अनुगमन आउँदा सटर बन्द
०५ असोज २०७१
•
९ मिनेट पाठ
अनुगमन आउँदा सटर बन्द
काठमाडौं- राजधानीको न्युरोडमा दसैंको चहलपहल बढे पनि विशाल बजार भने आइतबार बन्द रह्यो। बन्दको कारण अरू कोही नभएर व्यापारी आफैं थिए। दसैंको छेकमा हुनसक्ने 'उपभोक्ता ठगी रोक्न' बजार अनुगमनमा गएको सरकारी टोलीलाई असहयोग गर्दै विशाल बजारका व्यापारीले सटर बन्द गरेका हुन्।वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको टोली आफ्नो नियमित कार्यअन्तर्गत आइतबार दिउँसो विशाल बजारका पसल अनुगमन गर्न पुगेको थियो। सरकारी अधिकारी ४२, ४३ र ४४ नम्बरको पसल अनुगमन सकेर ४५ नम्बरमा पुग्दा अगाडिका सटर धमाधम बन्द हुन थाले। विशाल बजार व्यापार संघका पदाधिकारीसहित बिक्रेताहरू 'हाम्रो पसल अनुगमन गर्न पाइँदैन' भन्दै टोलीलाई घेर्न आइपुगे। अनुगमन अधिकारी चार वटाभन्दा बढी पसलमा छिर्नै सकेनन्।
'हामीले बिक्रेतासँग खरिद मूल्य, बिक्री मूल्य, भ्याट बिललगायत कागजपत्र माग्दै थियौं,' वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले नागरिकसँग भने, 'यसको विरोधमा उनीहरूले धमाधम पसल बन्द गरे।'
पसल बन्द हुनुअघि टोलीले ओक ल्यान्ड, रेडिमेड स्टोर, इन्टर सोप र आरएसएस त्रिसा पसल अनुगमन गरेको थियो। यी चार पसलमा कतिपय सामान वास्तविक मोलभन्दा १२ गुणा बढीमा बिक्री भइरहेको पाइएको छ। अनुगमन अधिकारीका अनुसार बिलमा ३ सय ७३ रुपैयाँ खरिद मूल्य रहेको ज्याकेट ३ हजार ५ सय ४० मा बिक्री गरिएको फेला पर्योा। बिलअनुसार २ सय ८७ पर्ने पाइन्टमा २ हजार २ सय ५० र १ सय ८७ मा ल्याएको सर्टमा १ हजार २ सय रुपैयाँको ट्याग झुन्ड्याइएको अनुगमन अधिकारीले जनाए।
यतिमात्र होइन, खरिद बिलमा २ सय १ रुपैयाँ लेखिएको हाफ ज्याकेट २ हजार ७ सय र ७३ रुपैयाँ परेको टिसर्ट १ हजारमा बिक्री भइरहेको समेत टोलीले जनाएको छ।
विभागले यी पसललाई सात दिनभित्र रेडिमेड कपडामा अनिवार्य मूल्य सूची राख्न र व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण गर्न निर्देशन दिएको छ। 'हामीले पसलमा गएर हिसाबकिताब हेर्दै निर्देशन दिन थालेपछि अरू बिक्रेता आपत्ति जनाएर विरोधमा ओर्लिएका हुन्,' बिडारीले भने।
व्यापारीले सरकारी अनुगमनमा असहयोग गरेको घटना यो पहिलो होइन। बिडारीका अनुसार तीन दिनअघि पनि विशाल बजारका दुई पसल अनुगमन गर्दा यसरी नै सम्पूर्ण सटर बन्द गरेर अवरोध गरिएको थियो। 
'उनीहरूले अवरोध गर्दैमा हामी पछि हट्दैनौं, यसलाई अझ तीव्रता दिन्छौं,' उनले भने, 'त्यहाँका पसलको खरिद र बिक्री बिल हेर्दा ठूलो अन्तर भेटिन्छ, त्यसबापतको भ्याट र अरू कर उनीहरूले तिरेका छन् कि छैनन् त्यसको पनि अनुगमन गर्नुपर्छ।' 
विशाल बजारका बिक्रेता भने सरकारी टोली 'व्यापारीसँग पैसा खान दसैंको मुखमा मात्र अनुगमनमा आउने गरेको' आरोप लगाउँछन्। 'हामी वर्षैभरि पसल चलाएर बसेका छौं, दसैंमा ग्राहकको भीडभाड हुने बेला आएर व्यापार किन बिगार्ने?' एक बिक्रेताले प्रश्न गरे।
विशाल बजार व्यापार संघका पूर्व अध्यक्ष तथा त्यहाँका बिक्रेता गौतमलाल श्रेष्ठ आफूहरू अनुगमनको विरोधमा नरहेको दाबी गर्छन्। 'अनुगमन हुनुपर्छ तर हात्ती छाड्यो, मुसा समात्यो भन्ने चालामा हुनुहुँदैन,' उनले नागरिकसँग भने, 'भन्सारमा पैसा खाएर कम मूल्यमा छाड्ने, अनि अहिले आएर हामीलाई समात्न मिल्छ?' भन्सारमा कम मूल्यांकन गरेर सामान छाडिएकाले नै खरिद र बिक्री मूल्यमा अन्तर देखिएको उनको तर्क छ। यही तरिकाले अनुगमन गर्ने हो भने सोमबार पनि बजार बन्द गर्ने उनले बताए। 
आन्तरिक राजस्व विभाग महानिर्देशक चूडामणि शर्मा भने भन्सारमा न्यून मूल्यांकनको आरोप अस्वीकार गर्छन्। उनले सामानको वास्तविक मूल्य जति हो, त्यसैमा भन्सार निर्धारण गरिने बताए।
'अहिले स्वयंकर घोषणा पद्धति लागू भएकाले व्यापारीले पेस गरेको कारोबार मूल्यका आधारमा भन्सार लिइन्छ,' उनले भने, 'व्यापारीले आफ्नो कमजोरीबाट पन्छिन अरूलाई दोष दिन मिल्दैन।'
भ्याटको नियमअनुसार आयातकर्ताले आफैं कारोबार मूल्य पेस गरी त्यसैअनुसार राजस्व बुझाउँछन्। त्यसमा जति बढी नाफा लिएर बिक्री मूल्य राख्यो, उति बढी भ्याट र अन्य कर तिर्नुपर्छ। बिक्री मूल्यमात्र बढी देखाएर त्यो बराबर कर नतिर्ने भ्याटको नियमअनुसार स्वतः कारबाहीमा पर्नुपर्छ।
'खरिदभन्दा बिक्री मूल्य धेरै हुनु स्वाभाविक हो, तर त्यसअनुसार कर तिरेको छ कि छैन हेर्नुपर्छ,' उनले भने, 'अस्वाभाविक रूपमा धेरै मूल्य निर्धारण गरिएको छ भने त्यसलाई सम्बन्धित निकायले अनुगमन गर्नुपर्छ।' व्यापारिक मर्यादा कायम राखेर यथार्थ लेखा राख्नुपर्ने उनले बताए।
महानिर्देशक बिडारी पनि व्यापारीको तर्कसँग सहमत छैनन्। बढी किनमेल हुने बेला नै बढी उपभोक्ता लुटिने हुँदा अनुगमनमा सक्रिय हुनुपरेको उनको भनाइ छ। 'अहिलेजति कारोबार अरू बेला हुन्न, यस्तोमा कम समयमै ठूलो परिमाणको राजस्व नोक्सान हुनसक्छ,' उनले भने, 'खरिद र बिक्री बिलमा धेरै फरक रहेकाले व्यापारीले उपभोक्ता मात्र होइन, सरकारलाई पनि सरासर ढाँटेका छन्।' अनुगमन गरिएका बिक्रेताको कसुर हेरेर कारबाही गरिने उनले बताए।
विगतमा आन्तरिक राजस्व विभागको अनुगमन क्रममा पनि बिक्रेताले यसैगरी असहयोग गर्दै आएका छन्। सुनको गुणस्तरलाई लिएर अनुगमन गर्दा पनि सुन बिक्रेता एकजुट भएर विरोध जनाएका थिए।
'आइतबारको घटना पुरानै प्रवृत्तिको पुनरावृत्ति हो,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'यो सरकार कमजोर हुँदाको परिणाम हो, सरकारी कार्यमा अवरोध गर्दा पनि कारबाही साटो भित्रभित्रै मिलापत्र गरिने हुँदा व्यापारीहरू प्रोत्साहित हुन्छन्।'
भन्सार मूल्यको २० प्रशितभन्दा बढीमा बिक्री गर्नेलाई कालोबजारीका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले अनुगमन क्रममा उच्च मूल्य लिइरहेका बिक्रेतालाई कालोबजारी, सार्वजनिक अपराध, राजस्व ठगीमा कारबाही गर्नुपर्ने बताए।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस