कोरियामा खेलाडी पलायन, अल्झाउँछ आम्दानीले
३१ भदौ २०७१
•
१९ मिनेट पाठ
कोरियामा खेलाडी पलायन, अल्झाउँछ आम्दानीले
काठमाडौं-उनको मनमा नानावली तर्कना नखेलेका होइनन्। कराते रिङमा वर्षौं पसिना बगाएपछि बल्लतल्ल कमाएको नाम–प्रतिष्ठा पसिनासरि बग्ने डर थियो। सँगसँगै, प्रसिद्धिको शिखर पुग्दा पनि परिवार पाल्ने दुःखले लखेट्न छाडेको थिएन।




यही उधेडबुनमा रोटेपिङझैं चक्कर काटिरहेको भारी मन लिएर उनी पुगे दक्षिण कोरिया।

सन् २००७।

आठौं दक्षिण एसियाली खेलकुद (साफ) का स्वर्ण विजेता रवि महर्जन अन्तर्राष्ट्रिय आमन्त्रण कराते प्रतियोगिताको निम्ति सोल पुग्दा भित्रैदेखि टुक्रिएका थिए। आधा टुक्रालाई देशको नाम–प्रतिष्ठाले तान्दै थियो, आधालाई कोरियाको समृद्धिले।

अन्ततः परिवारको अँध्यारो भविष्यले प्रसिद्धिको चमकदमकलाई फिका पारिदियो। समृद्धिको चाहले नाम–प्रतिष्ठाको तेजोबध गर्यो ।

त्यो बेला नेपालबाट दुई खेलाडी सोल गएका थिए।

दुवै फर्केनन्।

...

सात वर्ष भयो रवि महर्जन कोरिया बस्न थालेको।

अहिले पनि न नेपालले पछ्याउन छाडेको छ, न खेलमोहले।

दक्षिण कोरियाको इन्चोनमा आउँदो असोज ४ बाट सुरु हुने एसियाली खेलकुदको तयारीमा चुर्लुम्म डुबेका छन् उनी। २ सयभन्दा बढी नेपाली खेलाडी र सय हाराहारी खेलकर्मीको स्वागत तथा आतिथ्यको जिम्मा आफ्नै काँधमा बोकेका छन्। कोरियामा छरिएर बसेका नेपाली समुदायलाई एकजुट पार्ने अभियानमा लागिपरेका छन्।

केही दिनअघि सोलमा भेट्दा उनले भनेका थिए, 'यसपालिको एसियाली खेलकुदमा लगाउन दौरासुरुवाल, कोट र ढाकाटोपी नेपालबाटै मगाएको छु। खेलभरि कामबाट बिदा लिएको छु।'

दक्षिण कोरियाको बुसानमा सन् २००२ मा १४ औं एसियाली खेलकुद हुँदा रवि नेपाली कराते टोलीका मुख्य खेलाडीमध्ये एक थिए। उनीबाट नेपालले कम्तीमा कांश्य पदकको आशा गरेको थियो। अहिलेजस्तो नियम भइदिएको भए उनले कांश्य जितेका पनि थिए। दुई बाउट जितेर सेमिफाइनल पुगेका रविले अन्तिम चारको खेलमा इरानी खेलाडीसँग हारेपछि हात परिसकेको पदक गुमाए। त्यो बेला सेमिफाइनल पुगेको भरमा पदक पक्का हुँदैन थियो।

दुई वर्षपछि पाकिस्तानको इस्लामाबादमा नवौं साफ हुँदा पनि धेरैको आशा रविमाथि नै टिकेको थियो। स्वर्णका दाबेदार उनले इस्लामाबादमा पनि कांश्यमै चित्त बुझाउनुपर्योथ।

संयोग कस्तो भने, यतिबेला इन्चोन जाने तयारीमा रहेको नेपाली कराते टोलीमा उनका व्याजी दीपक श्रेष्ठ प्रशिक्षक छन्। उनीसँगै आठौं साफमा स्वर्ण जितेका दीपकले नवौं संस्करणमा पनि त्यो उपलब्धि जोगाएका थिए। परिवारको भविष्य सम्झेर आँत कमजोर नभइदिएको भए रवि पनि यतिबेला इन्चोन एसियाडको नेपाली टोलीमै हुन सक्थे, चाहे खेलाडी भएर होस् वा प्रशिक्षक वा व्यवस्थापक।

उतिबेला रित्तो खल्तीको भरमा घरपरिवारसँगै स्टारडमको बोझ रविले थेग्न सकेनन्। आज फर्केर हेर्दा उनलाई त्यसमा न थकथकी छ न सन्तुष्टि।

'नेपालमा सबैले चिन्थे, दुईपटक गोर्खा दक्षिणबाहु पाएको थिएँ। प्राथमिक शिक्षा पूरा नगरे पनि राम्रो खेलाडी भएकैले २०६० सालको शिक्षा पदक पनि थापेँ,' कोरिया पलायन हुनुको बाध्यता दर्साउँदै उनले नागरिकसँग भने, 'त्यसले मेरो परिवार पालिएन। बरु सबैले चिन्ने भएकाले खर्च बढ्यो। गुजारा गर्न झनै धौधौ भयो।'

यसो भन्दै गर्दा उनका आँखामा न पूर्णिमाको जून चम्किएको देखिन्थ्यो, न औंसी लागेको थियो। उनको अनुहार भावशून्य थियो।

'मन थाम्नै सकिनँ, दिनभरि सबैको धाप खाएर फुर्क्यो, बेलुकी घर आएपछि रासनपानी, घरभाडा सम्झेर मन खिन्न पार्योक,' उनले लामो सुस्केरा हाले, 'आज त्यही, भोलि त्यही। मैले सहनै सकिनँ।'

'म नेपालमै बसेको भए अहिले इन्चोन एसियाडमा सामेल हुन्थेँ कि हुन्थिनँ, थाहा छैन, प्रसिद्धि र अभावको बोझले थिचिएर पागलचाहिँ भइसकेको हुन्थेँ,' उनले भने।

त्यतिबेला खेल करिअरमा स्वैच्छिक बिराम लगाएर कोरियामा मजदुरी गर्न थालेका रविले आफूलाई गुमनाम भने हुन दिएनन्। उनकै सक्रियतामा नेपाल–कोरिया भूतपूर्व खेलाडी संघ खुल्यो। उनी त्यसका अध्यक्ष बने। नेपालमा कोही खेलाडीलाई अप्ठेरो पर्दा होस् वा राम्रो गर्नेलाई सम्मान गर्न, उनी सधैं एक कदम अघि हुन्छन्। कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, फुटबलका पूर्व राष्ट्रिय कप्तान राजुकाजी शाक्य र कराते खेलाडी विनोद महर्जनलाई उनकै सक्रियतामा कोरिया डाकेर नगदसहित सम्मान गरिएको हो।

'नेपालमै पनि विभिन्न क्लब र खेलाडीलाई आर्थिक सहयोग गरिरहन्छौं। कोरिया आउने हरेक नेपाली खेलाडीलाई हामीले सहयोग गरेकै हुन्छौं,' दुई महिनाअघि यु–१६ फुटबल टोली अभ्यासका लागि कोरिया पुग्दा ३ लाख रुपैयाँ बराबर खेल सामग्री सहयोग गरेको स्मरण गर्दै उनले भने।

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जाँदा उतै बेपत्ता हुने नेपाली खेलाडी रवि एक्ला होइनन्। यो सूची लामो छ।

बुसान एसियाली खेलुकद २००२ मा भाग लिन कोरिया जाँदा १८ जना खेलाडीले नेपालको बाटो बिर्से, रविकै बाटो समाते। एसियन च्याम्पियनसिप २००३ को छनोट खेल्न सोल पुगेको राष्ट्रिय फुटबल टोलीका तीन स्टार खेलाडी फर्केर आएनन्। अखिल नेपाल फुटबल संघले अर्धव्यावसायिक नारा घन्काइरहेका बेला कोरियामै भुल्ने तीन खेलाडी शुक्र तामाङ, दीपक लामा र नारायण मानन्धर तत्कालीन नेपाली फुटबलका 'सुपरस्टार' थिए। उनीहरूलाई गुमाउनुपर्दा घरेलु टोलीले दक्षिण कोरियासँग १६ गोल खाएर लज्जाजनक कीर्तिमानी हार स्विकार्नुपरेको थियो। भारोत्तोलनका कीर्तिमानी खेलाडी जोडी राकेश रञ्जित र झन्त कटवाल पनि सोलमै भेटिन्छन्।

रविका अनुसार विभिन्न प्रतियोगिताका लागि कोरिया पुगेर उतै बस्ने नेपाली खेलाडी २४ जनाभन्दा बढी छन्। कोरियाली अध्यागमन नीतिअनुसार भागेर बसेकाले कहिल्यै वैधानिकता पाउँदैनन्। आफ्नो कालका यी नेपाली सुपरस्टार खेलाडी पनि कोरियामा वर्षौंदेखि 'गैरकानुनी' बिल्लासाथ मजदुरी गरिरहेका छन्। आफ्नो टिमलाई धोका दिएर परदेश भूमिमा बेपत्ता भएकोमा कहिलेकाहीँ आत्मग्लानि हुने उनीहरू बताउँछन्। देशमा आफूहरूलाई सम्झँदा सबैले सराप्ने गरेको, राष्ट्रिय बेइज्जती गर्योज भनी दुत्कार्ने गरेको र आफ्नै कारणले खेल जगतमाथि नराम्रो दाग लागेको उनीहरूलाई हेक्का छ।

अनौपचारिक कुराकानीमा कोरियामै लुकेर बसेका एक पूर्वखेलाडीले भने, 'हामीले आफ्नो नाक राख्न सकेनौं, तर जतिबेला हामीले कोरियामा भाग्ने निर्णय गर्यौंि, त्यतिबेला हामीभित्र खेलाडीमाथि एउटा बाबु, एउटा श्रीमान र परिवार चलाउनुपर्ने घरमूलीको भावना हाबी भयो। हामीले त्यसबेला त्यही ठिक ठान्यौं, त्यसमा अहिले पछुतो मानेर के गर्नु? मनमा ग्लानी त छ, तर समाजमा प्रतिष्ठित भएर परिवारको सानोभन्दा सानो चाहनामा सम्झौता गर्नुपरेको भए झन् बढी ग्लानी हुन्थ्यो कि!'

सायद यही दुविधाकै कारण हो, कोरियामा लुकिछिपी बसेका नेपाली खेलाडी सबैजसो सोलमै छन्। काम गर्ने ठाउँ फरक–फरक भए पनि बेलुकी एकचोटि भेट नभएको दिन हुन्न। ती रात्रिकालीन भेटमा उनीहरू कोरियाली 'लोकल' मदिरा 'सोजु' पिउँदै भावुक हुन्छन्। आ–आफ्ना दुःखव्यथा आफ्आफैं बाँड्छन्। अनि वनमा न्याउली रोएझैं गीत गाउँछन् :

'आँसु झार्दिनँ म,

रुन मलाई पुगिसक्यो।'

खेलेर नाम–प्रतिष्ठा कमाए पनि आर्थिक रूपले भविष्य सुरक्षित नहुनु नेपाली खेलाडीको सबभन्दा ठूलो चिन्ता हो। यही चिन्ता अरू क्षेत्रमा पनि नभएको होइन। त्यही भएर नै विदेशतिरै लुकेर बस्ने वा सम्भव भएसम्म विदेशी नागरिकता वा ग्रिनकार्ड लिएर उतै भासिने प्रवृत्ति नेतादेखि अभिनेता र सरकारी कर्मचारीदेखि पत्रकारसम्ममा छ।

यसरी आफ्नो मानप्रतिष्ठासँग किन सम्झौता गरिन्छ त?

'मान्छेले चिन्ने भनेको खेलुञ्जेल मात्र हो। खेल्ने उमेर हुँदासम्म मात्र हो,' फर्निचर कारखानामा कार्यरत रवि भन्छन्, 'बीचमै घाइते भयो भने उमेर भए पनि खेल्न सकिन्न। खेलुञ्जेल पनि खेलाडीको जस्तो जीवन बिताउन आम्दानीले भ्याउँदैन। खेल्न छाडेपछि त झनै बिचल्ली हुन्छ। त्यही भएर बरु कोरियामा भारी बोक्दा भविष्य सुरक्षित लाग्छ।'

कोरियाकै एक कपडा कारखानामा काम गर्ने भारोत्तोलनका कीर्तिमानी खेलाडी राकेश उताको आकर्षक आम्दानीले कडा परिश्रम र गैरकानुनी हुनुको पीडा बिर्साउने बताउँछन्।

'कुनै सिप नभएकाले पनि यहाँ महिनाको दुई लाख हारहारी कमाउँछन्। मै हुँ भन्नेहरूलाई पनि कोरियाको कमाइले तान्छ, नेपाली खेलाडी आकर्षित हुनुको कारण यही हो,' उनी भन्छन्।

कोरियामा रेस्टुरेन्ट चलाएर बसेका तेक्वान्दोका पूर्वखेलाडी राजु क्षत्री यस्तो प्रवृत्ति हुर्कनुमा खेलकुदभित्रको राजनीतिलाई दोष दिन्छन्।

'खेलाडी पाइला–पाइलामा देशको अस्थिर राजनीति र शक्तिसंघर्षको शिकार भइरहेका हुन्छन्। खेल जीवनमा टिकिरहन पार्टीको खेलाडी बन्नुपर्ने बाध्यता छ। खेलाडी भएकै भरमा कुनै सुविधाको कल्पनासम्म गर्न सकिन्न। जहाँ भए पनि पीडितै हुनु नै हो। यहाँ आए कम्तीमा पैसा त कमाइन्छ,' राजुले खेलाडी विदेशिनुको कारण खुलाए।

नेपालले १९८४ बाट सुरु दक्षिण एसियाली खेलकुदका ११ संस्करणमा अहिलेसम्म ७७ स्वर्ण पदक जितेको छ। त्यसमध्ये १९९९ मा घरमै सम्पन्न आठौं संस्करणमा ३२ स्वर्ण जित्नु नेपालको सबभन्दा ठूलो सफलता हो। तर, त्यही दक्षिण एसियाली खेलकुदमै स्वर्ण जित्ने करिब दर्जन खेलाडी विदेशमै छन्। आठौं साफका स्वर्णधारी रवि तथा तेक्वान्दोका कोशिस खड्का, रुपाकुमारी स्याङदेन, रेणुका मगर, निरञ्जन श्रेष्ठ, निर्मल श्रेष्ठलगायत खेलाडी विदेशमा भाग्य खोजिरहेका छन्। बुसान एसियाली खेलकुद २००२ मा बक्सिङको पूराजसो टिम कोरियामै बसेको थियो।

यी सबै परिवारको भविष्य सपार्न आफ्नो वर्तमानसँग सम्झौता गरिरहेका छन्।

खेलाडीमात्र होइन, खेल पदाधिकारी, प्रशिक्षक र खेलाडीका नाममा जाने गैरखेलाडी पनि विदेशमै भागेका उदाहरण प्रशस्तै छन्। मार्सल आर्टस्मा यस्तो समस्या बढी छ। तर, फुटबलजस्तो खेलाडीले देशमै कमाउन सक्ने खेल पनि अपवाद छैन। नेपालमा आइटिएफ तेक्वान्दो स्थापना गर्ने पहिलो पुस्ता नै अहिले देशमा छैन। विभिन्न प्रतियोगिताको बहानामा क्यानडा, अमेरिका र अस्ट्रेलिया गएका ती खेलाडी र पदाधिकारीले पठाएकै सहयोगमा यो खेल टिकिरहेको छ।

खेलकुद क्षेत्रले नै खेलाडीलाई हतोत्साही पारेर विदेश पलायन हुन बाध्य पारेको राजु बताउँछन्।

'नेपालमा आफ्नै क्षमतामा अगाडि आउने भनेको खेलाडीमात्र हो। पदाधिकारी राजनीतिको भरमा आउँछन्, प्रशिक्षकलाई पनि कसैले 'पिक' गर्ने हो। खेलाडीले चाहिँ लडेरै आउनुपर्छ,' राजु भन्छन्, 'तर धेरैजसो अवस्थामा खेलाडीलाई लड्ने मौकाधरि दिइन्न। खेलाडीले हकलाग्दो अवसर पाउनसमेत कसैको चाकरी गर्नुपर्ने अवस्था छ। त्यसैले पनि खेलाडीलाई विदेशले आकर्षित गरेको हो।'

देशमा सुविधा नपाएको बहानामा अवैध रूपमा विदेश भाग्नु ठिक हो त?

'पटक्कै होइन,' खेलविज्ञ सञ्जीव मिश्र भन्छन्, 'लामो समयको लगानीपछि बल्ल एउटा राम्रो खेलाडी उत्पादन हुन्छ। त्यही खेलाडी देशका लागि खेल्नुपर्ने बेला विदेश पलायन भएपछि खेलकुदले ठूलो घाटा बेहोर्नुपर्छ। देशको इज्जत बढाउने क्षेत्र अन्तर्राष्ट्रिय बदनामीको कारण बन्छ।'

यो समस्या सुल्झाउन खेलकुदमा राजनीतिक चलखेल बन्द गरेर यसलाई व्यावसायिक बनाउनुपर्ने र खेलेरै जीवन धान्ने वातावरण तयार पार्नुपर्ने मिश्रको सुझाव छ।

'सरकार चलाउने नेताले देशमा सुरक्षित भविष्य नदेखेर विदेशमा लगानी गर्छन्। छोराछोरी विदेश पठाउँछन्। डाक्टर, इन्जिनियर र उच्च ओहोदाका कर्मचारीलाई विदेशले नै तानेको छ। यस्तोमा खेलाडी भागे भनेर कोकोहोलो मच्चाउनु पर्दैन। बरु खेलाडी भाग्नुपर्ने अवस्थाबाट खेलकुदलाई मुक्त पार्नतिर लाग्नुपर्छ,' उनले भने।

संघहरू व्यावसायिक बनाउने र कम्तीमा राष्ट्रको प्रतिनिधित्व गर्ने अवस्थामा कुनै पनि खेलाडी पुग्दासम्म उसको प्राविधिकमात्र नभई आर्थिक, सामाजिक, शैक्षिक तथा सबै पक्ष सुधार गर्दै लाने नीति लिनुपर्ने उनी बताउँछन्।

राजनीतिक दल, सरकार तथा खेलकुदकै नियमनकारी निकायहरू सस्तो लोकप्रियताको पछि दौडिएर वास्तविक विकासमा नलागेका कारण यस्तो अवस्था आएको उनको भनाइ छ।

'राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र धेरैजसो राष्ट्रिय संघमा कसरी खेलकुद अघि बढाउनुपर्छ भन्ने सामान्य ज्ञानसमेत नभएका मानिस छन्,' मिश्रले भने, 'तिनैले सरकार र राजनीतिक दललाई प्रभाव पारिरहेका छन्। कुनै पनि खेललाई व्यावसायिक रूपमा अघि बढाउन पहिला प्राविधिक जनशक्ति र प्रशासकहरूलाई तालिमको खाँचो छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस