काठमाडौं- मलेसिया भिसा र प्रोसेसिङ शुल्कको नाममा नेपाली कामदारबाट ३९ सय रुपैयाँ लिइरहेको मलेसिया भिएलएन नेपाल प्रालिको उद्देश्य थप गरिएको विषयमा संसदीय समितिले कम्पनी रजिस्ट्रार कार्यालयसँग स्पष्टीकरण लिने भएको छ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सुरुमा सफ्टवेयर उत्पादन गर्ने स्वीकृति लिएको भिएलएनलाई पछि परामर्श र सेवाको उद्देश्य थप गरिदिनुको कारण सोध्न लागेको हो।
काठमाडौंस्थित मलेसियन दूतावासले गत नोभेम्बर १ देखि ७ सय रहेको भिसा शुल्क ३९ सय रुपैयाँ पुर्याौएको थियो। नेपालमा मलेसियन भिसा प्रोसेसिङको काम मलेसिया भिएलएन नेपालले गर्छ। प्रोसेसिङ शुल्क भन्दै ३९ सय रुपैयाँ उठाउने भिएलएनको वैधता जाँच्न समितिले सम्बद्ध निकायबाट कागजपत्र मगाउने क्रममा कम्पनी रजिस्ट्रारको कार्यालयलाई स्पष्टीकरण सोध्न लागेको हो। उसले सम्बन्धित मन्त्रालयसँग राय र सुझाव नमागी सेवा र परामर्शको उद्देश्य थप गरी स्वीकृति दिएको बारे स्पष्टीकरण लिन लागेको हो।
बुधबार बसेको समिति बैठकमा भिएलएनको काुननी प्रक्रिया र वैधताबारे छलफल भएको थियो। छलफलमा श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, घरेलु तथा साना उद्योग, कम्पनी रजिस्ट्रार कार्यालयबाट पनि सहभागी थिए।
मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको भन्दै समितिले भदौ २९ गते भिएलएनमाथि सात दिनभित्र अनुसन्धान गर्ने निर्णय गरेको थियो।
समिति सभापति प्रभु साहले सम्बन्धित मन्त्रालयको सल्लाहबिनै साना तथा घरेलु उद्योग कार्यालय र कम्पनी रजिस्ट्रारको कार्यालयले भिएलएनलाई सञ्चालन अनुमति दिएको विषयमा छानबिन हुने बताए। त्यसमा कम्पनी रजिस्ट्रारको कार्यालयसँग स्पष्टीकरण लिने उनले बताए। 'फरकफरक समयमा फरकफरक उद्देश्य राखेर काम थालिएको पाइयो, यो विषयमा छानबिन हुन्छ,' उनले भने।
बैठकमा भिएलएनका सञ्चालक राम श्रेष्ठलगायतसँग पनि सोधपुछ गरिएको थियो। भिसाको ७ सय र प्रोसेसिङको ३२ सय रुपैयाँ शुल्क के आधारमा निर्धारण गरिएको त भन्ने प्रश्नमा श्रेष्ठले यो मलेसिया सरकारकै निर्णय भएको बताए।
समिति सभापति साहले भिसा शुल्क ७ सय तर प्रोसेसिङ शुल्क ३२ सय लिइएको विषयमा मलेसियासँग पनि कूटनीतिक रुपमा जानकारी मागिने बताए।
छानबिन क्रममा समितिले कम्पनी रजिस्ट्रारको कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, मलेसियास्थित नेपाली राजदूतावास र भिएलएन कम्पनीबाट कागजपत्र मगाएको जनाएको छ। 'हामीले कारबाहीको आधार तयार गर्न छानबिन सुरु गरेका छौं, नियमविपरीत भए कारबाही हुन्छ,' साहले भने।
मलेसिया भिएलएन नेपाल प्रालिले गैरकानुनी काम गरेको भन्दै यसलाई कारबाही गर्न खोज्दा परराष्ट्र मन्त्रालयले अवरोध खडा गरेको श्रम तथा रोजगार मन्त्रालयले बताएको छ। परराष्ट्रले जेठमा अर्थ र श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्दै भिसा प्रोसेसिङ शुल्क बृद्धि र अन्य व्यवस्था मलेसिया सरकारको आन्तरिक मामिला र अधिकार भएकोले नेपाल सरकार लगायत अन्य कुनै पनि देशको पूर्व सहमति आवश्यक नपर्ने जनाएको थियो।