अनुदानमा विमति 'नक्कली राष्ट्रवाद'
१४ भदौ २०७१
•
१२ मिनेट पाठ
अनुदानमा विमति 'नक्कली राष्ट्रवाद'
काठमाडौं- नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको आयोजना विकास सम्झौता (पिडिए) को आवश्यकता र क्षतिबारे अध्ययन गर्न गठित प्राविधिक कार्यदलले शनिबार सरकारलाई सुझावसहित प्रतिवेदन बुझाएको छ।




आयोग उपाध्यक्ष गोविन्दराज पोखरेल नेतृत्वको १३ सदस्यीय प्राविधिक कार्यदलले लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालासमक्ष प्रतिवेदन बुझाएको हो। कार्यदल सदस्यका अनुसार माथिल्लो कर्णाली जलविद्युत परियोजनाको भारतीय प्रवर्द्धक कम्पनी जिएमआरसँग पिडिए प्रक्रिया अघि बढाउन प्रतिवेदन सकारात्मक छ।
सरकारले आयोजना विकास सम्झौता (पिडिए) गर्न आवश्यक सुझाव र आयोजनाबाट हुने क्षति किटान गरी प्रतिवेदन बुझाउन पोखरेलको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा नेपाल राष्ट्रबैंकका गभर्नर, मुख्यसचिव, ऊर्जा, अर्थ, सिँचाइ, वन, वातावरण, कानुन, गृह, भूमिसुधार मन्त्रालय र जल तथा ऊर्जा आयोगका सचिव सदस्य र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव थिए।
जिएमआरलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने विषयमा भने कार्यदलका दुई सदस्यले असहमति जनाएका छन्। मुख्यसचिव लीलामणि पौडेल र राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले राज्यको ढुकुटीबाट अर्बौं अनुदान दिइँदा निर्यातमूलक जलविद्युत आयोजना निर्माणमा गलत नजिर बस्ने भन्दै उक्त व्यवस्थामा विरोध जनाएका हुन्। जिएमआरलाई अनुदान दिने विषयमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका अधिकारी पनि असहमत रहेको आयोगस्रोतको दाबी छ। 
कार्यदल संयोजक पोखरेल भने विदेशी लगानी ल्याउन अनुकूल वातावरण बन्न नसके जलविद्युत विकास नहुने बताउँछन्। 'प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमा मुख्यसचिव र गभर्नरको फरक मत रह्यो,' उनले नागरिकसँग भने, 'असहमति जनाइरहनुभन्दा लगानी व्यवस्थापन र बिजुली निर्यातमा स्पष्ट हुन जरुरी छ।'
बिजुली अभाव पूर्ति गर्न वार्षिक अर्बौं रुपैयाँको डिजेल र पेट्रोल आयात गर्नुपर्ने बाध्यतालाई बिजुली निर्यातले मात्र सन्तुलन गर्न सकिने उनले बताए। 'यस्तो अवस्थामा नक्कली राष्ट्रवाद देखाएर अवरोध गर्नुहुँदैन, यसले जलविद्युत विकास हुन सक्दैन,' उनले भने।
अनुदानमा असहमतिबारे मुख्यसचिव पौडेलले भने प्रतिक्रिया दिन चाहेनन्। 'अनुदान विवादबारे अहिले केही नबोलौं, लगानी बोर्डको बैठकमा आउँदासम्म समस्या समाधान भए ठीक भयो, नत्र त्यसपछि बोलौंला,' पौडेलले नागरिकसँग भने।
कार्यदलका सदस्यबीच अघिल्लो शनिबार नै जिएमआरलाई अनुदान दिने–नदिनेबारे विवाद भएको थियो। गभर्नर खतिवडाले जनताद्वारा तिरिएको र राज्यकोषमा जम्मा भएको करबाट अनुदान दिन नहुने अडान लिएका छन्। एक सातामा पनि सहमति नजुटेपछि कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।
भ्याट वा अनुदान छुट दिने–नदिने वा कति दिने भन्ने विषय पिडिएको छलफलमा बसेपछि मात्रै तोकिने र छलफल अगाडि तोक्न नहुने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए। ती अधिकारीले भने, 'स्वदेशी प्रवर्द्धकले भ्याट छुट नदिँदा आयोजना महँगो भयो भन्दै आएकाले आयोजनाबाट बिजुली उत्पादन भएपछि सरकारले एकमुष्ठ अनुदान दिने निर्णय गरेको हो, बिजुली निर्यात गर्ने गरी बनाइने आयोजनाको हकमा यस्तो सुविधा उचित हुँदैन।'
सरकारले चालु आवको बजेटमार्फत आव २०७९/८० सम्म विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न सक्ने प्रवर्द्धकलाई प्रतिमेगावाट एकमुष्ठ ५० लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ। तर, माथिल्लो कर्णालीबाट उत्पादित बिजुली भारत निर्यात गरिने हुँदा त्यसले स्थानीय अभाव पूर्ति गर्न खासै भूमिका नखेल्ने भएकाले अनुदान दिनु उचित नहुने प्रधानमन्त्री कार्यालयका अधिकारीको तर्क छ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले भने माथिल्लो कर्णालीबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा छोएर मात्रै निकासी हुने हुँदा अनुदान दिनु उचित हुने बताउँदै आएका छन्।
