पञ्चेश्वरको विधान प्रक्रिया सुरु
०२ असोज २०७१
•
८ मिनेट पाठ
पञ्चेश्वरको विधान प्रक्रिया सुरु
काठमाडौं- बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका लागि आवश्यक विधान बनाउन नेपाल र भारतले प्रक्रिया सुरु गरेका छन्। विधानअन्तर्गत 'पञ्चेश्वर विकास प्राधिकरण'को कार्यालय स्थापना, प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेलगायत विषयमा छलफल गर्न आइतबार भारतीय टोली काठमाडौं आउँदैछ। भारतीय जलस्रोत सचिव सन्तोषकुमार गंगवारको नेतृत्वमा ११ सदस्यीय टोली काठमाडौं आउने आयोजना प्रमुख चिरञ्जीवी चटौतले बिहीबार नागरिकलाई बताए।

'दुई देशका ऊर्जा तथा जलस्रोत सचिवस्तरमा सोमबार र मंगलबार बैठक हुन्छ र विधान बनाउने आधार तय हुन्छ,' आयोजना प्रमुख चटौतले भने। साउन १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा आयोजना बनाउन तय गरिएको कार्यविधि (टिओआर) प्रधानमन्त्री सुशील कोइराला र उनले अनुमोदन गरेका थिए।
कार्यविधिअनुसार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र अतिरिक्त प्रमुख कार्यकारी अधिकृत प्रतिस्पर्धाबाट नियुक्त गर्ने उल्लेख छ। छलफलले उक्त प्रक्रिया अगाडि बढाउने आधारसमेत तय गर्ने चटौतले बताए। उनका अनुसार समयमै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न तत्काल काम सुरु गर्न पनि भारतीय पक्ष तयार छ।
कार्यविधिमा प्रमुख कार्यकारी अधिकृत नेपालको भए अतिरिक्त भारतको रहने र भारतका प्रमुख रहे अतिरिक्त नेपालको राख्ने स्पष्ट किटान गरिएको छ। विकास प्राधिकरणको कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा रहने सहमति भइसकेको छ। तर, त्यहाँ कार्यालय राख्ने व्यवस्था नहुँदासम्म काठमाडौंमै रहने पनि उनले बताए।
आयोजनाको कार्यविधि दुई देशका सचिवस्तरबाट सन् २००९ मै पारित भएको थियो। तर दुवै सरकारबाट अनुमोदन हुन झन्डै पाँच वर्ष लाग्यो। नेपालको तर्फबाट अनुमोदन प्रक्रिया अगाडि बढाइए पनि भारत सरकारले चासो नदिँदा लामो समय लागेको ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्।
भारतमा मोदी सरकारले नेपालप्रति फरक दृष्टिकोण राखेकाले पनि लामो समयदेखि अवरुद्ध आयोजनाको डिपिआर प्रक्रिया अगाडि बढाउन भारतीय पक्ष सकारात्मक देखिएको हो। नेपाल भ्रमणका बेला मोदीले संविधानसभा बैठकलाई सम्बोधन गर्दै एक वर्षभित्र डिपिआर पूरा गरेर निर्माण सुरु गर्नुपर्ने बताएका थिए।
यसअघि नेपाल र भारतले पञ्चेश्वरको छुट्टा–छुट्टै अध्ययन गरिसकेका छन्। तर संयुक्त अध्ययन अर्थात डिपिआर तयार भएको छैन। नेपालले तयार पारेको डिपिआरमा आयोजना ६ हजार ७ सय २० मेगावाटसम्म बनाउन सकिने र भारतीय अध्ययनमा यसको क्षमता ५ हजार ६ सय मेगावाट उचित हुने उल्लेख छ।
आयोजनाको ड्याम भारतले पूर्णागिरिमा बनाउन सिफारिस गरेको छ। नेपालले रुपालीगाढमा बनाउनुपर्नेमा जोड दिएको छ। संयुक्त डिपिआर तयार भएपछि यो विवाद अन्त्य हुने आयोजनाका अधिकारी बताउँछन्। पानी उपयोग र क्षमता निर्धारणबारे दुवै देशबीच विवाद कायमै रहेकाले पनि समयमा डिपिआर बन्न नसकेको हो।
स्थायी ड्याम रुपालीगाढमा बनाउँदा ६ हजार ४ सय ८० मेगावाट बिजुली उत्पादन हुने र त्यसभन्दा केही तल बन्ने रि–रेगुलेटिङ ड्यामबाट थप २ सय ४० मेगावाट उत्पादन हुने अध्ययनमा छ। पूर्णागिरिमा ड्याम बनाउँदा नेपालतर्फ (बैतडीमा) को धेरै खेतीयोग्य जग्गा डुबानमा पर्ने हुँदा रुपालीगाढमै बनाउनुपर्ने ऊर्जा मन्त्रालयको तर्क छ। उच्च ड्यामबाट आउने पानी २४ सै घन्टा समानरुपमा छोड्न रि–रेगुलेटिङ ड्याम आवश्यक पर्छ।
सन् २०१० को अध्ययनले आयोजनाको लागत तीन खर्ब ३६ अर्ब रुपैयाँ हुने अनुमान गरेको छ। यसमा नेपालले करिब एक खर्ब ३० अर्ब रुपैयाँसम्म लगानी गरे पुग्छ। सम्भाव्यता अध्ययनअनुसार आयोजनाबाट वार्षिक  १२.३२ अर्ब युनिट विद्युत उत्पादन हुन्छ।
आयोजना निर्माणको अवधि १० वर्ष निर्धारण गर्ने र ८० प्रतिशत वित्तीय संस्थाबाट लगानी गरे सरकारको ढुकुटीबाट वर्षको २ अर्ब ६० करोड रुपैयाँ हाराहारी लगानी गरे पुग्छ। नेपालको अध्ययनअनुसार बिजुली उत्पादनबाट वर्षको ३४ अर्ब ५० करोड र सिँचाइ, कार्बन टे्रडिङलगायत क्षेत्रबाट वार्षिक ५३ अर्ब रुपैयाँ आम्दानी हुनेछ। आयोजनाबाट नेपालतर्फ २ हजार ९ सय २६ घरधुरीका साढे २२ हजार व्यक्ति विस्थापित हुनेछन्।
दुवै देशका सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजना विकास गर्ने गरी २०५२ साल माघ २९ गते महाकाली सन्धि भएको थियो। यसमा समेत रुपालीगाढभन्दा तल रि–रेगुलेटिङ ड्याम बनाउनुपर्ने उल्लेख छ। आयोजना अगाडि बढाउने सम्बन्धमा २०६६ मंसिर ९ मा भएको दुई देशबीचको बैठकमा प्राधिकरण गठन गर्नेबारे छलफल भएको थियो। २०६७ मंसिर ८ र ९ गते दिल्लीमा भएको सचिवस्तरीय जलस्रोत बैठकमा समेत यसबारे छलफल गरिएको थियो।
बैठकमा भाग लिँदै आएका नेपाली अधिकारीका अनुसार पानीका विÈयमा भारतले स्पष्ट धारणा राखे पनि नेपाल अझै अस्पष्ट छ। आयोजनाबाट उत्पादित बिजुली र पानी आधा–आधा प्रयोग गर्ने सहमति भएको छ। तर, नेपालले प्रयोग गरेर बढी भएको पानीको मूल्य भारतले दिन अस्वीकार गर्दै आएको छ।
भारतले महाकाली नदीको तल्लो क्षेत्रको शारदा ब्यारेजको पानी आफूले पाउनुपर्ने वा त्यसमा कुनै समस्या आउन नहुने अडान राखेको छ। आयोजनाबाट तुलनात्मक रुपमा भारतीय भू–भाग बढी डुबानमा पर्ने हुँदा भारतले आफू ठगिएको महसुस गरेको जानकारको तर्क छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस