भारतमा अखडा, नेपालमा धन्दा
१९ भदौ २०७१
•
८ मिनेट पाठ
भारतमा अखडा, नेपालमा धन्दा
काठमाडौं-सरकारले 'नेटवर्क मार्केटिङ' मा प्रतिबन्ध लगाएपछि यस्तै प्रकृतिका केही कम्पनीले नेपालीलाई नै लक्ष्य गरी भारतीय सहरहरूबाट कारोबार सञ्चालन गरेर रकम उठाइरहेको भेटिएको छ।




स्वदेशमा सञ्चालन गर्न नपाइने भएपछि यस्ता कारोबारीले भारतीय बजार छानेका हुन्। बनारसमा विन–विन ट्रेड मार्ट प्रालि, गान्तोक तथा चण्डिगढमा डाइनामिक बेनिफिसियल एकर्ड (डिबिए) तथा देहरादूनमा न्यु च्यालेन्ज नामका नेटवर्क कम्पनीले नेपालीलाई लक्ष्य गरी धन्दा चलाइरहेको पीडितले नागरिकलाई जानकारी दिएका छन्।

उनीहरुका अनुसार भारतबाट फैलिएको यसको जालो नेपालका बाँके, बर्दिया, सुर्खेत, रोल्पा, जाजरकोट, रुकुम, दाङ, चितवन, नवलपरासी, रामेछापलगायत जिल्लासम्म फैलिएको छ। ती कम्पनीले अहिलेसम्म कति नेपालीलाई ग्राहक बनाए र कति रकम असुले भन्ने खुलेको छैन। निकट व्यक्ति र साथीभाइमार्फत यी कम्पनीको नेटवर्किङ कारोबार फैलिइरहेको यसमा संलग्नहरू बताउँछन्।

रामेछाप, मन्थलीका विवेक केसी गान्तोकको डिबिएमा संलग्न छन्। आफ्ना एक गाउँले साथीले कमाइको प्रलोभन देखाएर एक वर्षअघि नेटवर्किङको जालोमा फसाएको उनी बताउँछन्। केसीका अनुसार सिक्किममा २० प्रतिशतको सबैभन्दा सानो, २९ प्रतिशतको मझौला र ३८ प्रतिशतको ठूलो गरी तीन श्रेणीको 'स्किम' चलिरहेको छ।

तीमध्ये डिबिएको सदस्य बन्नेबित्तिकै कम्तीमा २० प्रतिशतको स्किम अनिवार्य रूपमा किन्नुपर्छ। यसका लागि ८ हजार भारतीय रूपैयाँ बुझाउनुपर्छ। वार्षिक सदस्यता शुल्क थप १ हजार भारू तिर्नुपर्छ। कम्पनीले प्रत्येक सदस्यलाई स्किममा लगानी भएको रकम बराबर कपडा दिने गर्छ, जसको मूल्य ऊ आफैंले तोक्छ।

'सुरुमा ८ हजार भारू तिरेपछि मलाई उनीहरूले एउटा पाइन्ट दिए, जसको बजार मूल्य १५ सय पनि पर्थेन,' केसीले आफूले लाइराखेको खैरो रङको सफ्टजिन्स देखाउँदै नागरिकसँग भने, 'यो पाइन्ट त्यहीँ दिएको हो।'

उनका अनुसार सबभन्दा सानो श्रेणीको यो स्किम किन्नु भनेको नेटवर्क मार्केटिङमा प्रवेशका लागि मात्र हो। सदस्यले यसबाट लाभ लिन आफू मातहत नयाँ–नयाँ ग्राहक बनाउन २९ वा ३८ प्रतिशतको महँगो स्किम किन्नुपर्छ। यसमध्ये मझौला स्किम किन्न ४० हजार भारू लगानी गर्नुपर्छ। यसमा साढे ६ प्रतिशत कर लाग्छ। लाइसेन्स र वार्षिक शुल्कबापत् थप १ हजार भारू तिर्नुपर्छ। सबभन्दा महँगो ३८ प्रतिशतको स्किम किन्ने हो भने कुल १ लाख ८० हजार भारू लगानी गर्नुपर्छ। केसीले यही स्किममा पैसा हालेका थिए।

