लक्ष्मी समुहका निरञ्जन श्रेष्ठ तीन साताअघि मात्र नेपाली युवा उद्यमी मञ्चको अध्यक्ष भएका हुन्। युवाहरुलाई उद्यमी बनाएर विकासको खाका कोर्ने सकिन्छ भन्ने मान्यता राखेका श्रेष्ठले अध्यक्ष भैसकेपछि विभिन्न योजना बनाएका छन्। मञ्चले असोज ४ गते युवा महिला उद्यमी सम्मेलनको आयोजना गरेको छ। सम्मेलन, युवा उद्यमीलगायतका विषयमा नागरिकका प्रकटकुमार शिशिरले श्रेष्ठसँग गरेको कुराकानी:
नेपाली युवा उद्यमी मञ्चको तपाई अध्यक्ष भएको एक महिना हुन थाल्यो। आगामी दिनका लागि कस्तो योजना बनाउनु भएको छ?
नेपाली युवा उद्यमी मञ्च आउँदो सेप्टेम्बरमा १० बर्ष पूरा हुँदैछ। अहिलेसम्म पूर्वअध्यक्ष जुन जग बसाल्नुभएको थियो त्यसैको आधारमा रहेर विभिन्न कार्यक्रम र गतिविधी गर्ने योजनामा छु। विगतमा राम्रा प्रयासलाई आत्मसाथ गरेर अगाडी बढ्नेछौं। अब तत्काललाई हेर्ने हो भने असोज ४ गते युवा उद्यमी सम्मेलन– महिला सम्मेलन गर्दैछौं। जसको मुख्य उद्देश्य महिला उद्यमीहरुको बृत्ति विकास र उनीहरुको अवसरका विषयमा हुनेछ। सम्मेलनको थिम नै संभावनाको खोजी रहेको छ। हामीले सोचेका छौं युवा महिलाहरु उद्यमशिलतामा बढिभन्दा बढि लागोस्। अहिले सामान्यता हेर्ने भने महिलाहरु व्यवसायमा ५ प्रतिशतले मात्र सक्रिय रहेका छन्। हाम्रो उद्देश्य कम्तीमा पनि २० प्रतिशतमा पुराउनुपर्छ भन्ने छ। यहि हौसला बढाउनका लागि नै हामीले सम्मेलनको आयोजना गरेका हौं। त्यस्तै डिसेम्बरमा पनि युवा उद्यमी सम्मेलन स्टार्टअपको पनि आयोजना गरेका छौं।। यसको मुख्य उद्देश्य पाँचै विकास क्षेत्रमा युवा उद्यमी छनौट गरेर एकै ठाउँमा लिएर आएर नेपालमा कति थरीको कम्पनी हुन्छ, कम्पनी कसरी दर्ता गर्ने, कुन कुन कम्पनीमा सम्भावना रहेको छ। त्यो कम्पनी कसरी शुरु गर्ने। विभिन्न कम्पनीका लागि कस्तो कस्तो नीति रहेको छ। उनीहरुलाई कर, करका नीति, उपभोक्ताको प्रकार र व्यवहार, पूँजी, बैंकले कसरी पूँजीमा सहयोग गर्ने सक्छ, राष्ट्र बैंकले नीति, त्यस्तै प्राइभेट इक्विटी फण्डलगायत अन्य विभिन्न नीति नियम पनि सुरु हुँदैछ। ती सबै संभावना बोकेका उद्यमीलाई जानकारी दिने योजनामा छौं।
महिला उद्यमी सम्मेलनमा कस्तो सहभागिता रहन्छ र के प्रस्तुत हुन्छ?
हामीले महिला उद्यमी सम्मेलनमा उद्यमी मञ्च भनेको विश्वभरका १० हजारभन्दा बढि युवा उद्यमीहरु रहेको संस्था पनि हो। यसको नेटवर्क १ सयभन्दा बढि देशमा रहेको छ। त्यो सञ्चालको निर्वतमान अध्यक्ष महिला रोज मेरी टान हुन्। उनी मलेसियन हुन्। महिला सम्मेलनमा उनलाई मुख्य वक्ताको रुपमा निम्ताइएको छ। यसपछि हामीसँग तीनवटा सेसनहरु रहेका छन्। एउटा सेसनमा हामीले उद्यमीहरुको कथा राखेका छौं। उनीहरुले आफ्नो उद्यमको सफलताको कथा प्रस्तुत गर्नेछन्। सँगै उद्यम गर्दा व्योहोरेका असफलता र टर्निङ प्वोइन्टको कुरा पनि उल्लेख हुनेछ। अर्को महिलालाई उद्यम गर्ने समयको पनि समस्या रहेको छ। उद्यम पनि गर्नुपर्ने र परिवारलाई पनि समय दिनुपर्ने भएकाले त्योे विषयमा पनि सेसनमा कुराहरु उठ्नेछ। वर्क लाइफ ब्यालेन्सका विषयमा पनि हामीले विषय उठाउने छौं। अर्काे चाही मिसन उद्यम रहेको छ। महिलाले अरु विषयमा गरेका कामहरुको पनि चर्चा गर्नेछौं।
विश्वव्यापी सञ्जाल रहेको मञ्चको नेपालमा दायरा फराकिलो भएन भन्ने पनि छ नि?
अहिलेसम्मको अवस्था हेर्ने हो भने हामी स्थापना भएको १० बर्षसम्म भयो। यो बिचमा यसलाई नै स्थापित गर्नेका लागि समय लाग्यो। सञ्चाल फैलाउनुभन्दा पनि पहिलो संस्थालाई स्थापित गर्नुपर्छ भन्ने पूर्व अध्यक्षहरुको सोच रह्यो। त्यो बेला हामी आफै सम्हालिन र बलियो हुन आवश्यक थियो। जसले गर्दा आज यो अवस्थासम्म आइपुगेका छौं। अब बल्ल हामीले महसुस गरेका छौं कि अब हाम्रो च्याप्टर र सदस्य संख्या बढाउनुपर्छ भनेर । अब हामीले आगामी ३ बर्षभित्रमा १५ वटा च्याप्टर बनाउने लक्ष्य लिएका छौं। त्यस्तै सदस्य संख्या पनि २ सयबाट १ हजार पुराउने योजना रहेको छ। कुनै पनि संस्था परिपक्क हुन केहि समय अवधि त चाहिने नै रहेछ। अझ उद्यमशिलतामा रहेका व्यक्तिहरुको संस्थालाई झनै चुनौती पनि रहेको छ। विशुद्ध उद्यम गर्नेको संस्था हो भनेर हामी अघि बढेका छौं र साथीहरु त्यहि अनुसार पनि आउनुभएको छ।
युवा उद्यमीहरु प्राय बाबुबाजेले स्थापना गरेको व्यवसायबाट अघि बढेको अवस्था छन्। युवा आफै प्रेरित भएर नेपालमा उद्यम गरेको अवस्था कस्तो छ?
नेपालमा युवाहरु दुवै तरिकाले उद्यममा आइरहेका छन्। कोहि पुस्ता हस्तान्तरणबाट आएका छन्। भने कोही आफैले गरेर पनि उदाइरहेका छन्। बाबुबाजेले गरिदिएको व्यवसायमा स्केलअप गरेको अवस्था हो त्यो पनि उद्यम नै हो। यो हुन पनि जरुरी छ। अर्काे आफैले बातावरण बनाएर, आफैले अवसर खोजेर पनि आइरहेका छन्। नयाँ हुने उद्यमीलाई प्राज्ञिक संस्था, उद्यमी र सरकारले पनि सहयोग गर्नुपर्ने हुन्छ तर हामीकहाँ त्यो चिज नै छैन। सबैभन्दा ठूलो कुरा पूँजीमा पहुँचको कुरा हो। त्यसपछि आइडिआ आउँछ। आइडियालाई बेच्न सक्नुपर्छ। यी कुरा प्रक्रियागत हुनुपर्ने हो तर त्यस्तो भएको पाइदैन। हामीले मुख्यत यही कुरालाई नै लबी गर्दै अघि बढेका छौं। यसपाली सरकारले स्टार्टअप फण्ड भनेर पनि सुरु गरेको छ। अब बल्ल बुझ्ने प्रयास हुन थालेको छ। सबैभन्दा ठूलो कुरा त उद्यमी किन बन्ने भन्ने पनि प्रष्ट छैन। हामीकहाँ पैसा कमाउन मात्र उद्यमी बन्ने हो भन्ने बुझाइ छ। पैसा कमाउने भनेको त त्यसको एउटा नतिजा मात्र हो। उद्यमी बन्ने भनेको जीवनलाई सरलता बनाउन हो। सामाजिक हुन हो। यसले रोजगार सिर्जना गर्छ। बाटो भएको ठाउँमा गाडी छैन भने उद्यमीले यहाँ गाडी ल्याउनुपर्छ भन्ने सोच्छ। गाडी आएपछि सहज पनि हुन्छ रोजगार पनि हुन्छ। पैसा त त्यसपछि कमाउने हो। लगानी गरेपछि त केहि नाफा त खोज्छ। जसरी बैंकमा पैसा राखेपछि ब्याज आउँछ।
एउटा नयाँ आउन चाहने युवा उद्यमीलाई अहिले कस्तो खालको अवसर र चुनौती रहेको पाउनुहुन्छ?
उद्यमी बन्नका लागि धेरै मान्छेसँग आइडिया छ। नयाँ व्यवसाय आउने कुरामा धेरै स्वीकार पनि गरिसकेका छन्। नयाँ व्यवसायले नयाँ उद्यमी जन्मन्छ भन्ने मान्यता अघि बढिरहेको छ। र यसका लागि अगाडी आउनुपर्छ भन्ने छ। पहिला कसैले व्यवसाय गर्यो भने प्रतिस्पर्धा बढ्छ भन्ने थियो तर अहिले बजार बढ्छ, सबैको पहुँचमा पुग्छ, सेवा सुविधा पाउँछन् भन्ने छ। जति आर्थिक गतिविधी बढ्यो त्यति नै बजार बढ्ने हो त्यसैले नयाँ युवा उद्यमीका लागि त अवसर नै अवसर रहेकेा छ। र चुनौतीको लागि त नीतिगत, पूँजीमा पहुँच नै हो। बजारको अपेक्षा, उपभोक्ताको व्यवहारले पनि असर गर्ने सक्छ। यो विषयमा बुझेर आउनुपर्छ।
नेपाली युवा ठूलो संख्यामा विदेशिरहेका छन्, खाडीदेखि यूरोप अमेरिकासम्म युवा विदेशीरहेको पाइन्छ उद्यमीसँगै रोजगार सिर्जना बढाउन के गर्नुपर्ला?
हामीले २००६ मा युवा उद्यमी सम्मेलनमा पनि आप्रवासीका विषयमा मुद्धा उठाएका थियौं। त्यो बेला हामीले भनेका थियौं नेपाली युवा विश्वका लागि उपलब्ध छ तर सम्मानित काममा जानुपर्यो। सम्मानित सेवा सुविधा पाउनुपर्यो। कि स्वदेशमा नै काम हुनुपर्यो होइन भने विश्वभरिका नागरिक कामको खोजीमा एकअर्काे देशमा पुगिरहेका छन्। त्यसैले उद्यम र उद्यमी बढे भने पनि रोजगारीको सिर्जना हुन्छ तर यसका लागि समय लाग्ला त्यसैले रोजगारको खोजीमा विदेशिने कामदारले पठाएको रकमले पनि आर्थिक गतिविधी भैरहेको छ। उनीहरुले पठाएको रकमले उनका छोराछोरी राम्रोसँग पढिरहेका छन्। १० बर्षपछि नेापलका लागि दक्ष जनशक्ति बनिरहेको छ। यो पनि राम्रो कुरा हो। नेपालमा नै रोजगार सिर्जनाका लागि त सरकारले नै योजनाबद्ध रुपमा नीति ल्याउनुपर्छ। उद्योग, व्यवसायलाई प्रोत्साहन गर्नुपर्छ। हामीले त मेड इन नेपाल भन्ने अभियान सञ्चालन गरेर नेपाली बस्तुलाई प्रबर्द्धन गरेका छौं यसले व्यवसाय पनि बढ्छ र रोजगार पनि बढ्छ भन्ने हाम्रो सोच हो।