'चिनियाँ पुँजी, नेपाली स्रोत,भारतीय बजार'
०१ असोज २०७१
•
११ मिनेट पाठ
'चिनियाँ पुँजी, नेपाली स्रोत,भारतीय बजार'
काठमाडौं- दक्षिण तथा मध्य एसीयाली राष्ट्रको भ्रमणमा निस्केका चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार भारत पुगेका छन्। कुनै पनि देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखले अर्को देशको राजनीतिक भ्रमण गर्दा सबभन्दा पहिला राजधानी ओर्लिने कूटनीतिक परम्परा छ। चिनियाँ राष्ट्रपति जिनपिङ भने नयाँदिल्लीको साटो श्रीलंकाबाट सीधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात पुगे।कुनै बेला ठूलो लडाइँ लडिसकेका यी दुई देशबीच सीमा विवाद कायमै छ। दुवै देश 'सुपर पावर' बन्ने होडमा छन्। यी सबै मुद्दा थाती राख्दै दुवैले एकअर्कासँग सम्बन्ध सुधारमा जोड दिएका छन्। परिणाम– भारत र चीनबीच वार्षिक ६५ अर्ब अमेरिकी डलरको व्यापार हुन थालेको छ। 
दुई उदीयमान विश्वशक्तिको यो आर्थिक निकटता नेपालनिम्ति सबभन्दा सकारात्मक पक्ष रहेको विश्लेषक बताउँछन्।
'दुवै देशको एउटै उद्देश्य आर्थिक विकास हो। बीचको देश नेपाल विपन्न हुनु उनीहरूका लागि पनि समस्या हो, चीन र भारतको साथ भए मात्र नेपालले आर्थिक विकासमा गति लिन सक्छ,' पूर्व अर्थसचिव रामेश्वर खनालले बुधबार नागरिकसँग भने, 'नेपालको विकास उनीहरूको पनि चाहना हुनुपर्छ, हामीले त्यो विश्वास जित्न सक्नुपर्छ।'
विश्वास जित्ने पहिलो आधार 'सुरक्षा' हो।
खनालका अनुसार नेपालमा भारत र चीनविरोधी गतिविधि हुन नदिने र नभएको विश्वास दिलाए दुई ठूला छिमेकीबीच नेपाल 'भाइब्रेन्ट ब्रिज' (चलायमान पुल) बन्न बेर लाग्दैन। 'नेपाल सम्पन्न भए दुवै देशको सुरक्षा समस्या कम हुनेछ,' खनालले प्रस्ट पारे।
नेपालका सुरक्षा निकाय प्रहरी, सशस्त्र र सेनालाई दुवै छिमेकीले बर्सेनि सहयोग बढाउँदै लग्नुको सीधा सन्देश पनि यही हो, आफू सुरक्षित हुनु। नेपाल समृद्ध भए यहाँको सुरक्षा स्थिति स्वतः मजबुत हुन्छ, जसले उनीहरूकै करोडौं सुरक्षा बजेट घटाउने खनालले बताए।




भारतीय र चिनियाँ नेतृत्वबाट पटकपटक 'तोकिएकै मितिमा संविधान जारी गरी नेपालले आर्थिक विकासको बाटो समात्नुपर्ने' अभिव्यक्ति आउनुको उद्देश्य पनि आफ्नै सुरक्षा सरोकार भएको विज्ञहरूको राय छ। नेपालमा शान्ति, स्थिरता र विकास नहुँदा चीनलाई तिब्बतविरोधी गतिविधि होला भन्ने चिन्ता हुन्छ भने भारतलाई अन्य आतंकवादी समूहले आफूविरुद्ध चलखेल गर्लान् भन्ने त्रास रहन्छ।
'नेपालको शान्ति, स्थिरता र विकास दुवै देशका लागि लाभदायक हुन्छ। हामीले उनीहरूलाई यो बुझाउन सक्नुपर्छ, अनि मात्र नेपाल भाइब्रेन्ट ब्रिज बन्नसक्छ,' पूर्व परराष्ट्रमन्त्री तथा एकीकृत नेकपा माओवादी विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले भने।
पछिल्लो समय भारत र चीन दुवै नेपालप्रति सकारात्मक रहेकाले नेपालले भाँती पुर्यामउन जाने छिमेकीहरूबाट बढीभन्दा बढी आर्थिक लाभ लिनसक्ने खनालको तर्क छ। 'तीन देशलाई लाभ हुने गरी छलफल अघि बढाउनुपर्छ। हाम्रो बजार भारत नै हो। ऊर्जा क्षेत्रमा भारतसँग राम्रो प्रबन्ध मिलाउन चीनले बारम्बार भन्दै आएको छ,' उनले भने। 
खनालका अनुसार नेपाल, भारत र चीनबीच संयुक्त रूपमा नेपालमा लगानी गर्ने प्रयास पश्चिम सेती परियोजनानिम्ति भएको थियो। विविध कारणले त्यसले मूर्त रुप लिन सकेन। 'अब भारत र चीनमाथि शंका गर्ने पुरानो सोच त्याग्नुपर्छ,' उनले भने।
पूर्व परराष्ट्रमन्त्री श्रेष्ठ पनि भारत रिसाए चीनतिर फर्कने र चीन रिसाए भारततिर फर्कने प्रवृत्तिले अबका दिनमा काम नगर्ने बताउँछन्। 'अब भारत र चीनमध्ये एकको कार्ड बोक्ने प्रवृत्तिबाट माथि उठ्नुपर्छ,' उनले भने, 'यसले मात्र उनीहरूको समृद्धिलाई नेपालमा ल्याउन सकिन्छ।'
चीनका लागि पूर्वराजदूत टंक कार्की पनि उत्तरी र दक्षिणी छिमेकीबीच सद्भावना बढ्दा विकासमा सबैभन्दा बढी लाभ नेपालले लिन सक्ने बताउँछन्। 'चीनको पँुजी, नेपालको स्रोत र भारतको बजार,' कार्कीले त्रिदेशीय विकासको आधार खुलाउँदै भने, 'उद्योग, पर्यटन र ऊर्जा तीन क्षेत्रमा तीनै देश हातेमालो गरेर अघि बढ्न सक्छ।'
'बुद्ध सर्किट' (ल्हासा, काठमाडौं, लुम्बिनी, गया र कुशीनगर), हिन्दु सर्किट (हरिद्वार, ऋषिकेश, बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ र कैलाश) मा त्रिपक्षीय विकास परियोजना सम्भावना रहेको उनले बताए।
खनाल भने ऊर्जा क्षेत्र मात्र विकास गरे पनि दुवै देशका लगानीकर्ता नेपाल आकर्षित गर्न सकिने बताउँछन्। 'नेपालमा उत्पादित बिजुली भारतमा प्रयोग गरेर सामान उत्पादन गर्न भन्दा नेपालभित्रै लगानी गरी उत्पादन गर्दा खर्च कम पर्न जान्छ, यसले पनि उद्योगीलाई नेपाल आकर्षक स्थल बन्न सक्छ,' उनले भने, 'भारत र चीन दुवैको लगानी भए चिनियाँ सामान भारत जान र भारतीय सामान चीन पठाउन सहज हुनेछ।'
यही सहजता देखेर चीनले कुन्मिङ सहरलाई दक्षिण एसिया र पूर्वी एसियाको 'हब' बनाउन खोजिरहेको छ। प्रत्येक वर्ष कुन्मिङ सम्मेलन गरेर नेपाल र भारतलाई बोलाउनुको कारण यही हो। नेपालमा उत्पादन गरे दुवै देशलाई दुवैतर्फ पठाउन सहज हुन्छ। चीनले नेपालको सीमासम्म रेलमार्ग विस्तार गर्न खोज्नुको एउटा कारण यही व्यापार हो। 
'ल्हासासम्म रेलमार्ग ल्याउनु राजनीतिक कारण हो, नेपालसँगको सीमा केरुङसम्म ल्याउनुमा भने व्यापारिक उद्देश्य छ। चीनले नेपालमार्फत दक्षिण एसीयासम्म सम्पर्क बढाउन चाहेको हो। अब वीरगन्ज, काँकडभिट्टालगायत भारतीय नाकासम्म रेलमार्गले जोड्ने जिम्मा हाम्रो हो,' खनाल भन्छन्।
यति मात्र होइन, चीन मध्य, दक्षिण र पूर्वी एसिया जोड्ने 'सिल्क रुट' विस्तार गर्ने सोचमा पनि छ, जसको फाइदा यस क्षेत्रका अन्य देशले पनि बराबर लिन सक्छन्। 
दक्षिण एसियाको ठूलो बजार भारत हो भने चीन विश्वको। भारत पनि ठूलो निर्यातकर्ता हुने हो भने चिनियाँ बजारमा सामान पठाउनैपर्छ। दुवै देशका निम्ति नेपाल 'पारवहन मार्ग' हुनसक्छ। भारतले धेरै अघिदेखि चीनसम्म सामान निर्यात गर्न नेपाली भूमि प्रयोग गर्न चाहेको थियो। भारतलाई समुद्री मार्ग वा आफ्नै भूमिको प्रयोगभन्दा नेपाली बाटो चिनियाँ बजार छिर्न आर्थिक रूपले उपयुक्त हुने विज्ञहरू बताउँछन्।
यति हुँदाहुँदै नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहयोग तथा सहकार्यलाई लिएर सरकारी स्तरमा औपचारिक छलफल हुन नसकेको भारतका लागि पूर्व नेपाली राजदूत लोकराज बरालले बताए। केही दिनअघि काठमाडौंमा तीन देशका केही अधिकारीबीच त्रिपक्षीय छलफल भएको थियो। यही पहलकदमी सरकारी स्तरमा भने हुन सकेको छैन।
दुई ठूला अर्थतन्त्रलाई आर्थिक समृद्धिको चुम्बकले तानिरहेका बेला त्यसबाट लाभ लिन नेपाल नै अग्रसर हुनुपर्ने विज्ञहरूको राय छ। उनीहरू भन्छन्, ढिला गरे घाटामा पर्ने नेपाल नै हो। किनकि, यी दुवैले समृद्धि र विकासलाई आफ्नो मिलनविन्दु बनाइसकेका छन्। जारी भ्रमणले पनि यो पुष्टि गर्छ।
'भ्रमणको उद्देश्य राजनीतिक भएको भए चिनियाँ राष्ट्रपतिको स्वागत नयाँदिल्लीमा हुन्थ्यो,' पूर्व अर्थसचिव खनालले भने, 'गुजरातमा भेट्नुको अर्थ यही हो, उनीहरू राजनीतिभन्दा विकासलाई प्राथमिकतामा राख्न चाहन्छन्।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस