पोखरा-आकर्षक पारिश्रमिक लिन तुलनात्मक रुपमा जोखिमपूर्ण मानिने पेसामा पनि महिला रमाउन थालेका छन्। पछिल्लो समय प्लम्बिङ र मोबाइल मर्मतमा महिला सहभागिता बढेको हो।कास्कीमा महिला परम्परागत पेसा ब्युटीपार्लर, थांका, सिलाइकटाइ र गार्मेन्टसम्बन्धी काम छाडेर प्लम्बिङ र मोबाइल मर्मतमा लागेका छन्। पञ्चकन्या ट्रेनिङ इन्स्टिच्युट रानीपौवामा तालिम लिइरहेकी दुर्गा स्याङतानले अवसर र राम्रो पारिश्रमिक भएकाले मोबाइल मर्मतलाई पेसा बनाएको बताइन्।
‘एक लेभल तालिम लिएर कामको अनुभवसमेत गरिसकेको छु,' उनी भन्छिन्, ‘पसलमा काम गर्दा मासिक आठ हजार रुपैयाँ दिएका थिए।' दुई लेभल गरेपछि अझ दक्षता बढ्ने भएकाले राम्रो कमाइ हुने उनको भनाइ छ। उनीसँगै तालिम लिइरहेका सुशीला जिसीले महिलाले पनि आधुनिक पेसा गर्छन् भन्ने देखाउन परिवारलाई विश्वस्त पारेर तालिम लिएको बताइन्।
रोजगार कोषले विभिन्न ट्रेनिङ इन्स्टिच्युटमार्फत तालिम दिन्छ। कोषले प्रशिक्षार्थीको बस्ने, खाने रकम बेहोर्छ। यस्तो खर्च पहिला तालिम केन्द्रले बेहोर्छ र प्रशिक्षार्थी काममा लागिसकेपछि कोषले शोधभर्ना दिन्छ। कोषले कृषि उद्यमी, कार्पेट, मेटल, फर्निचर तालिम दिइरहेको छ। परिमाणमा आधारित तालिम भएकाले मानिसहरु रोजगार र उद्यमी भइसकेको कोषले जनाएको छ।
‘मैले प्लबिङसम्बन्धी एक लेभल तालिम सिकेर केही समय काम गरेँ,' तनहुँकी रञ्जु आलेमगर भन्छिन्, ‘पुरुषसँग काम गर्न सकिने रहेछ, पारिश्रमिक पनि अन्तभन्दा राम्रो भएकाले यो पेसा रोजेको हुँ।'
प्लबिङसम्बन्धी दक्ष जनशक्ति र प्रशिक्षक अभाव भएकाले दोहोरो कमाइ हुने महिला बताउँछन्। ‘तालिम सकिएपछि प्रशिक्षक र काम दुवै अघि बढाउँछु,' रोजगार कोष/हेल्भेटासको सहयोगमा जेनिस मल्टिस्किल ट्रेनिङ इन्स्टिच्युटमा दुई लेभल तालिम लिइरहेकी आलेमगर भन्छिन्, ‘यसले महिलाले पुरुषले गर्ने काम पनि सजिलै गर्छन् भन्ने देखाउँछ। पारिश्रमिक पनि उच्च नै हुन्छ, त्यही कारण यो रोजेको हुँ।'
१२ कक्षाको परीक्षा दिएर बसेकी तनहुँकी प्रिती विश्वकर्माले पनि औपचारिक शिक्षाले जागिर नपाइने भएकाले प्लबिङ तालिम लिएको बताइन्। ‘काम पनि सजिलै पाइने, पारिश्रमिक तुलनात्मक रुपमा उच्च छ,' उनी भन्छिन्, ‘यसमा भविष्य पनि राम्रो देख्छु, कामसँगै पढाइ पनि अगाडि बढाउन सकिन्छ।'
जेनिसका प्रबन्ध निर्देशक नारायणप्रसाद अधिकारीले महिला प्रशिक्षक खोजेजति नभएकाले अहिले प्लबिङसम्बन्धी तालिम लिइरहेका ६ महिलालाई प्रशिक्षक बनाउने बताए। ‘हामीलाई प्रशिक्षकको अभाव भएर आवश्यकता अनुसार तालिम दिन सकेका छैनौं,' उनी भन्छन्, ‘उनीहरु तालिम सकेपछि प्रशिक्षक बन्छन्, ५–६ ग्रुपमा प्रशिक्षण दिन सकिन्छ।'
उनले प्रशिक्षकलाई मासिक न्यूनतम १७ हजार रुपैयाँ तलब दिने बताए। ‘उनीहरुले अर्डरअनुसार बाहिर काम गर्न सक्छन्,' उनी भन्छन्।