सवा लाख पासपोर्टमा इन्टरपोल निगरानी
०९ असोज २०७१
•
११ मिनेट पाठ
सवा लाख पासपोर्टमा इन्टरपोल निगरानी
काठमाडौं- नेपालले सवा लाख पासपोर्ट (राहदानी) को विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई बुझाएको छ। हराएका वा चोरी भएका यस्ता पासपोर्ट आतंकवादीलगायतले दुरुपयोग गरिरहेको आशंकामा अनुसन्धान गर्न इन्टरपोलकै आग्रहमा उक्त विवरण पठाइएको हो।

उक्त सूचीमा रहेका कुनै पनि राहदानीमा कसैले यात्रा गरे १ सय ९० इन्टरपोल सदस्यराष्ट्रका जुनसुकै विमानस्थलमा अध्यागमन कर्मचारीले पक्राउ गरी कारबाही अघि बढाउनेछन्।

पछिल्लो साढे तीन वर्ष अवधिमा हराएका तथा चोरी भएका करिब १ लाख १७ हजार नेपाली राहदानीको विवरण विश्व प्रहरी सञ्जाल इन्टरपोललाई उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।
'हामीले हराएका र चोरी भएका लाखभन्दा बढी नेपाली राहदानीको विवरण इन्टरपोललाई उपलब्ध गराएका छौं। यस्ता राहदानी दुरुपयोग नहोस् भनेर विवरण उपलब्ध गराएका हौं,' परराष्ट्र मन्त्रालय राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले नागरिकसँग भने, 'यी राहदानी कसैले प्रयोग गरेको अवस्थामा भेटे इन्टरपोलका सदस्यराष्ट्रका अध्यागमनले तुरुन्तै पक्राउ गरेर अनुसन्धान कारबाही गर्नेछन्।'

परराष्ट्रमन्त्री स्तरीय निर्णयपछि विभागले चोरी तथा हराएका राहदानीको विवरण नेपालस्थित इन्टरपोल शाखा (नेपाल प्रहरी) लाई बुझाएको हो। अहिले इन्टरपोलको 'केन्द्रीय डाटाबेस प्रणाली' मा यो विवरण राख्ने प्रक्रिया सुरु भइसकेको प्रहरीस्रोतले जनायो। 
'इन्टरपोलको डाटा सबै सदस्यराष्ट्रका अध्यागमनले प्रयोग गरेका हुन्छन्। त्यस्ता राहदानी ती देशका अध्यागमनमा पुग्नेबित्तिकै कम्प्युटरले चोरी तथा हराएको भनी देखाउँछ। त्यसपछि राहदानीबाहकलाई पक्राउ गरी थप छानबिन प्रक्रिया अघि बढाउने हो,' महानिर्देशक थापाले भने।
चोरी तथा हराएका राहदानी अन्तरदेशीय अपराधमा प्रयोग हुने गरेको प्रमाण धेरैपटक भेटिएपछि यसलाई रोक्न इन्टरपोलले यस्ता राहदानीको विवरण सदस्यराष्ट्रसँग मागेको र त्यहीअनुसार अन्तरदेशीय अपराधको जोखिम न्यून गर्न नेपालले पनि उक्त तथ्यांक इन्टरपोललाई उपलब्ध गराएको हो। 
राहदानी विभागको तथ्यांकअनुसार २०६७ फागुन १२ गते (२०११ फेब्रुअरी २४) यता हालसम्म हराएका तथा चोरी भएका राहदानीको संख्या १ लाख १६ हजार ८ सय ६४ छ। तीमध्ये हस्तलिखित राहदानीको संख्या १ लाख ९ हजार ७ सय २९ र मेसिनले पढ्नसक्ने राहदानी (एमआरपी) को संख्या ७ हजार १ सय ३५ छ।
विभागको तथ्यांकअनुसार बितेका साढे तीन वर्ष अवधिमा दैनिक औसत ९२ वटा राहदानी हराएको तथा चोरी भएको देखिन्छ।
'इन्टरपोललाई उपलब्ध गराइएको राहदानी विवरण हामीलाई प्राप्त भएको मात्र हो। विदेशमा जस्तो राहदानी चोरिए तथा हराउनेबित्तिकै त्यसको जानकारी सम्बन्धित निकायलाई गराउने अभ्यास हाम्रोमा छैन। त्यसैले हराएका र चोरी भएर पनि हामीलाई जानकारी नगराइएको राहदानीको संख्या यति नै हुन सक्छ,' महानिर्देशक थापाले भने। 

राहदानी हराउने समस्या बढ्न थालेपछि दुरुपयोग नहोस् भनेर विभागले विदेशस्थित ३२ वटै नेपाली नियोग र ७५ जिल्लाबाट हराएका राहदानीको विवरण मागेको छ। केहीले पठाइसकेका छन् भने केहीले चरणबद्ध रुपमा पठाइरहेका छन्।
'जिल्ला र नियोगबाट हराएका तथा चोरी भएका राहदानी विवरण आउने क्रम जारी छ। जति आउँछन्, क्रमैसँग इन्टरपोललाई उपलब्ध गराउँछौं,' उनले भने।
यति छोटो अवधिमा यति धेरै राहदानी हराउनुलाई 'अस्वाभावीक' बताउँछन् महानिर्देशक थापा। किन यति ठूलो संख्यामा राहदानी हराइरहेका छन् त? त्यसको कारण पत्ता लगाउन गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ। 
'राहदानी निकै संवेदनशील कागजात हो, त्यसै हराउँदैन। हामीकहाँ रेकर्ड सिस्टम नहुँदा पुराना हस्तलिखित राहदानीको तथ्यांक यही हो भन्न सक्ने अवस्था छैन। एमआरपी पनि ठूलो संख्यामा हराएको देखिएको छ। जिल्लातिर वितरण गर्दागर्दै राहदानी हराएका सूचना आउने गरेको छ। यसमा गम्भीर अनुसन्धान आवश्यक छ,' उनले भने। 
विभागका अनुसार सन् २०११ मा १३ हजार ७ सय ९, २०१२ मा १९ हजार ४ सय ३४, २०१३ मा ३५ हजार ८ सय १७ र २०१४ जनावरीयता ४७ हजार ९ सय ४ वटा राहदानी हराएका छन्। सन् २०१२ को तुलनामा २०१३ मा झन्डै दुगुना बढी राहदानी हराएका छन्। अझ सन् २०१३ मा हराएका र चोरी भएका राहदानीको तुलनामा त सन् २०१४ को पहिलो ६ महिनामै १२ हजारभन्दा बढी हराएको रेकर्ड छ। 
इन्टरपोललाई विवरण उपलब्ध गराइसकेपछि हराएको राहदानी स्वयं व्यक्तिले प्रयोग गर्न पाउनेछैनन्। 'नयाँ राहदानी लिइसकेपछि हराएको राहदानी फेला पर्यो् भने पनि प्रयोग गर्नु हुँदैन। नयाँ हुँदाहुँदै फेला परेको राहदानी बोके पनि इन्टरपोलले समात्छ। एकसाथ दुई राहदानी प्रयोग गर्न पाइँदैन,' महानिर्देशक थापाले भने।
साढे तीन वर्ष अवधिको रेकर्डमा सबैभन्दा बढी काठमाडौंबाट जारी १८ हजार २ सय ७३ वटा राहदानी हराएका छन्। काठमाडौंपछि राहदानी बढी हराउने जिल्लाको पहिलो १० को सूचीमा सिरहा (४,१२९), महोत्तरी (२,९३७), मोरङ (२,४९७), झापा (२,२९०), दाङ (२,२५९), रुपन्देही (२,०६४), सप्तरी (१,९५७), नवलपरासी (१,८०१) र गोर्खा (१,७६६) छन्। 
सबैभन्दा कम राहदानी हराउने जिल्ला मुगु हो। साढे तीन वर्ष अवधिमा मुगुबाट जारी भएका जम्मा दुइटा मात्र राहदानी हराए तथा चोरी भएको रिपोर्ट परेको छ। कर्णाली अञ्चलका पाँच जिल्ला सबैभन्दा कम राहदानी हराउने सूचीमा छन्। मुगुपछि कम राहदानी हराउने जिल्लाको पहिलो १० को सूचीमा डोल्पा (५), जुम्ला (६), हुम्ला (९), बझाङ (१३), बाजुरा (२४), कालिकोट (२९), अछाम (३५), डोटी (३९) र मनाङ (४६) छन्। 
कर्णालीका पाँचै जिल्लामा सबैभन्दा थोरै जनसंख्या रहेको जिल्ला मनाङमा भन्दा पनि कम राहदानी हराएका छन्। कर्णालीका पाँच जिल्लामा साढे तीन वर्षमा जम्मा ५१ वटा राहदानी हराएका छन् भने मनाङमा ४६। सुदुर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका जिल्लामा सबैभन्दा कम राहदानी हराएका छन्।
हराएका तथा चोरी भएका राहदानी आतंकवादी तथा विभिन्न गिरोहले प्रयोग गरेको भेटिएपछि यस्ता राहदानीलाई इन्टरपोलमा राख्ने अन्तर्राष्ट्रिय अभ्यास सुरु भएको हो। सन् २०११ को सेप्टेम्बरमा अलकायदाले अमेरिकामा आक्रमण गरेपछि यस्ता राहदानीको विवरण इन्टरपोलमा राख्न सुरु गरिएको थियो। 
स्न २००२ मा यसका लागि छुट्टै 'डाटाबेस' तयार पारी तथ्यांक राख्ने कार्य सुरु गरिएको हो। सदस्यराष्ट्रलाई उक्त डाटाबेसमा पहुँच र सेवा दिने गरी यसको सुरुआत गरिएको थियो जुन अहिले पनि निरन्तर छ। यो प्रणालीमा जोडिने क्यानडा पहिलो राष्ट्र हो।
इन्टरपोलको तथ्यांकअनुसार स्थापना वर्ष सन् २००२ मा १० राष्ट्रले जम्मा ३ हजार ९ सय चोरी तथा हराएका राहदानीको विवरण उपलब्ध गराएका थिए। त्यस वर्ष जम्मा १ सय ४५ पटक सदस्यराष्ट्रले यी तथ्यांक खोजी गरेका थिए। सन् २०१४ सम्म आइपुग्दा यसको सदस्यराष्ट्र १ सय ६७ पुगेका छन् भने हराएका तथा चोरी भएका ४ करोडभन्दा बढी राहदानीको विवरण इन्टरपोललाई प्राप्त भएको छ। तीमध्ये १ लाखभन्दा बढी संख्या नेपाली राहदानीको छ। सदस्यराष्ट्रले सन् २०१३ मा मात्र ८० करोडभन्दा बढीपटक इन्टरपोलमा राखिएका चोरी तथा हराएका राहदानीको तथ्यांक खोजी गरेका थिए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस