फैलिँदै अफिम खेती
२९ भदौ २०७१
•
१४ मिनेट पाठ
फैलिँदै अफिम खेती
काठमाडौं- असार पहिलो साता बाँके कोहलपुरमा २० किलोग्राम प्रतिबन्धित अफिमसहित ५ जना पक्राउ परे। प्रहरीले वासुदेवपुरको एक स्थानीयको घरमा छापा हानेर फेला पारेको अफिम रुकुममा उत्पादित थियो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी रणबहादुर चन्दका अनुसार बरामद सबै अफिम रुकुमको साखु गाविसका स्थानीयले उत्पादन गरेर भारत लैजाने क्रममा त्यहाँ भण्डारण गरिएको थियो।
'अनुसन्धानमा भारतबाट आएका कारोबारी आफैंले बिरुवा दिएर अफिम उत्पादन गर्न लगाएको देखियो,' चन्दले नागरिकसँग भने, 'प्राय कारोबारी आफैं आएर अफिमको चोप र गेडा किन्ने गरे पनि कसैकसैले भने भारतमै मगाउँछन्।' 
उनका अनुसार लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारी पछिल्लो समय नेपाललाई अफगानिस्तान बनाउने प्रयासमा छन्।
लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा नेपाली चरेसको बढ्दो मागसँगै नेपालमा चरेसका अन्तर्राष्ट्रिय कारोबारीको सक्रियता उस्तै छ। पछिल्लो समय यस्ता कारोबारी गाँजासँगै अफिम खेतीमा समेत सक्रिय हुन थालेका छन्। प्रहरी अनुसन्धानमा हेरोइनको कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोह आफैं ग्रामीण भेगमा पुगेर किसानलाई अफिम खेतीमा लगाइरहेछन्।
पूर्वाञ्चल क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवाल सीमापारिबाट अफिम उत्पादन मात्र लगानी बढिरहेको बताउँछन्। 'दुर्गम ग्रामीण भेकमा बिउ र प्रविधि नै पुर्या एर रोप्न र हुर्काउन सिकाउने भारतीय कारोबारीले लगानीसमेत गरिदिने भेटिएको छ,' सिलवाल भन्छन्, 'उताको लगानी र बढी प्रतिफल पाउने भएकाले किसान पनि अन्य खेती छाडेर यसतर्फ लागेको पाइयो।'
उदयपुरको ग्रामीण क्षेत्रमा अफिम खेती भइरहेको जानकारी पाएपछि पुगेको प्रहरीले १३ कट्ठामा लगाएको बाली नष्ट गरेर फर्कियो। डिआइजी सिलवालका अनुसार त्यहाँ लगाइएको अफिम अफगानी गुणस्तरकै रहेछ। 
प्रहरी अनुसन्धान भन्छ– पाँच विकास क्षेत्र मध्यमाञ्चल, पूर्वाञ्चल र मध्यपश्चिमका जिल्लामा अफिम खेती बढी हुने गरेको छ। 'नेपालमा व्यावसायिक अफिम खेती हुने जिल्लाको संख्या नै १० पुगिसकेको देखिन्छ,' ब्युरोको प्रतिवेदन–०७१ मा उल्लेख छ।
तीमध्ये मकवानपुर, धादिङ र रुकुममा अफिमको अवैध खेती बढेकाले ब्युरो यी तीन जिल्लालाई अफिम खेतीका लागि जोखिमपूर्ण जिल्लाको सूचीमा राखेको छ। ब्युरोको सूचीअनुसार रौतहट, बारा, उदयपुर, पर्सा, सिरहा र सुर्खेत अफिम खेती प्रभावित जिल्ला हुन्। सल्यानमा समेत पछिल्लो समय अफिमको उत्पादन देखिएको ब्युरोका एसएसपी रणबहादुर चन्दले बताए। 
अफिम नष्ट गरिएका तीन वर्षको प्रहरी रिपोर्टअनुसार मोरङ, उदयपुर, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, मकवानपुर, सल्यान, सुर्खेत, जाजरकोट र दाङसम्म अफिम खेती फस्टाएको छ।
यसै वर्ष उदयपुरको पोखरीमा तीन रोपनी जग्गामा अफिम उत्पादन गरी प्रशोधन गरेर भारत पठाउने तयारी गरेको अवस्थामा ६ जनालाई पक्राउ परेका थिए भने उनीहरुका साथबाट अफिम प्रशोधन गर्ने मेसिनसमेत फेला पारेको थियो। 
बाराको प्रस्टोका, सिम्रौैनगढ, अमृतगन्ज, बेल्दारी, सनफुलवा, भगवानपुर, पटेर्वा, कचोर्वा, उचिडिह, गोलागन्ज, बेल्दारीसमेत अफिम खेतीमा कहिलिएका छन्। सुर्खेतको रझेना, रातु, गर्पन, पाम्का र कल्याण गाविस अफिम खेतीका लागि कहलिएका क्षेत्र हुन्। पर्साको विश्रामपुर, बहुअरी, पिडरी, बागेश्वरी, तित्रौना, भौराटार, एकटांगा, गम्हरिया, नगरदाहा, डकैलाबौवरी, मधुवन, मथौल, सोनवर्Èा गाविसमा अफिम खेती बढेको छ। सबैभन्दा बढी विश्रामपुरमा अफिमको उत्पादन हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
रौतहटको कोपवापिपरिया, सरमुजवासँगै भारतस“ग सीमा जोडिएको राजपुर फरहदवा, वसन्तपटीको भेडियाही, अकोलवा, सन्तपुर वैरगनिया, बौद्यपतौरा, औरया, नरकटिया, रामपुरखाप, घिउरा, सोनरनिया, अजगैबी, इनरवारी, पथराबुधरामलगायतका गाविसमका खेतीयोग्य जमिनमा अफिम खेती मौलाएको छ।
महोत्तरीका भटौलिया, अंकार, हलखोरी, अजमरपट्टि, सम्सी, सुर्खेतको कल्यान, गाविस, मकवानपुरको भार्ता र सल्यानको पश्चिम Ôेत्रको काप्रेचौरका किसान आफिम खेतीमा सक्रिय छन्। 
खेतमै आउँछन् कारोबारी 
भारतमा औषधि उत्पादनमा प्रयोग गर्न वैध रुपमै अफिम खेती हुने गरे पनि लागुऔषधका कारोबारीले यसको अवैध उत्पादन गरी हेरोइन बनाउन सक्रिय भएपछि भारत सरकारले कडाइ गरेको छ। त्यसबाट विस्थापित कारोबारी नेपालमा सक्रिय भएको प्रहरी अनुसन्धानको निचोड छ।
भारतमा उत्पादित अफिमको केही हिस्सालाई कारोबारीले हेरोइन बनाउन प्रयोग गर्ने गरेको खुलेपछि भारत सरकारले यस्ता कारोबारीलाई लखेटेको थियो। उनीहरु हेरोइनको कच्चा पदार्थ अफिम खेतीका लागि नेपालमा सक्रिय देखिएको एसएसपी चन्द बताउँछन्।
नेपालमा व्यावसायिक गाँजा उत्पादनमा प्रत्यक्ष संलग्न भारतीय कारोबारीले नै पछिल्लो समय गाँजा उत्पादक किसानलाई अफिममा सघाउँदै आएका छन्। उनीहरुले अफिमको बेर्ना भारतबाटै ल्याएर स्थानीयलाई उत्पादनका लागि प्राविधिक र आर्थिक सहयोग गर्ने गरेका छन्।
केही भारतीय कारोबारीले त सीमावर्ती क्षेत्रमा जग्गा भाडामा लिएर आफैं अफिम उत्पादन गरेको समेत फेला परेको थियो। प्रहरीका अनुसार कारोबारीले किसानका बारीमै पुगेर अफिमको चोप र गेडा किनेर भारत लैजान्छन्। यसरी लगिएको अफिमबाट हेरोइन तयार गरी धुलो बनाएर पुनः नेपाल पठाउँछन्। स्रोतका अनुसार भारतमा उत्पादन हुने हेरोइनको कारोबार नेपालमा फस्टाउँदो छ।
अन्तर्राष्ट्रिय बजारमा अफगानिस्तानमा उत्पादित हेरोइनले ८० प्रतिशत हिस्सा ओगट्दै आएको मानिन्छ। युनाइटेड नेसन अफिस अफ ड्रग्स एन्ड क्राइमको सन् २०१३ को तथ्यांकअनुसार अफगानिस्तानमा २ लाख ९ हजार हेक्टर जमिनमा अफिम खेती हुन्छ। भारतमा समेत अफिम उत्पादन हुन्छ तर, औषधि प्रयोजनका लागि सरकारी अनुमति लिएर।
मर्फिन, कोडिन पापाभेरिनजस्ता औषधि उत्पादनमा प्रयोग हुने अफिम उत्पादनका लागि भारतले संयुक्त राष्ट्र संघको लागुऔषध चार्टरमा हस्ताक्षर गरेर वैध उत्पादन गर्दै आएको छ। नार्कोटिक्स विभागका पूर्व अनुमतिमा भारतमा उत्तरप्रदेश, राजस्थान र मध्यप्रदेशमा अफिम खेती हुँदै आएको छ।
'अफगानिस्तान र नेपालको हावापानी उस्तै–उस्तै भएकाले पछिल्लो समय पहाडी क्षेत्रमा अफिमको व्यावसायिक उत्पादन प्रयास भइरहेको छ,' एसएसपी चन्दले नागरिकसँग भने, 'अफिम खेती बढेको सूचना आएपछि ७ जिल्लामा केन्द्रबाटै टोली खटाएका छौं।'
जानकारका अनुसार कात्तिकको अन्तिमतिर अफिम खेती सुरु हुन्छ। चार महिनामा चोप निकाल्न तयार हुन्छ। किसानले खेतमै चोप निकाल्छन्। चोप निकाल्ने प्रविधि बोकेर भारतीय कारोबारी खेतमै पुग्छन्। रसायन मिसाएर त्यही चोपबाट सेतो र खैरो हेरोइन उत्पादन हुन्छ।
जानकारका अनुसार प्रतिबिघा २० किलोग्रामसम्म अफिमको गेडा उत्पादन हुन्छ। अफिम प्रतिकिलो ८० हजार रुपैंयाँसम्म खेतमै बिक्री हुने गरेको छ। 
उत्पादनको तथ्यांक छैन
नेपालमा वार्षिक कति अफिम उत्पादन हुन्छ, यकिन तथ्यांक छैन। नियन्त्रणका लागि प्रहरीले प्रत्येक वर्ष नष्ट गरेकै आधारमा अनुमानित तथ्यांक निकाल्ने गरिन्छ। युनाइटेड नेसन अफिस अफ ड्रग्स एन्ड क्राइमको सन् २०१४ को रिपोर्टमा (सन् २००९ सम्मको) रिपोर्टअनुसार नेपालमा ३५ हेक्टरमा अफिम खेती हुन्छ। सन् २००३ मा १९ हेक्टरमा अफिम खेती हुने गरेको रिपोर्टमा उल्लेख छ। 
ब्युरोको सूचीअनुसार २०७०/७१ मा मकवानपुरमा २ सय ३७ कट्ठामा लगाएको अफिम खेती नष्ट गरिएको छ। मध्यक्षेत्रका विभिन्न जिल्लामा २५ बिघा ११ कट्ठामा लगाइएको अफिम खेती नष्ट गरिएको छ।
गत वर्ष नेपाल प्रहरी र सशस्त्र प्रहरीले ४ सय बिघा क्षेत्रफलमा लगाएको अफिम नष्ट गरेका थिए। गत वर्ष पर्सामा मात्रै करिब २ सय बिघामा रोपिएको अफिम प्रहरीले नष्ट गरेको थियो। बारामा ५०, रौतहटमा ३० बिघामा रोपिएको अफिम फाँडिएको थियो।
प्रहरी अधिकारी उत्पादन क्षेत्रका तुलनामा नष्ट गरेको क्षेत्रफल अत्यन्त न्यून रहेको बताउँछन्। यत्ति नै उत्पादन हुन्छ भन्ने केन्द्रीकृत तथ्यांक नभएको एसएसपी चन्दले स्विकारे।
नियन्त्रण कार्य देखाउने मात्र
लागुऔषध नियन्त्रण ऐनले अफिम खेती गर्नेलाई बोटको संख्याका आधारमा सजाय हुने व्यवस्था गरेको छ। ऐनअनुसार २५ बोटसम्म एक वर्षदेखि तीन वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवानार तथा त्यसभन्दा माथि जतिसुकै बोट भए पनि तीन वर्षदेखि १० वर्षसम्म कैद र २५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना व्यवस्था छ। 
धुलो वा गेडा निकालेर कारोबार गरेको फेला परे पक्राउ गरेर लागुऔषध ऐनअनुसार कारबाही हुन्छ। चन्दका अनुसार अफिम नियन्त्रणका लागि खेती भएको स्थान पत्ता लागेपछि प्रहरी खटाएर फाँड्नु एक मात्र विकल्प हो। यो अभियान भने प्रभावकारी बन्न नसकेको प्रहरी अधिकारी स्वयं स्विर्काछन्। 'अफिम नियन्त्रणका लागि प्रहरी टोली नै नखटिएका होइनन्, तर सोचेअनुसार प्रभावकारी बन्न सकेको छैन,' चन्दले भने, 'साधन–स्रोत र पर्याप्त जनशक्ति भए नियन्त्रण असम्भव छैन।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस