काठमाडौं-सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनमा रहेका ‘भिआइपी' कक्ष कसले प्रयोग गर्ने भन्ने नयाँ सूची तयार गरेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले ‘ज्यादै महत्वपूर्ण व्यक्ति' (भिआइपी) कक्ष प्रवेश तथा प्रयोगका लागि गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ संशोधन गरी नयाँ सूची तयार गरेको हो।
‘यसअघि कसलाई भिआइपी मान्ने र कसको सिफारिसमा भिआइपी कक्ष प्रवेश र प्रयोग गर्न दिने भन्ने अन्योल थियो,' पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले शनिबार नागरिकसँग भने, ‘अब भने हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका भिआइपी कक्ष प्रयोग कसले गर्ने भन्ने प्रष्ट भएको छ।'
उनका अनुसार मुलुकका ५२ महत्वपूर्ण पदाधिकारीलाई भिआइपीको नयाँ सूचीमा समेटिएको छ। जसअनुसार राष्ट्रपति/राष्ट्रप्रमुख, उपराष्ट्रपति, प्रधानमन्त्री/सरकार प्रमुख, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष/व्यवस्थापिका संसदका सभामुख, पूर्वराष्ट्रपति/पूर्वराष्ट्रप्रमुख, उपप्रधानमन्त्री, मन्त्री, व्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री/पूर्वसरकार प्रमुख, पूर्वप्रधानन्यायाधीश, व्यवस्थापिका संसदका उपसभामुख, राज्यमन्त्री रहेका छन्।
त्यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानहरूका कुलपति, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, सहायक मन्त्री, संविधानसभा/व्यवस्थापिका संसदका सदस्य, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, मुख्य सचिव, प्रधान सेनापति, संविधानसभा/व्यवस्थापिका संसदका महासचिव, पुनरावेदन आदलतका मुख्य न्यायाधीश, राष्ट्रिय योजना आयोगका सदस्य, संवैधानिक निकायका प्रमुख तथा सदस्य, राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका उपकुलपति सूचीमा छन्।
पर्यटन मन्त्रालयका अनुसार सरकारका सचिव, विशिष्ट श्रेणीका कर्मचारी, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत, सर्वोच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, पुनरावेदन अदालतका न्यायाधीश, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपालस्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक र राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिका सदस्य सचिव पनि छन्।
‘यो सूचीमा नभएका स्वदेशी भिआइपीलाई भने पर्यटन मन्त्रालयको सिफारिसका आधारमा भिआइपी कक्षमा प्रवेश गर्न र कक्ष उपयोगको सुविधा दिइने छ,' सहसचिव लामिछानेले भने, ‘विदेशी भिआइपी तथा प्रतिनिधिमण्डलको हकमा भने परराष्ट्र मन्त्रालयको पत्रका आधारमा तोकिने छ। संयुक्त राष्ट्र संघ तथा त्यसका विशिष्टिकृत पदाधिकारीका हकमा पनि परराष्ट्रकै पत्रलाई आधार मानिने छ। त्यसबाहेक अन्यका हकमा भने सम्बद्ध निकायको सिफारिसका आधारमा पर्यटनले लेखी पठाउन सक्नेछ।'
पर्यटनले भिआइपीलाई स्वागत तथा बिदाइ गर्न आउनेको सूची पनि तयार गरेको छ। यसमा भिआइपीका श्रीमान वा श्रीमती र छोराछोरीमध्ये बढीमा दुईजना, भिआइपी सम्बन्धित कार्यालयका वरिष्ठ अधिकारी एक, भिआइपीका निजी सचिव एक र सुरक्षाकर्मी एक एवं परराष्ट्र मन्त्रालयको प्रोटोकल महाशाखाका पदाधिकारी वा त्यहाँबाट तोकिएका अन्य पदाधिकारी रहनेछन्। उनीहरूलाई परिचय खुल्ने कागजातका आधारमा भिआइपी कक्षमा प्रवेश अनुमति दिइने छ।
मन्त्रालयका अनुसार भिआइपीलाई स्वागत र बिदाइ गर्न आउने अन्य सबैले टर्मिनल भवनको भुइँ तल्लास्थित भिआइपी कक्ष मूल प्रवेशद्वार नजिकको स्थानबाट स्वागत तथा बिदाइ गर्नुपर्ने छ। त्यस्तै विदेशी भिआइपीलाई विशेष परिस्थिति परी जहाज पार्किङ क्षेत्र (एप्रोन) सम्म गई स्वागत तथा बिदाइ गर्नुपर्ने भए औचित्य स्पष्ट गरेर परराष्ट्र मन्त्रालयबाट लिखित अनुरोध आए बढीमा दुईजनालाई एप्रोनसम्म प्रवेश दिइने छ।
काठमाडौं बाहिरका विमानस्थलका भिआइपी कक्ष प्रवेश र प्रयोग गर्न भने त्रिभुवन विमानस्थलका लागि तोकिएका भिआइपीका अतिरिक्त राजपत्रांकित प्रथम श्रेणीका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, जिल्ला विकास समितिका सभापति, जिल्लास्थित सुरक्षा निकायका प्रमुखले पाउनेछन्। त्यस्तै सम्बन्धित विमानस्थल सुरक्षा समितिको निर्णयअनुसार वा प्रमुख जिल्ला अधिकारीको सिफारिसपत्रका आधारमा विशेष परिस्थितिमा विशेष व्यक्तिले पनि भिआइपी कक्ष प्रयोग गर्न पाउनेछन्।
विमानस्थलमा खानतलासीबाट उन्मुक्ति पाउनेहरू
सरकारले आधा दर्जन पदाधिकारीलाई विमानस्थल खानतलासीबाट उन्मुक्ति दिने नियम पनि संशोधन गरेको छ। पर्यटन मन्त्रालयका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष/ व्यवस्थापिका संसदका सभामुख एवं स्वदेशी भिआइपीका विदेशी समकक्षीलाई विमानस्थलबाट प्रस्थान र आगमनका बेला खानतलासी गरिने छैन।