काठमाडौं— • सिरियाली नागरिक मोहमद घुसा अलमास्ट गत साउन २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे। उनलाई 'जाली राहदानी' (अरूको राहादानीमा फोटो परिवर्तन गरेको) प्रयोग गरेको आरोपमा अध्यागमन कर्मचारीले पक्राउ गरेका थिए। उनले रोमानियाका एक नागरिकको १००१६४६३ नम्बरको राहदानी प्रयोग गरेका थिए।• गत जेठ १० गते त्रिभुवन विमानस्थलमै नक्कली राहदानीसहित एकसाथ तीन जना सिरियाली नागरिक समातिए । पक्राउ पर्नेमा मोहमद फारह्याट, ओमार अलोमारी र आयम्यान अलोमारी थिए । फारह्याटले ग्रिसका नागरिक इलिफारिस च्याट जिप्पालिजको 'ए२११४६४९६' नम्बरको राहदानी, ओमारले ग्रिसकै जर्जीयस रासलसको 'एके १४७१४०२' नम्बरको राहदानी र आयम्यानले सिरियाकै एक नागरिकको 'एन ००४६८४४५२' नम्बरको राहदानी प्रयोग गरेका थिए ।
• लेला सलाम नाम गरेका सिरियाली नागरिक जाली राहदानीका साथ जेठ १ गते विमानस्थलमा पक्राउ परे । उनले स्विडेनका नागरिक हनान खाधिमको ८५७३३५१९ नम्बरको राहदानी प्रयोग गरेका थिए ।
• २०७० माघ १५ गते पक्राउ परेका सिरियाली नागरिक मोहमद ताइजका साथमा पनि स्विडस राहदानी भेटिएको थियो । उनले स्विडेनका जोसेफ नासिरको ८४४५३९१२ नम्बरको राहदानी प्रयोग गरेका थिए ।
पछिल्ला महिना राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाली राहदानीका साथ पक्राउ परेका सिरियाका नागरिकको सूची लामै छ । पक्राउ परेकाहरूले आफूलाई शरणार्थी दाबी गर्दैनन् । पक्राउ पर्ने व्यक्ति फरक भए पनि उनीहरूले जाने गन्तव्य एउटै बताउने गरेका छन्– युरोप वा अमेरिका । पक्राउपछि बयानमा उनीहरूले यो कबुल गरेका हुन् ।
अध्यागमन विभागको अनुसन्धानबाट द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकले जाली राहदानी प्रयोग गरी युरोप र अमेरिका जान नेपाललाई 'ट्रान्जिट' बनाउने गरेको खुलेको छ । उनीहरूले १ देखि १२ हजार अमेरिकी डलरसम्ममा विभिन्न देशका राहदानी खरिद गरी फोटो परिवर्तन गरेर नेपाल हुँदै युरोपेली राष्ट्र र अमेरिकालाई गन्तव्य बनाउने गरेको बयानमा बताएका छन् ।
ती सिरियाली नागरिक टर्की छिरेर सिधा उडानमा नेपाल आउँछन् र यहाँबाट सिंगापुर, थाइल्यान्ड वा मलेसिया हुँदै युरोप र अमेरिका जाने गरेको अनुसन्धानमा पत्ता लागेको छ । 'पछिल्ला दिनमा सिरियाली नागरिक अन्य देशका नागरिकको राहदानीमा नेपाल आउन थालेका छन् । उनीहरूले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन्,' अध्यागमन विभाग स्रोतले नागरिकसँग भन्यो, 'अनुसन्धानमा उनीहरू आफू युरोप र अमेरिका जान हिँडेको बताउँछन् ।'
विभागको तथ्यांकअनुसार सन् २०१४ जनवरी १ देखि सेप्टेम्बर १० सम्मको अवधिमा नक्कली राहदनीमा यात्रा गरेका ८ जना सिरियाली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरूमध्ये केहीलाई फिर्ता (डिपोर्ट) गरिएको छ भने केहीमाथि जिल्ला अदालतमा मुद्दा चलाइएको छ । पक्राउ परेका अधिकांशले ग्रिस र स्विडेनका नागरिकको राहदानी जालसाजी गरी प्रयोग गरेको पाइएको छ । केहीले लिथुवानिया, रोमानिया र आफ्नै देश सिरियाकै अन्य नागरिकको राहदानी प्रयोग गरेका छन् ।
नक्कली राहदानी प्रयोग गरेको अभियोगमा पक्राउ परेका दुई जना सिरियाली नागरिकलाई बुधबार मात्र जिल्ला अदालतले एक÷एक महिना कैद सजाय सुनाएको छ । कैद भुक्तानी गरेपछि उनीहरूलाई स्वदेश फिर्ता पठाइने स्रोतले बतायो ।
अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले आफू भर्खर कार्यालयमा आएकाले यसबारे बुझ्नै बाँकी रहेको बताए । 'म अध्यागमन विभाग आएको दुई–तीन महिना मात्र भयो, त्यसैले धेरै कुरा बुझ्नै बाँकी छ,' ढकालले बिहीबार नागरिकसँग भने, 'समस्या भएका देशबाट जाली राहदानीमा केही मानिस आउने गरेको चाहिँ देखिन्छ ।'
सिरियाको पूर्वी भाग र इराकको उत्तर–पश्चिममा 'इस्लामिक स्टेट फर इराक एन्ड सिरिया' (आइएसआइएस) नामक सुन्नी विद्रोही समूहले कब्जा जमाएर बसेको छ । यसले सिरिया र इराक दुवैमा द्वन्द्व चर्केको छ । सिरियामा केही समूहले राष्ट्रपति बसार अल असदलाई पदच्यूत गरी प्रजातन्त्र स्थापनाको माग राख्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् । सिरियाको सुरक्षा स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ । सन् २०११ यता द्वन्द्वका कारण सिरियामा करिब दुई लाखले ज्यान गुमाएका छन् ।
इराकको भूभागमा मात्रै आइएसआइएसमाथि हवाई आक्रमण गरिरहेको अमेरिकाले बुधबार सिरियाली भूभागमा समेत उक्त विद्रोही समूहमाथि आक्रमण गर्ने घोषणा गरेको छ । यसका लागि अमेरिकाले सहयोगी राष्ट्रलाई एकजुट हुन आह्वान गरेको छ । आफ्ना दुई पत्रकारलाई घाँटी रेटी हत्या गरेको भिडियो केही दिनअघि आइएसआइएसले सार्वजनिक गरेपछि अमेरिकाले उक्त समूहप्रति आक्रामक नीति लिएको हो ।
आइएसआइएसले विश्वभरका जिहादी समेटेर मजबुत आतंकवादी संगठन तयार गरेको अमेरिकी दाबी छ । युद्धमा होमिइसकेको अमेरिकाले आइएसआइएसलाई परास्त नगरेसम्म पछि नहट्ने जनाएको छ । यसका लागि तीनवर्षे योजना बनाएको अमेरिकी राष्ट्रपति बाराक ओबामाले घोषणा गरेका छन् । विश्वभरबाट जिहादी जम्मा गरेकाले विदेशी नागरिकबाट मात्र होइन, युरोप तथा अमेरिकामा आफ्नै नागरिकबाट पनि आक्रमण हुने आशंका ती देशका नेताले व्यक्त गर्दै आएका छन् । केही दिनअघि अमेरिकी पत्रकारको घाँटी रेटी हत्या गर्ने जिहादीले ब्रिटिस अंग्रेजी बोलेपछि थप शंका उब्जिएको छ ।
'जाली राहदानीसहित पक्राउ परेका सिरियाली नागरिकमाथि हामीले आतंकवादी गतिविधिमा संलग्न छन्÷छैनन् भन्नेमा केन्द्रित भएर अनुसन्धान गरेका छैनौं । सामान्य सोधपुछपछि अदालतमा पेस गर्ने गरिएको छ,' स्रोतले भन्यो, 'जाली राहदानी प्रयोग गर्नेले आतंकवादी गतिविधि नगर्लान् भन्न त सकिँदैन, तर त्यस्तो हामीले भेटेका छैनौं ।' उनीहरू आफ्नो राहदानीमा नआई अन्य देशका नागरिकको राहदानीमा आउनु भने शंकास्पद रहेको स्रोतले जनायो ।
सिरियाली नागरिकलाई नेपालले 'अन अराइभल' भिसा दिने गरेको छ । स्रोतअनुसार सिरियाली नागरिक टर्कीबाट त्रिभुवन विमानस्थलमा आएपछि नेपालको अन अराइभल भिसा लिने गर्छन् । उनीहरूलाई अध्यागमनले १५ दिनको पर्यटक भिसा दिने गरेको छ । उनीहरू दुई–चार दिन नेपाल बसेपछि सिंगापुर, मलेसिया वा थाइल्यान्ड हुँदै युरोप तथा अमेरिका जाने गर्छन् । नेपालको भिसा लिई दुई–चार दिन बसेर अर्को देश जाँदासम्म विमानस्थलको अध्यागमनले उनीहरूले बोकेको राहदानी जाली हो भन्ने पत्ता पाउँदैन ।
'सिंगापुर, क्वालालम्पुर र बैंककस्थित विमानस्थलले मात्र उनीहरूको राहदनी नक्कली हो भनी जहाँबाट आएको त्यहीँ (काठमाडौं) फिर्ता गरेपछि हामीले पक्राउ गरी अनुसन्धान र कारबाही अघि बढाउने गरेका छौं,' स्रोतले भन्यो, 'राहदानी सक्कली हो या जालसाजी गरिएको हो छुट्ट्याउन सक्ने मेसिन हामीकहाँ छैन, त्यसैले सुरुमै थाहा पाउन सक्दैनौं ।'
पक्राउ परेकाले जाली राहदानी मलेसिया र बेलायतमा बिक्री हुने गरेको बताएका छन् । 'आफूले चाहे दलालहरूले कूटनीतिक राहदानीसमेत उपलब्ध गराइदिने बताएको अनुसन्धान क्रममा पक्राउ परेका सिरियाली नागरिकले बयान दिएका छन्,' स्रोतले भन्यो ।