माथिल्लो कर्णालीका लागि जिएमआरलाई प्रतिमेगावाट ५० लाख अनुदान दिँदा राज्यकोषबाट साढे ४ अर्ब रुपैयाँ खर्च हुन्छ। 'एक अर्ब रुपैयाँ खर्चेर पेट्रोलको पाइप लाइन बनाउन नसक्ने राज्यले कुन अर्थमा त्यति ठूलो रकम दिन खोजेको हो, अस्पष्ट छ,' प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीको प्रश्न छ।
अनुदानसम्बन्धी बजेटको व्यवस्थाअनुसार माथिल्लो कर्णालीसहित ९ सय मेगावाटको अरुण तेस्रो, ६ सय ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी २ र ६ सय मेगावाटको तामाकोसी तेस्रोका प्रवर्द्धकलाई यस्तो सुविधा दिनुपर्ने हुन्छ। यसरी सुविधा दिँदा सरकारले राज्यकोषको १५ अर्ब २५ करोड रुपैयाँ खर्च हुन्छ। स्वदेशी निजी क्षेत्रले उत्पादन गर्ने आयोजनाको हकमा भने यस्तो सुविधा दिनुपर्ने आयोग अधिकारीको टिप्पणी छ।
वैदेशिक लगानी र बिजुली निर्यातका विषयमा अनावश्यक विवाद गर्न नहुने उपाध्यक्ष पोखरेलले बताए। 'सन् २०२२ सम्म अल्पविकसितबाट विकसित देशमा रुपान्तरण हुन बिजुली निर्यात एक मात्र विकल्प रहेको उनको धारणा छ। पोखरेलका अनुसार दुई अंकको आर्थिक वृद्धि हासिल गर्न अबको ८ वर्षमा निजी क्षेत्रबाट ६६ खर्ब रुपैयाँ लगानी गर्नुपर्छ।
विकसित देशमा रुपान्तरित हुन वैदेशिक लगानी आवश्यक पर्छ। त्यसमा जलविद्युतबाहेक अर्को उपयुक्त लगानी क्षेत्र नभएको पनि उनले प्रस्ट्याए। आयोगका अनुसार बिजुलीको अभाव हुँदा जेनेरेटर चलाउन मात्र भारतबाट वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको डिजेल आयात गर्नुपर्छ।
नेपाल विद्युत प्राधिकरणले वर्षको करिब १२ अर्ब रुपैयाँ बिजुली आयातमा खर्च गर्नुपर्ने अवस्था छ। व्यापारघाटा र भुक्तानी सन्तुलनको व्यवस्थापन गर्न पनि बिजुली निर्यात अपरिहार्य रहेको निजी क्षेत्रका उत्ापादकसमेत बताउँछन्।
माथिल्लो कर्णालीको पिडिएबारे अनुदानबाहेक अन्य विषयमा सहमति भएको प्राविधिक कार्यदलका एक सदस्यले जानकारी दिए। आयोजनाको तल्लो तटीय क्षेत्रमा निर्माण भइरहेका सिँचाइ आयोजनामा पर्ने असरबारे पिडिए भएको ६ महिनाभित्र पुनः वातावरणीय अध्ययन गर्ने कार्यदलको निचोड छ।
तेस्रो पक्षले ६ महिनाभित्र वातावरणीय अध्ययन गर्ने र उक्त अध्ययनले गरेको सिफारिसका विषय जिएमआरले पूरा गर्नुपर्नेछ। सिँचाइ आयोजनामा असर पर्न नहुने, रोजगारीको सुनिश्चितता र सरकारले कम जोखिम लिनुपर्ने विषय प्राविधिक प्रतिवेदनमा छ। कैलालीमा बनिरहेका रानी जमरा, कुलरिया र बर्दियाको राजापुर सिँचाइ आयोजनामा प्रतिकूल असर नपर्ने गरी पिडिए हुनुपर्ने कार्यदलको निचोड छ।
नेकपा–माओवादीलगायत केही राजनीतिक दलका नेताले पिडिएपूर्व आयोजनाको पुनः अध्ययन गर्नुपर्ने बताउँदै आएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममै गर्ने भनिएको पिडिए तल्लो तटीय क्षेत्रमा पुग्ने असर र फाइदाको विस्तृत पहिचान हुन नसक्दा सारिएको हो।
दैलेख, सुर्खेत र अछामका प्रभावित क्षेत्रमा पाँच मेगावाट बिजुली निःशुल्क उपलब्ध गराउने विषयसमेत प्रतिवेदनमा समेट्न स्थानीय राजनीतिक दलले दबाब दिएका छन्। जिएमआरले भने स्थानीय क्षेत्रमा विद्युतीकरण गर्न दुई मेगावाटको छुट्टै आयोजना बनाइदिने प्रतिबद्धता जनाइसकेको छ।
सिँचाइ आयोजना माथिल्लो कर्णालीभन्दा १ सय ४० किलोमिटर तल पर्ने हुँदा यसबाट असर नपर्ने र सिँचाइका लागि पानी अभाव नहुने लगानी बोर्डका उपसचिव खगेन्द्र रिजालले बताए। 'सिँचाइ आयोजना बन्ने क्षेत्रभन्दा निकै माथि सुर्खेतको कुइने भन्ने ठाउँमा भेरी कर्णालीमा मिसिन्छ,' उनले भने, 'त्यसको केही तल अर्थात् अछामको टुसुरामा पश्चिम सेती मिसिन्छ।'
उनका अनुसार दुई ठूला नदी कर्णालीमा मिसिने हुँदा रानी जमरा, कुलरिया र राजापुर सिँचाइ आयोजनाका लागि पर्याप्त पानी पुग्छ। माथिल्लो कर्णाली पिकिङ (तीन घन्टा पानी सञ्चित गर्न सकिने) आयोजना भएकाले एकैपटक नदीमा छाडिने पानीले पार्ने असरबारे भने छलफल भइरहेको उनको ठम्याइ छ। यस आयोजनाबाट नेपालले २७ प्रतिशत सेयर र १२ प्रतिशत बिजुली निःशुल्क पाउने समझदारी यसअघि नै भइसकेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस