटकै कारण अपार्टमेन्टप्रति जनविश्वास घटेको जिकिरसमेत उनले गरे। 'सामान्यतया एउटा अपार्टमेन्टको इआइए स्वीकृत गर्न कम्तीमा एक हप्ता लाग्छ,' उनले भने, 'तर, नेपालमा एक वर्षमा पनि हुँदैन।'
नेपालमा रियल इस्टेटसम्बन्धी नीति नबनेकाले यस क्षेत्रमा समस्या देखापरेको व्यवसायीको भनाइ छ। राजभण्डारीका राज्यले प्रभावकारी नीति बनाएर अनावश्यक झन्झट हटाउनु पर्ने बताउँछन्। सरकारले अपार्टमेन्ट निर्माण गर्न लागेको स्थान राम्रो भए तुरुन्त आवश्यक प्रक्रिया सकेर स्वीकृति दिने र नमिल्ने भए उचित कारणसहित जानकारी दिनुपर्ने राजभण्डारीको भनाइ छ।