यति गरेपछि आफूमातहत ३ देखि ५ जना सदस्य बनाउन पाइन्छ। यसरी सदस्य बनाएपछि प्रत्येक सदस्यबापत् ८ हजार भारू पहिलो सदस्यले फिर्ता पाउँछ। पहिलो खेपमा हुने लाभ यही हो। आफूले बनाएको सदस्यले २९ वा ३८ प्रतिशतको स्किम किनेपछि १७ हजार भारूसम्म फिर्ता पाउने बताइन्छ। जालो योभन्दा अगाडि बढ्दै गएपछि प्रत्येक नयाँ सदस्यबापत् ५ प्रतिशत रकम पहिलो सदस्यको खातामा जम्मा हुँदै जान्छ।

कुनै व्यक्तिले आफू मातहतका सदस्यबाट मासिक २० लाख भारूसम्मको कारोबार ग्यारेन्टी गर्न सकेको अवस्थामा उसलाई 'मार्खेज'को दर्जा दिइन्छ। यस्तो दर्जा पाउनेको मासिक कमिसन ५ प्रतिशतबाट तल झर्दैन।

यो कारोबारमा पाँच वर्ष काम गरेपछि अनिवार्य रूपमा पेन्सन पाइने भनी प्रलोभन दिने गरिएको छ। पेन्सनबापत् पछिल्लो समय जति खाइपाइ आएको हो त्यति नै रकम जिन्दगीभर पाउने बताइन्छ। धेरैलाई नेटवर्क कारोबारको जालोमा फसाउने यही पेन्सनको लोभले हो।

नेपालीलाई लक्ष्य गरेर भारतमा सञ्चालित सबै नेटवर्क कारोबारको प्रकृति करिब–करिब यस्तै रहेको केसी बताउँछन्। उनका अनुसार बनारसमा २०, ३५ र ४१ प्रतिशत गरी तीन श्रेणीको स्किम चलिरहेको छ। त्यहाँ पनि २० प्रतिशतका लागि अनिवार्य ८ हजार भारू लगानी गर्नुपर्छ। त्यस्तै, २५ प्रतिशतका लागि ३५ हजार र ४१ प्रतिशतका लागि १ लाख १० हजार भारू हाल्नुपर्छ। भारत सरकारलाई बुझाउने भन्दै लिइने कर र वार्षिक शुल्क भने बराबरी छ।

'यो पूरै नेटवर्क कारोबार हो, तर उनीहरू भने त्यस्तो नभएको जिकिर गर्छन्,' करिब ५० हजार भारू बुझाएर सिक्किममा सदस्य बनेका रामेछापकै विजय केसीले नागरिकसँग भने, 'आफूभन्दा तल जति धेरै बढाउन सक्यो, त्यसैअनुसार कमिसन बढ्दै जान्छ।'

एकबाट असंख्य व्यक्तिमा जालो फैलिँदै जाने 'नेटवर्क मार्केटिङ' बाट करोडौं ठगी भएपछि सरकारले गोल्डक्वेस्ट, युनिटीलगायत कम्पनीमा रोक लगाउनुका साथै यो खालको कारोबारमै प्रतिबन्ध लगाएको छ। यी कम्पनीका सञ्चालकले भने आफ्नो कारोबारलाई 'मल्टिलेभल मार्केटिङ' (एमएलएम) भन्ने गरेका छन्।

नेपालमा पहिले सञ्चालन भएको नेटवर्किङजस्तो खुलेआम प्रचार नगरी यसले व्यक्तिगत रूपमा गाउँगाउँमा जालो फैलाइरहेको संलग्नहरू बताउँछन्। खासगरी ग्रामीण क्षेत्रका बेरोजगार युवा यसको चंगुलमा फसेका छन्।

प्युठानका गिरिराज पाण्डेले त यो कारोबारमा छिर्न मौखिक परीक्षासमेत दिनुपर्ने बताए। 'छदिने कक्षा लिएर जाँच पास गरेपछि बल्ल छिर्न पाइन्छ,' उनले भने, 'कति दिन परिवारको कमाइ खाने, अब हामी आफैंले कमाउनुपर्छ भनेर विश्वासमा लिन्छन्। एकचोटि पैसा फसेपछि नेटवर्क कारोबार हो भन्ने थाहा हुँदाहुँदै झन्झन् फस्दै गइन्छ।'

उनका अनुसार सिक्किमको डिबिएफले आइफाजोन र वनारसको विन–विनले वेस्टर्न ब्रान्डको फेसन कम्पनीको काममा लगाउने भन्दै यसमा संलग्न गराएका छन्। 'फेसनका कपडा बेच्ने हो भन्दै यसमा छिराउँछन्,' पाण्डेले भने, 'त्यहाँ पुगेपछि मल्टिलेभल मार्केटिङ हो भनेर भन्छन्।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस