बाँध खुलेपछि संकट टर्‍यो
२२ भदौ २०७१
•
९ मिनेट पाठ
बाँध खुलेपछि संकट टर्‍यो
ड्यामसाइट (सिन्धुपाल्चोक)- सशस्त्र सिमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी विदुर गुरुङ गाडीमा साइरन बजाउँदै अरनिको राजमार्गको खाडीचौर कोठे क्षेत्रतर्फ निस्किए। लगत्तै सशस्त्र, सेना र नेपाल प्रहरीको टोलीले ड्याम क्षेत्र पहरा दिन थाल्यो।




सहायक हवल्दार दिनेश तामाङ पहिरोबीचका खहरे व्यवस्थापनमा जुटिरहेका थिए। झन्डै डेढ किलोमिटरको कान्ले पहिरोमा तीन/चार ठाउँ खहरेको पानी बगिरहेको थियो। शनिबार रातिको वर्षाले खहरेहरूमा पानीको मात्रा बढेको उनी बताउँछन्।
यही वर्षाले हो, ३७ दिनअघि पहिरोले पुरिएर बनेको सुनकोसी तालको मुख खुलेको। कुनै पनि बेला ताल फुटेर ठूलो धनजन क्षति हुने त्रास भइरहेका बेला 'ठिक्क हिसाबले' मुख खुलेपछि स्थानीय, सुरक्षाकर्मी सबैले सन्तोषको सास फेरेको उनी बताउँछन्।
काभ्रेबाट आएका गोकुल थापा पनि थुनिएको सुनकोसीको मुख खुलेपछि निकै खुसी देखिन्थे। 'जति क्षति हुनु थियो पहिरोमै भयो,' उनले आइतबार दिउँसो नागरिकसँग भने, 'अब केही नहोला!'
झट्ट हेर्दा स्थिति सामान्य देखिए पनि उक्त क्षेत्रमा केही क्षति भने पुर्याीएको छ। बा“ध खुलेपछि पानीको बहावले एउटा एक्स्काभेटर बगाएर काम नलाग्ने बनाएको छ। पूर्व हुँदै बगेको नदी आइतबार बिहानबाट पश्चिम पनि बग्न थालेको छ। यसले यातायात र ढुवानी व्यवसायीले सडककै क्षेत्र (पश्चिमतर्फ) बाट बनाइरहेको गोरेटो बाटो भत्काएको छ। हलुका सवारी साधनको आवतजावत बन्द भएको छ।
ड्याम साइटमा नदी किनारमा भएका निजी तथा विद्युत केन्द्रका घर असुरक्षित बनेका छन्। ड्याममा भएका चार ढोकामध्ये तीन ढोकामा ठूल्ठूला ढुंगा र चट्टान आएर बसेका छन्। वर्षा अत्यधिक भयो भने ड्यामसमेत जानसक्ने खतरा भएको स्थानीय र सुरक्षाकर्मी बताउ“छन्। ड्यामका ढोका बन्द भएपछि पानी ड्यामको पूर्वी किनारबाट बग्न थालेको छ। त्यसले नदीको पूर्वी किनारमा क्षति पुर्यापइरहेको छ। कतिपय स्थानमा धानखेतसमेत बगाएको देखिन्छ। 
यतिमात्र होइन, पानीले पश्चिमतर्फ काटिरहेको छ। ड्याम साइटदेखि खाडी चौर र कोठेतर्फको राजमार्ग दुई ठाउँमा चर्किएको छ। विशेषगरी कोठेदेखि करिब पा“च मिटर दुरीको सडकको आधा भाग चर्किएको छ। बलेफी खोलासमेत सुनकोशीमा मिसिएकाले पानीको मात्रा बढेको देखिन्छ। त्यो पानीले राजमार्गतर्फ पश्चिम किनारमा हानिरहेको छ। २०४२ को बाढीले भत्काएपछि उक्त खण्डको सडक साँघुरो छ। त्यही ठाउँ पुनः भत्किने सम्भावना देखिन्छ। सुरक्षाकर्मीले त्यस क्षेत्रलाई खतरायुक्त आँकलन गरेर सवारी साधनलाई सावधानी अपनाउन सचेत गराइरहेका छन्। 
पहिरोका कारण बनेको ताल र त्यसभित्र परेको सानिमा जलविद्युत केन्द्रको भवनलाई पानीले छाडेको छ। आइतबार दिउ“सो भवनको प्रांगणमा बालबालिका खेलिरहेका थिए। केही घर पनि देखिएका थिए। तालको पूरै पानी बगिसकेको अवस्था भने छैन। अरनिको राजमार्गको कान्ले खण्डको सडक अझै पानीमुनि नै छ। सडक किनारको बत्तीको पोलको माथिल्लो भाग अलिअलि मात्र देखिएको छ। पहिरो क्षेत्र वरपरका केही घर अझै पानीभित्र रहेको स्थानीय बताउँदै थिए।
कान्ले पहिरो खण्डमा व्यवसायीले बनाइरहेको सडक आइतबार बिहान बा“ध फुटेर बगेको पानीले बगाइरहेको छ भने पूर्वी किनारको भिरमा सेनाले बनाइरहेको सडक पनि त्यत्तिकै जोखिममा छ। सडक खन्ने क्रममा ढलेका रुख र खोसि्रएका चट्टान सुनकोशी नदीमै खसिरहेका छन्।

'एकीकृत व्यवस्थापन भएन' 
एमालेका समानुपातिक सभासद अमृत बोहराले सडक सुचारु गर्ने काममा सरकारले उदासीनता देखाएको बताए। आइतबार पहिरो क्षेत्रको स्थलगत अध्ययन गर्न आएका उनले नागरिकसँग भने, 'उद्धार, राहत र पुनर्स्थापनामा जसरी काम भयो, त्यसरी सडक आवागमन सुचारु गर्ने काम भएको छैन।' उनले सेनाले नदीको पूर्वी किनारमा सडक खनेर गलत काम गरेको बताए। 
'हामीले पूर्वी किनारभन्दा अहिलेकै स्थानबाट सडक बनाऔं भनेर बारम्बार भन्यौं, तर उहा“हरूले प्राविधिक कुरा गरेर काम सुरु गर्नुभएको छ, जुन गलत देखिन्छ,' बोहराले भने।
उनले सडक निर्माणमा एकीकृत योजना नबनेकोमा रोष व्यक्त गरे। 'सरकारले यसलाई अझै प्राथमिकतामा राखेको छैन भन्ने कुरा स्थलगत भ्रमणबाट पुष्टि हुन्छ,' बोहराले भने। उनले सबै क्षेत्र संलग्न भएको बलियो प्राविधिक टोली खटाएर अध्ययन गराएपछि मात्र बाटो निर्माण सुरु गरेको भए दिगो सडक निर्माण हुनसक्ने बताए।
पहिरोपछि यस क्षेत्रको झन्डै ६७ मेगावाट क्षमताको विद्युत केन्द्र प्रसारण लाइनमा आएको क्षतिका कारण बन्द भएको छ। चीनस“गको प्रमुख नाका तातोपानीसँगको सम्बन्ध पनि तोडिएको छ। यसले दैनिक तीन करोड रुपैयाँ राजस्व गुमाउनुपरेको उनले बताए। 

यात्रुलाई सास्ती
आइतबार पहिरो क्षेत्र पुग्दा यात्रुले सास्ती पाएका दृश्य सामान्य थिए। अलिअलि बनिसकेको गोरेटो बाटो पनि पानीले भत्काएपछि सडक यात्री दलदले हिलो माटो कुल्चेर यात्रा गरिरहेका थिए। झन्डै डेढ किलोमिटर दुरीको पहिरो छिचोल्न पैदल यात्रुलाई हम्मेहम्मे परेको थियो। विशेषगरी बूढाबूढी, केटाकेटी, बिरामी यात्रुले निकै दुःख पाइरहेका थिए। पहिरो माथिका खहरे र तिनले निम्त्याएको दलदल माटो र त्यसभित्रका ढुंगा छिचोल्न यात्रुलाई हम्मे परेको देखिन्थ्यो। तिब्बतस्थित कैलाश पर्वत दर्शन गर्न हिँडेका कतिपय भारतीय पर्यटक ढुंगामा चिप्लिएर घाइते भएका थिए। हातखुट्टामा चोटपटक लागेको थियो। युवायुवतीको सहारामा पहिरो छिचोल्नेको संख्या त्यत्तिकै थियो। 
पहिरोले सडक बन्द भएपछि उक्त खण्डमा चीनबाट आएका सामग्री भरियाले ओसारिरहेका थिए। भरियाको काम गर्न सोलुखुम्बुका स्थानीयसमेत आएका छन्। झन्डै तीन सय हाराहारी रहेका उनीहरूले दैनिक दुईदेखि तीनपटक भारी ओसारपसार गरिरहेका छन्। 'खानेपानीसमेत छैन, के को व्यवस्था भन्ने?' एक भरियाले गुनासो गरे।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस