मोतिलाल दुगड नेपालका प्रतिष्ठित औद्योगिक घराना दुगड ब्रदर्स एन्ड सन्सका अध्यक्ष हुन्। पेय उद्योगदेखि अन्य व्यापारमा लामो समयदेखि लागेका दुगड पछिल्लो ८ वर्षदेखि हाइड्रो पावरमा पनि लागिपरेका छन्। पान हिमालय इनर्जी प्राली कम्पनीबाट लिखु खोला–१ हाइड्रोपावर प्रोजेक्ट निर्माणमा लागेका स्वतन्त्र ऊर्जा उत्पादक संघमा समेत आवद्ध दुगडसँग नेपालमा हाइड्रोपावरको अवस्था र आयोजनाका विषयमा नागरिकका प्रकटकुमार शिशिरले गरेको कुराकानीःभारतसँग हुन लागेको विद्युत व्यापार सम्झौतालाई कसरी हेर्नुभएको छ?
भारतसँग विद्युत व्यापार सम्झौता हुने प्रक्रिया चलेको छ। यसले ठूलो सम्भावना खोलेको छ। केहिले यसको विरोध गरिरहेका छन्। भारतका तर्फबाट सबै ठिक भएको छ। नेपाल अझै अग्रसर भएको पाइदैन। जब खरिद गर्ने भारत भन्छ, म तिम्रो सामान किन्न तयार छु। मेरो कुनै रोकटोक छैन। न यसमा कुनै कर लगाउँछु। तिमीले ल्याउ मेरो खुल्ला बजार छ। तिमी जहाँ इच्छा छ त्यही बेच। यतिधेरै बजारको पहुँच दिदाँदिँदै पनि हामीकहाँ कुरा बुझ्ने जाँगर पनि चलाउँदैनन्। जुन पैसा आएपनि देशमा नै पैसा आयो देशलाई नै फाइदा हुने हो। अहिले त पानी खेर गैरहेको छ। पिटिए, पिडिए रोक्न खोज्नु त आत्मघाती निर्णय हो। जब बनाउनेले बनाउन सक्छ, खरिद गर्ने तयार छ भने केमा आनाकानी। भारतसँग र त्यहाँको आयोजनासँगको पिटिए, पिडिएले ठूलो अवसरको ढोका खोलिदिएको छ। आजसम्म पचासौं वर्षमा हुन नसकेको प्रक्रिया अहिले भएको छ। त्यो पनि सजिलोसँग, हामीले सोच्नै सक्दैनौं।
तर हाम्रो प्रधानमन्त्रीदेखि मन्त्री र प्राधिकरणका कर्मचारीहरुको मन नै छैन। व्यक्तिगत रुपमा कसैलाई दोष दिएर हुँदैन पुरा सिस्टम नै दोषी देखिन्छ। यस विषयमा कसैले पनि व्यक्तिगत धारणा बनाउनु हुँदैन। एक दिन खरदारदेखि प्रधानमन्त्रीसम्म एकै कोठमा बसेर निर्णय गर्न सक्नुपर्छ। फाइल एक ठाउँबाट अर्काे ठाउँमा चल्दै चल्दैन अनि कसरी हुन्छ निर्णय? अब शंका भारततिर होइन नेपालतिर नै रहेको छ।
नेपालमा के समस्या छ?
जबसम्म काम नै गरिदैन कसरी अगाडि बढ्छ। कामका लागि गम्भिर भइएन, निर्णयका लागि प्रक्रिया बढेन भने त पुरै समस्या देखियो नी। एकातिर हामीले विदेशी लगानी चाहियो भनेर आह्वान गर्छाैं। जब यहाँ आउँछन यहाँ वातावरण बन्दैन। अहिले यहाँ पिपिएको समस्या रहेको छ। स्थानीय आयोजनासँग त पिपिए गर्न सकिरहेको छैन। प्रोजेक्ट गरेर पनि पिपिएमा अड्काइरहेका छन्।
नेपालमा आयोजनाका समस्या पनि त होलान्। के पाउनुभयो?
आयोजना बनाउने बेला पनि समस्या नहुने होइन हुन्छन। तर, ती साना समस्या हुन जुन नीतिगत समस्याभन्दा गौण छन्। देशको प्रक्रिया, नीतिले जुन समस्या निम्ताउँछ त्यसका लागि आयोजना बन्दाखेरीको समस्या ठूलो होइन। विश्वका सबै ठाउँमा सामाजिक समस्या हुन्छ नै। जग्गा, बातावरण्ीया प्रभाव, मुआब्जा, रोजगारी, सेयर यस्तो समस्या देखिए पनि तत्काल टुंगिन्छ पनि तर अन्य समस्याले समस्या नै पारिरहेको हुन्छ। अहिले आएर डेभलपर्स र जनता दुवै परिपक्व भैसकेका छन्। हामीले जुन स्थानमा आयोजना गर्ने खोज्यौं त्यहाँ केहि न केहि त दिनुपर्योय। त्यही माग स्थानीयको हुन्छ।
आयोजनाका लागि मन्त्रालय, प्राधिकरणले दिने समस्या भने अर्कै छ। हाम्रै आयोजना हेर्ने हो भने अहिलेसम्म पिपिए हुन सकेको छैन। वातावरण प्रभाव मूल्यांकन भैसक्यो, कनेक्सन सम्झौता भैसक्यो। तर पिपिए नभएसम्म त केहि कुरा अघि बढ्दैन। यसले नै अल्झाइरहेको छ। यसले गर्दा प्रोजेक्ट अगाडि बढ्न सकेको छैन। १८ सय करोड लगानीमा बन्न लागेको प्रोजेक्टले अहिले गति पाएको छैन। कि सरकारले रोकिराखेका सबैलाई निर्णय गर्नुर्योछ होइन भने सूचना निकालेर लगानी नगर भन्नुपर्योन। हामीलाई हाइड्रो चाहिएको छैन भन्नुपर्योर। हामीलाई किन झुटा नारा दिनु।
ठूला आयोजनामा राजनीतिक हस्तक्षेप र विरोधको कुरा पनि जोडिन्छ नी?
यो त आफु अनुकुल नभएको व्याख्या मात्र गर्ने हो। यो एउटा रोग जस्तै भैसक्यो। यो सबैलाई थाहा भैसकेको कुरा पनि हो। आफ्नो स्वार्थका लागि मात्र गरेको देखिन्छ। नत्र एकै ठाउँमा आएर सहमति गर्न किन सकिदैन? सभ्य र अनुशासित मानिएको काँग्रसले पनि त यस्तो गरेको पाइयो। ससानो स्वार्थका लागि आयोजना रोक्ने काम भैरहेको छ। एउटा सानो स्वार्थका लागि राष्ट्रिय स्वार्थलाई असर पार्ने काम ठिक होइन।
भारतसँगको पिटिएपछि नेपालको दीर्घकालिन सम्भावना के देख्नुहुन्छ?
भारतलाई अहिलेदेखि लिएर २०३० सम्म अर्थात अझै १५ वर्षसम्म ४ लाख मेगावाट बिजुली आवश्यक पर्छ। भारतमा हाइड्रो कम नै रहेको छ। कोइलामा आधारित विद्युत उत्पादन धेरै मुलुकमा बन्द गर्दै गैरहेका छन्। चीन, अमेरिका पनि बन्द हुँदै गइरहेको छ। भारत पनि मुख्य थर्मल प्लान्टबाट भैरहेको छ। भारतलाई पनि वातावरणका कारण बन्द गर्नुपर्ने हुन्छ। एटोमिक पनि छैन। हाइड्रो पनि सिमित छ भनेपछि हावा र सोलारको सम्भावना त छ। तर यसको लागत धेरै महँगो पर्ने जान्छ। अब नेपालसँग ४० देखि ४५ हजार मेगावाट छ। हामीले यो पुरै बनाए पनि भारतका लागि ५ प्रतिशत पनि माग पुरा हुँदैन। बनाउन त यो अवस्थाले एक सय वर्षमा पनि हुँदैन जस्तो लाग्छ। तर आशा गरेर छिटो छरितो बने पनि ३० वर्षभन्दा बढी लाग्छ। त्यसपछि पनि हामीलाई बजारको कुनै डर भएन। हामीलाई बजारको डर नभएपछि उचित मूल्यमा बेच्न सक्छौं त्यसैले दीर्घकालिन रुपमा पिडिएले ठूलो सम्भावना देखाएको छ। यसका लागि न त कच्चापदार्थका लागि समस्या छ न त बजारका लागि हामीलाई प्रकृति र भौगोलिकताले यी दुवै प्रदान गरेका छन्। निःशुल्क रहेको कच्चा पदार्थबाट उत्पादन गरेर खुल्ला रहेको बजारमा बेच्न सकिन्छ। भारतमा वर्षातमा विद्युत उत्पादन कम हुन्छ हामीकहाँ बढी हुन्छ। हिउँदमा उता कम माग हुँदा हामीकहाँ कम उत्पादन हुन्छ यो त आशिर्वाद दिएजस्तै भएको छ। त्यसैले यसको पनि फाइदा उठाउन सक्नुपर्छ।
डलरमा पिपिए हुने कुरामा सधै विवाद भैरहन्छ यसमा तपाईको धारणा के छ?
हामीले बाहिरबाट लगानीकर्ता आउनुपर्छ भनिरहेका छोैं, बोलाइरहेका छौं। फेरि अर्काे तिर डलरमा पिपिए गर्ने हुँदैन भन्छौं। डलरमा पिपिए भएन भने त ठूलो आयोजनाको लागि त डलर फिर्ता नगरीञ्जेलसम्म त समस्या हुने भयो। त्यसैले त्यो डलरमा नै हुनुपर्छ। डलरमा पिपिए भएन भने उसले पेमेन्ट कसरी गर्ने? व्यावहारिकता पनि हेर्नुपर्योन नी खाली अन्ध राष्ट्रभक्तले भएन। जसले डलरमा लगानी गर्छ उसले डलरमा फर्काउननै पर्योए। अहिलेको अवस्था त भारत पनि खुलेको छ उसले भारत पठाउँछ भने भारु पाउँछ। तर यहाँ साना आयोजनालाई पनि राकेर राखिएको छ। सानो आयोजनालाई त फुकाउनु पर्यो नी। विदेशी मात्र भनेर ठूलै आयोजनासँग साना आयोजना पनि जोडेर हेर्ने भएन। अहिले स्वेदेशीलाई त खोल्नुस्।
क्यु ४० बारेमा तपाईको राय के हो?
क्यु ४० आवश्यक छैन। यो खत्तम भइसक्यो। यसको कुनै औचित्य नै छैन। जति पनि उत्पादन गर्ने सकिन्छ भने किन सिमित मात्र उत्पादन गर्ने? सबै मुलुक अधिकतम उत्पादन गर्नेतर्फ सोचिरहेका छन्। हामी सिमितमा अडिएका छौं।
क्यु ४० भन्दा बढी प्राकृतिक स्रोतको अधिकतम उपयोगको आधारमा विद्युत उत्पादन गर्न सक्ने आयोजनाहरुलाई बढी उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणमार्फत भारत वा बंगलादेशको खुल्ला बजारमा निकासी गर्न दिने र उक्त विद्युत निर्यातबाट प्राप्त भएको रकममा कमिसन र ह्विलिङ चार्ज कट्टा गरी कुनै नाफा नोक्सानी नव्यहोर्ने शर्तमा भुक्तानी गर्ने व्यवस्था गरेका प्राकृतिक स्रोतको अधिकतम उपयोग हुन्छ। यसले देशलाई नै फाइदा पुर्यारउँछ।
अहिले त हिउँदको मात्रै गरिदिने गरेका छन्। एउटाको हेरेको क्यु ६५ रहेको छ हिउँदका लागि मात्र भनेर। वर्षातको बिजुली उपभोग गर्ने सकिदैन। फाल्न पर्छ। क्यु ४० को प्राधिकरणलाई दिएर त्यसभन्दा माथिको भारतमा पनि त बेच्न सकिन्छ। यसले प्राधिकरणलाई कुनै घाटा पनि हुँदैन। अर्काे कुरा एक सय मेगावाटसम्मको आयोजनाबाट क्यु ४० प्रतिशतको आधारमा उत्पादित बिजुली टेक अर पे ब्यासिसमा विद्युत खरिद बिक्री सम्झौता पोस्टपेड रेटमा नेपाली रुपैयाँमा गर्नुपर्छ। पिपिए रोकेको कारणले एकातिर इक्विटी र ऋण व्यवस्था गरिसकेका निजी क्षेत्रका आयोजनाहरुले पनि काम गर्न पाएका छैनन भने अर्काेतिर पिपिए गरिसकेका आयोजनाहरुले इक्विटी र ऋणको व्यवस्था गर्न नसकेर काम चालु नगरेकाले ट्रान्समिसन लाइनको क्षमता ओगटेर बसेका छन्।
साराका सारा सोच ३० वर्षपछि नै छ। नर्वे र स्विडेनमा अफ टाइमको बिजुलीबाट तल खोलामा बगिरहेको पानीलाई माथि तान्छ। ब्याक लिन्छ, ब्याक लिएर त्यो पावर बनाए पनि फाइदा लिन्छ। जुन बेला पिक आवर छ त्यहाँ त रेट फरकफरक छ। एकको दुई चारसम्म दिन्छ। तर हाम्रो दुर्भाग्य हाम्रो प्राधिकरणको, ऊर्जा मन्त्रालयको योजना वर्षातको समयमा फाल्नुपर्छ भन्दै अधिकतम उपयोग गर्ने मतलब नै छैन। फाल्ने बेलाको बिजुली हामीले किन योजना बनाउने भन्ने सोच छ। यहि भएर डेढ सय मेगावाट बन्न लागेको आयोजनालाई पनि एक सयमा झाछौं।
प्रसारण लाइनका विषयमा पनि समस्या देखिन्छ। यो समस्यालाई कसरी हेर्नुहुन्छ?
प्रसारणलाईन निजी क्षेत्रले बनाउन सक्दैन। कानुनका पनि विभिन्न अड्चन रहेका छन्। प्रसारण लाइनका लागि राज्यले जसरी पनि बल प्रयोग गरेर भएपनि बनाउनुपर्छ। तर जो जमिन भएकाहरु छन तिनीहरुलाई मनग्य मुअब्जा दिनुपर्छ। पुरै आयोजना लागतमा प्रसारण लाइनको खर्च ज्यादै थोरै नै पर्छ। तर जुन रोकेर नोक्सान भएको छ त्यसको लागत ठूलो पर्न आउँछ। राज्यले व्यापारिक तरिकाले पनि सोच्नुपर्ने हुन्छ। प्रसारण लाइनका लागि प्राधिकरणसँग पैसा छैन भने निजी क्षेत्रले सहयोग गर्न सक्छ। प्राधिकरणले नै बनाओस्, उसकै स्वामित्व रहोस् तर हामीले सहयोग त गर्न सक्छौं नी।
भारत निकासीको लागि प्राधिकरण अन्तर्गत जेभीमा निर्माण भैरहेको ढल्केवर मजुफ्फरपुर प्रसारण लाइनको मोडालिटीमा निजी क्षेत्रका र सोहि क्षेत्रका इच्छुक विद्युत उत्पादकहरु तथा सर्वसाधरणहरुलाई लगानी गर्न दिनुपर्छ ताकी विद्युत प्रसारण लाइन निर्माणमा रकमको अभाव नहोस र स्वामित्व पनि प्राधिकरणको रहोस्।
पिकिङ पोन्डेज भएका आयोजनाहरुको लागत महँगो हुन्छ यसको रेटका विषयमा तपाई के भन्नुहुन्छ?
पिकिङ पोन्डेज भएको आयाजनाहरुलाई निर्माण खर्च बढी पर्ने हुँदा पिक आवरको समयमा विद्युत दिएमा सो समयमा प्राधिकरणले पनि ग्राहकहरुसँग बढी रेट लिने हुँदा बढी लिएको रेटमा ५० प्रतिशत उत्पादकलाई दिने वा स्टोरेज आयोजनाहरु सरहको दर भाउ दिन सकिन्छ। यसका लागि मोडालिटी बनाउनुपर्दछ।
यस्तो अवस्थामा पनि दुगड समूह किन हाइड्रोमा लगानी गरिरहेको छ ?
हाइड्रो त अहिलेको आवश्यकता हो। समस्या छ भनेर हामी भाग्न सक्दैनौं। हाइड्रोको विकास नभएसम्म अरु विकास सम्भव नै छैन। त्यसै बगिरहेको कच्चा पदार्थ जसलाई पैसा तिर्नुपर्दैन खेर गइरहेको छ। अरु उद्योगधन्दा अधिक क्षमता भैसकेका छन्। सबै उद्योग र व्यवसाय बढी भइसके। हाइड्रो अझै आवश्यक छ। बैकिङ क्षेत्रका लागि पनि गोल्डेन अवधि हो यो। बैंकसँग पनि लगानी गर्न सक्ने रकम छ। उनीहरुले पनि लगानी गर भनिरहेका छन्। एक सय अर्ब भन्दा बढी तरलता बैंकसँग छ। यसले ६ सय मेगावाटको हाइड्रो बन्छ। त्यसैले कोही न कोही त आउनुर्योए नी।