काठमाडौं-पर्यटकीय नगरी पोखराका ट्याक्सीले कानुनविपरीत सिन्डिकेट लागू गरेको पाइएको छ। चोकचोकमा ट्याक्सी एकाइ गठन गरेर ट्याक्सी व्यवसायी समितिले सिन्डिकेट गरेको हो।ट्याक्सीले ठगेको गुनासो बढेपछि काठमाडौंबाट गएको नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले अनुगमन क्रममा सिन्डिकेट भेटेको हो। ‘ट्याक्सी व्यवसायी समितिले चोकचोकमा इकाइ गठन गरेको रहेछ,' अनुगमन टोली प्रमुख तथा विभागका वरिष्ठ निरीक्षक मनोजकुमार पोखरेलले भने, ‘त्यही एकाइको माध्यमबाट आलोपालोमा चलाउँदा रहेछन्।'
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले पनि इकाइमार्फत सिन्डिकेट लादिएको बताए। ‘एउटा चोकमा २० ट्याक्सी बराबर एकाइ गठन गरेको पाइयो,' राउतले भने। अनुगमन टोलीका अनुसार ग्राहकले मोलमोलाई गरेर जुनसुकैमा जान पाउँदैनन्। एकाइले दिनभरिका लागि पालो बाँधिदिने र त्यहीअनुसार चलाउनुपर्ने नियम छ। पालोअनुसार चल्दा ट्याक्सीले एकैपटकमा दिनभरिको भाडा उठाउन खोज्छन्। पोखरेलका अनुसार सय रुपैयाँले पुग्ने ठाउँमा तीन–चार सय लिन्छन्। ‘विदेशी पर्यटक अझ धेरै ठगिएका छन्,' पोखरेलले भने।
विभागले उपत्यकाबाहिर पहिलोपटक भदौ ५ गते ट्याक्सी अनुगमन सुरु गरेको थियो। अनुगमनमा प्रमुख जिल्ला अधिकारीसहित, ट्राफिक कार्यालय, यातायात कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी थिए। अनुगमन निरन्तर हुने विभागले जनाएको छ। एक महिनामा १४ सय ६४ ट्याक्सीको अनुगमन गरिएको छ। यसमध्ये १ सय ८० जना कारबाहीमा परेको पोखरेलले बताए।
पोखराका धेरैजसो ट्याक्सीमा मिटर नै नभएको, हुनेले पनि प्रयोग नगरेको, नियमित रुपमा मिटर सिल नगर्ने, नवीकरण नगर्ने, भाडा धेरै असुल्ने, राति डेढी हान्ने, ग्राहकले थाहा नपाउने गरी धेरै पैसा असुल्न अर्थिङ गर्ने जस्ता समस्या देखिएको विभाग महानिर्देशक विश्वबाबु पुडासैनीले बताए।
विभागका अनुसार एक कसुरमा हजार रुपैयाँ जरिवाना हुन्छ। हरेक कसुरमा हजार र तीन पटकसम्म दोहोरिए मिटर जफतसम्मको कारबाही हुने पुडासैनीले बताए। कतिपय ट्याक्सीलाई अनुगमनमा रहेको ट्राफिकले पनि कारबाही गरेको छ। एउटै ट्याक्सी धेरैपटक जरिवानामा परे लाइसेन्स खारेज गर्ने, मिटर जफत गर्नेजस्ता कारबाही हुन्छ।
सिन्डिकेट नतोडेसम्म जति कारबाही गरे पनि समस्या समाधान नहुने पोखरेलेले बताए। समस्या समाधान गर्न ट्याक्सी व्यावसायीसँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी राउत बताउँछन्। ‘उहाँहरु (व्यवसायी) समस्या समाधानमा सकारात्मक हुनुहुन्छ,' राउतले भने, ‘प्रयास भइरहेको छ।'
अनुगमन तीव्र पारेपछि अधिकांश ट्याक्सीले मिटर राखेको राउतले बताए। पोखरामा २१ सय हाराहारी ट्याक्सी चल्छन्। ‘अनुगमन अवधिमै दुई हजार जतिले मिटर राखिसकेका छन्,' राउतले भने, ‘बाँकीले पनि निवेदन दिएका छन्।' अनुगमन सुरु भएपछि मिटरमा चल्न पनि सुरु गरेको पोखरेलले बताए। विभागको पहिलो काम ट्याक्सीलाई मिटरमा चलाउने बानी पार्नु रहेको पोखरेलको भनाइ छ।
व्यवसायी भने मिटरमा चल्दा घाटा लाग्ने बताउँछन्। नियमअनुसार चढ्नेबित्तिकै १४ रुपैयाँ र हरेक किलोमिटरको ३७ रुपैयाँ लाग्छ। यो नियममा चल्दा घाटा लाग्ने भन्दै सरकारले भाडा बढाइदिए मात्र मिटरमा चलाउन सकिने ट्याक्सी व्यवसायीले बताएको पोखरेलले जानकारी गराए।
सबै समस्या समाधानका लागि लामो रुटमा चल्ने र पोखराभित्रै चल्ने ट्याक्सीका लागि छलफलबाट नियम बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी राउतको भनाइ छ। उनका अनुसार पोखराका ट्याक्सी स्याङ्जा, म्याग्दी, बाग्लुङ, तनहु, लमजुङसम्म जान्छन्। ट्याक्सी ठगी गम्भीर समस्याको रुपमा रहेको उपभोक्ता हित संरक्षण मञ्चका कोषाध्यक्ष बाबुराम हुमागाईंले बताए। ‘सिन्डिकेट गर्ने, धेरै पैसा असुल्ने, भनेको ठाउँमा नजाने समस्या हरेक उपभोक्ताले झेलिरहेका छन्,' उनले भने।
पोखरामा जस्तै समस्या काठमाडौं उपत्यकामा पनि रहेको उनले बताए। ‘विभिन्न हस्पिटल, बसपार्क, भिडभाड हुने चोकमा यो समस्या धेरै छ,' हुमागाईंले भने, ‘मैले नै यस्ता समस्या धेरै भोगेको छु।' सरकारी निकायबाट कारबाहीको संख्या जति धेरै देखाए पनि समस्या समाधन हुन नसकेको उनको गुनासो छ। ‘जति कारबाही गरिएको तथ्यांक भए पनि त्यसले बजारमा सुधार ल्याएको छैन,' हुमागाईंले भने।