'मेडिकल अनफिट' धमाधम मलेसिया
११ असोज २०७१
•
११ मिनेट पाठ
'मेडिकल अनफिट' धमाधम मलेसिया
काठमाडौं- बागलुङ पाखाथरका राजीव सापकोटा नेपालमा स्वास्थ्य परीक्षण गराएर गत भदौ ५ मा मलेसिया उडे। उता पुगेपछि फोमेमा (मलेसियामा स्वास्थ्य परीक्षण गर्ने संस्था) ले परीक्षण गर्दा उनको छातीमा दाग भेटियो। पुगेको महिनादिन नहुँदै 'मेडिकल अनफिट' भन्दै उनलाई नेपाल फर्काइयो।

सापकोटा मात्र होइन, यहाँबाट मेडिकल पास भएर जाने र मलेसियाबाट अनफिट भई फर्केने कामदारको संख्या बढ्दो छ। 
म्यानपावर कम्पनी, एजेन्ट र मेडिकलको मिलेमतोमा नेपालमा मेडिकल फेल भएका कामदारलाई जानाजान पास भनी मलेसिया पठाइँदा यस्तो समस्या देखिएको हो। कमिसन लोभमा कामदारको नक्कली मेडिकल रिपोर्ट बनाएर मेडिकलले म्यानपावर कम्पनीलाई दिने र म्यानपावरले त्यसैका आधारमा भिसा मगाएर मलेसिया पठाउने गरिरहेका छन्। 
नेपालमा मेडिकल गरे पनि मलेसिया पुगेपछि एक महिनाभित्र अनिवार्य पुनः स्वास्थ्य परीक्षण गर्नुपर्छ। मलेसियामा फोमेमाले गर्ने मेडिकलमा मासिक ६ सयभन्दा बढी नेपाली कामदार अनफिट हुने गरेका छन्। तिनलाई सिधै नेपाल फर्काइन्छ।
बसुन्धारास्थित गोर्खाज एसोसिएट्स म्यानपावरबाट मलेसिया गएका सापकोटाले सनराइज मेडिकलमा स्वास्थ्य परीक्षण गरेका थिए। उनको हातमा सुधा हेल्थ केयर मेडिकलको रिपोर्ट आयो, त्यही रिपोर्ट लिएर गएका उनी छातीमा दाग देखिएपछि फर्कन बाध्य भए। लागत ८० हजार रुपैयाँ भए पनि गोर्खाजलाई १ लाख ३५ हजार तिरेका उनी नेपाल फर्केपछि सुधा हेल्थ केयर पुगेर सोधे। सुधाले 'यो हाम्रो रिपोर्ट होइन, श्रम स्वीकृतिका लागि नक्कली बनाएर दिएको' भन्दै फिर्ता पठाए। म्यानपावर पुग्दा क्षतिपूर्ति पाउने आश्वासन दियो तर रकम दिएन।
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले कतिपय एजेन्ट र म्यानपावर कम्पनीले नेपालमा मेडिकल फेल भएकालाई पनि जानाजान पठाउने गरेको बताए। कामदारलाई जानकारी नदिई फेल भएको रिपोर्टलाई पनि पास भएको बनाउँदै मलेसिया पठाउने गरेका कारण कामदारले सास्ती खेपेको उनको भनाइ छ। यसमा मेडिकल, एजेन्ट र म्यानपावर कम्पनी तीनवटैको संलग्नता भएको उनले स्वीकार गरे। 
'कमिसनका कारण एजेन्टले पहिले नै पासपोर्ट संकलन गर्ने र कामदार गाउँमै भए पनि काठमाडौंको मेडिकलमा गलत मेडिकल रिपोर्ट बनाउने गरेको पाइन्छ,' तामाङले शनिबार नागरिकसँग भने, 'त्यही गलत रिपोर्टका आधारमा भिसा मगाएर श्रम स्वीकृित लिने हुनाले मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षणमा समस्या भोगिरहेका छन्।'
सुधा हेल्थ केयर प्रालिका सञ्चालक मदन खनालले पनि मेडिकलमा नक्कली रिपोर्ट बन्ने गरेको स्विकारे। 'यो प्रक्रिया अहिलेबाट होइन, विगतदेखि नै चल्दै आएको छ। हामीले मात्र होइन, तपार्इं जुन मेडिकलमा गए पनि यो अवस्था पाउनुहुन्छ,' उनले भने, 'मलेसियाबाट फर्केर आएका कामदारले क्षतिपूर्ति पाउँछन्, त्यसैले यो प्रक्रिया चलिरहेको छ।' 
स्वास्थ्य परीक्षण गर्दा कामदारबाट मेडिकल सेन्टरले २ हजार ६ सय २५ रुपैयाँ लिने गर्छन्। त्यही रकमबाट मेडिकलले म्यानपावर कम्पनी वा एजेन्टलाई १ हजार रुपैयाँसम्म कमिसन दिने गर्छ। म्यानपावर र एजेन्टले कमिसन बढी लिन थालेपछि मेडिकलले स्वास्थ्य व्यवसायी महासंघमा होलोग्राम (स्टिकर) वापत ५ सय तिर्ने र महिनाको अन्तिममा ३ सय फिर्ता लिने गरेका छन्। बाँकी २ सय भने क्षतिपूर्ति कोषमा जम्मा हुने गर्छ। त्यही कोषमार्फत मलेसियाबाट मेडिकल फेल भएर फर्केका कामदारलाई क्षतिपूर्तिवापत ४० हजार दिने गरिन्छ। मेडिकलका लागि कामदार दिने र फर्केपछि मेडिकल र म्यानपावरले पनि थप रकम दिने सम्झौता दुवैबीच हुन्छ। कामदार फर्केपछि दुवैले थप ४० देखि ६० हजार थपेर ८० हजारदेखि १ लाखसम्म क्षतिपूर्ति दिने गर्छन्। 
'एजेन्टले गाउँबाट पासपोर्ट संकलन गरेर ल्याई म्यानपावरलाई उपलब्ध गराउने र गाउँमा नै युवा भए पनि काठमाडौंमा नक्कली मेडिकल रिपोर्ट बनाएर म्यानपावरले त्यसैका आधारमा भिसा प्रक्रिया सुरु गर्छन्,' म्यानपावर व्यवसायीसमेत रहेका तामाङले भने, 'विदेशमा कामदार ठिक छ भन्ने पार्न पहिला नै नक्कली मेडिकल हुन्छ। पछि भिसा आएर वास्तविक मेडिकल गराउँदा फेल भए पनि म्यानपावरले लगानी गरेको हुँदा जानाजान पठाउने गर्छन्। फर्केर आएपछि मिलेर क्षतिपूर्ति दिने भन्ने सम्झौता हुन्छ, त्यसैले ढुक्कले पठाउँछन्।' 
मलेसिया जानुअघि मेडिकल एजेन्ट र म्यानपावर मिलेर कामदारलाई उता स्वास्थ्य परीक्षण फेल भएर आएपछि मेडिकल र म्यानपावरलाई दोष नदिने सम्झौता गराएर हस्ताक्षर गराउँछन्। 'मेडिकल फेल भएर आएपछि कसैलाई पनि दोष दिन्नँ भनेर पहिला नै कागजपत्र बनाएर मलेसिया पठाउँछन्, उता फेल भएर आयो यता खर्च भएको भन्दा पनि थोरै क्षतिपूर्ति दिन निवेदन माग्छन्, यो त झुक्काएर ठगी गरिएको हो, मलेसियाबाट फर्केका सापकोटाले भने।
नेपाल स्वास्थ्य व्यवसायी महासंघका उपाध्यक्ष विजया कोइरालाले केही मेडिकल र म्यानपावर कम्पनी मिलेर नक्कली रिपोर्ट बनाउने गरेको गुनासो आएको बताइन्। 'यसबारे गुनासा आएका छन्, हामीले ती मेडिकलहरुलाई पनि सच्चाउन पहल गर्ने छौं,' उनले भनिन्, 'मलेसियाबाट बिरामी नभएका कामदारलाई पनि फिर्ता पठाउने काम भएकाले उतै पुगेर यसबारे छलफल गर्ने योजना पनि छ।' 
महासंघका अध्यक्ष कैलाश खड्काले भने बायोमेटि्रक प्रणाली नभएका कारण मेडिकलमा यसखाले भद्रगोल भएको बताए। 'सबै मेडिकलले राम्रोसँग काम गरेका छन् भन्ने होइन, त्यसलाई सिस्टममा लान बायोमेटि्रक प्रणाली आवश्यक छ,' उनले भने। तर, खड्काले भनेजस्तो बायोमेटि्रक प्रणालीका विषयमा महासंघकै कार्यसमितिभित्र विवाद छ। 'महासंघमा मेडिकलबारे उजुरी र गुनासो आएका छन्, हामी आफैं पनि अनुगमन गरेर सुधारको प्रयास गर्छौं,' उनले भने।
मेडिकल, एजेन्ट र म्यानपावर व्यवसायीले खुल्लमखुल्ला स्वीकार्दै कामदारलाई ठगी गरे पनि सरकार भने अझै मौन छ। म्यानपावरले एउटा कामदारको मागबाट दोब्बर फाइदा लिने गरेको महासंघकै अर्का एक सदस्यले बताए। '८० हजार रुपैयाँमात्र लागत भए पनि डेढ लाखसम्म लिने र त्यो कामदार मेडिकल अनफिट भएर फर्केपछि त्यसको सट्टा अर्को पठाएर पैसा लिने गर्छन्,' आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने, 'त्यसैले मेडिकल फेल भएर फर्के पनि झन् फाइदा हुन्छ म्यानपावरलाई। म्यानपावरले कामदारलाई एक लाखसम्म क्षतिपूर्ति दिनेसम्मको सम्झौता मेडिकलसँग गर्छन्। मेडिकलले पनि आफूलाई आर्थिक भार नपर्ने भएपछि जानाजान फेल भएका कामदार पठाउने गरेका छन।' 
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मेडिकल र म्यानपावर मिलेर कामदारको स्वास्थ्य परीक्षण गर्दा हुने लापरबाहीबारे मेडिकललाई सचेत गराइएको बताए। 'अहिलेसम्म प्रमाणसहित कसैले उजुरी नगरेका कारण कारबाही हुन सकेको छैन। यसबारे श्रम र स्वास्थ्य मन्त्रालयसहितको विशेषज्ञ समिति छ, त्यसलाई अनुगमन गर्न निर्देशन दिन्छौं र नियमविपरीत भए कारबाही गर्छौं।'
अर्को समाचार
'अनफिट' कामदार फर्कंदै
३१ असोज २०७१
•
१४ मिनेट पाठ
'अनफिट' कामदार फर्कंदै
एजेन्टहरूले विदेश जाने युवा खोजेर उनीहरूको पासपोर्ट संकलन गरी गाउँमा नै भएका युवाको काठमाडौँमा नक्कली मेडिकल रिपोर्ट बनाउने गरेका छन्। पहिला नक्कली मेडिकल रिपोर्ट बनाउने र भिसा आएपछि पुनः मेडिकल जाँच गराउँदै मलेसिया पठाएका कामदार अहिले धमाधम मेडिकल्ली अनफिट हुँदै नेपाल फर्किरहेका छन्।
नेपालबाट मेडिकल पास भएर जाने र मलेसियाबाट 'अनफिट' भएर फर्केने कामदारको संख्या बढ्दै छ। म्यानपावर कम्पनी, एजेन्ट र मेडिकलको मिलेमतोमा नेपालमा नै मेडिकल फेल भएका कामदारलाई जानाजान मलेसिया पठाउने गरेका छन्। कमिसनको लोभमा कामदारको नक्कली मेडिकल रिपोर्ट बनाएर मेडिकलले म्यानपावर कम्पनीलाई दिने र म्यानपावरले त्यसैको आधारमा भिसा मगाएर मलेसिया पठाउने गर्दै आएका छन्। नेपालमा मेडिकल गरे पनि मलेसिया पुगेपछि १ महिनाभित्र अनिवार्य पुनः स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। मलेसियामा फोमेमाले गर्ने मेडिकलमा मासिक ६ सयभन्दा बढी नेपाली कामदार अनफिट हुने गरेका छन्। जसलाई सीधै नेपाल फर्काइन्छ।

बाग्लुङ पाखाथरका राजीव सापकोटा नेपालमा स्वास्थ्य परीक्षण गराएर भदौ ५ गते मलेसिया उडे। तर, उता पुगेपछि फोमेमाले जाँचेको मेडिकलमा छातीमा दाग देखियो। एक महिना नहुँदै मेडिकल 'अनफिट' भएर उनलाई नेपाल फर्काइयो।

वसुन्धाराको गोर्खाज एसोसियट्स म्यानपावरबाट मलेसिया गएका सापकोटाले सनराइज मेडिकलमा स्वास्थ्य परीक्षण गरेका थिए। तर, उनको हातमा सुधा हेल्थ केयर मेडिकलको रिपोर्ट आयो त्यही रिपोर्ट लिएर मलेसिया गएका उनी छातीमा दाग देखिएपछि नेपाल फर्कन बाध्य भए। ८० हजार लागत भए पनि गोर्खाजलाई १ लाख ३५ हजार तिरेर सापकोटा मलेसिया पुगेका थिए। नेपाल फर्केपछि सुधा हेल्थ केयरमा जाँदा 'यो हाम्रो रिपोर्ट होइन, श्रमका लागि हामीले नक्कली बनाएर दिएको' भन्दै उनलाई फिर्ता पठाइयो। म्यानपावर पुग्दा म्यानपावरले क्षतिपूर्ति पाउने भन्दै आश्वासन दिने तर फर्केको महिना दिन भइसक्दा पनि क्षतिपूर्ति दिएको छैन।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङ कतिपय एजेन्ट र म्यानपावर कम्पनीले नेपालमा नै मेडिकल फेल भएका कामदारलाई जानाजान पठाउने गरेको बताउँछन्। 'कामदारलाई जानकारी नदिई फेल भएको रिपोर्टलाई पनि पास भएको बनाउँदै मलेसिया पठाउने गरेकाले कामदारले सास्ती खेप्नुपरेको छ,' उनले भने, 'यसमा मेडिकल, एजेन्ट र म्यानपावर कम्पनी तीनवटैको संलग्न छन्। गलत रिपोर्टका आधारमा भिसा मगाएर श्रम स्वीकृति गर्ने हुनाले मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षणमा समस्या भोगिरहेका छन्।'

सुधा हेल्थ केयर प्रालिका सञ्चालक मदन खनाल मेडिकलमा नक्कली रिपोर्ट बन्ने स्वीकार गर्छन्। 'यो प्रक्रिया अहिलेबाट होइन विगतदेखि नै भएको छ। हामीले मात्र होइन तपाई जुन मेडिकलमा गए पनि यो अवस्था पाउनुहुन्छ,' उनले भने, 'मलेसियामा फर्केर आएका कामदारले क्षतिपूर्ति पाउँछन्। त्यसैले यो प्रक्रिया चलेको छ।'

स्वास्थ्य परीक्षण गर्दा कामदारबाट मेडिकल सेन्टरले २६ सय २५ रुपैयाँ शुल्क लिने गर्दछन्। त्यही रकमबाट मेडिकलले म्यानपावर कम्पनी वा एजेन्टलाई एक हजार रुपैयाँसम्म कमिसन दिने गर्छ। म्यानपावर र एजेन्टले कमिसन बढी लिन थालेपछि मेडिकल सेन्टरले स्वास्थ्य व्यवसायी महासंघमा होलोग्राम (स्टिकर) बापत ५ सय तिर्ने र ३ सय महिनाको अन्त्यमा फिर्ता लिने गरेका छन्। २ सय भने क्षतिपूर्ति कोषमा जम्मा हुने गर्छ। त्यही कोषबाट मलेसियाबाट मेडिकल फेल भएर फर्केका कामदारलाई ४० हजार क्षतिपूर्ति दिने गरिन्छ। मेडिकलका लागि कामदार दिने र पछि फर्केपछि मेडिकल र म्यानपावरले पनि थप रकम दिने सम्झौता मेडिकलको र म्यानपावरको हुन्छ। कामदार फर्केपछि मेडिकल र म्यानपावरले पनि थप ४० देखि ६० हजार थप गरेर कामदारलाई ८० हजारदेखि १ लाखसम्म क्षतिपूर्ति दिने गर्छन्।

'एजेन्टले गाउँबाट पासपोर्ट संकलन गरेर ल्याई म्यानपावरलाई उपलब्ध गराउने र गाउँमा युवा भए पनि काठमाडौँमा नक्कली मेडिकल रिपोर्ट बनाएर म्यानपावरले त्यसैको आधारमा भिसा प्रक्रिया गर्ने गरेको छ,' म्यानपावर व्यवसायीसमेत रहेका तामाङले भने, 'विदेशमा कामदार ठीक छ भन्न पार्न पहिला नै नक्कली मेडिकल बनाइसकेका हुन्छन्। पछि भिसा आएर वास्तविक मेडिकल गराउँदा फेल भए पनि म्यानपावरले लगानी गरेको हुँदा जानाजान पठाउने गर्छन्। फर्केर आए भने मिलेर क्षतिपूर्ति दिने सम्झौता हुन्छ। त्यसैले ढुक्क भई पठाउँछन्।'

मलेसिया जानुअघि मेडिकल एजेन्ट र म्यानपावर मिलेर कामदारलाई उता स्वास्थ्य परीक्षण फेल भएर आएपछि मेडिकल र म्यानपावरलाई दोष नदिने सम्झौता गराएर हस्ताक्षर गराउँछन्। 'मेडिकल फेल भएर आएपछि कसैलाई पनि दोष दिन्न भनेर पहिला नै कागजपत्र बनाएर मलेसिया पठाउँछन्,' मलेसियाबाट फर्केका सापकोटाले भने, 'उता फेल भएर आयो, यता खर्च भएको भन्दा पनि थोरै क्षतिपूर्ति दिन निवेदन माग्ने। यो त झुक्काएर ठगी गरेको हो।'

नेपाल स्वास्थ्य व्यवसायी महासंघका उपाध्यक्ष विजया कोइरालाले केही मेडिकल र म्यानपावर कम्पनी मिलेर नक्कली रिपोर्ट बनाउने गरेको गुनासो आएको बताइन्। 'यस विषयमा गुनासो आएको छ। हामीले ती मेडिकललाई सच्चाउन पहल गर्नेछौँ,' उनले भनिन्, 'तर, मलेसियाबाट बिरामी नभएका कामदारलाई पनि फिर्ता पठाउने काम भएकाले मलेसियामा नै पुगेर यस विषयमा छलफल गर्ने योजना पनि छ।'

महासंघका अध्यक्ष कैलाश खड्काले भने मेडिकलमा यस्तो भद्रगोल हुनुको पछाडि बायोमेटि्रक प्रणाली नभएर भएको बताए। 'सबै मेडिकलले राम्रोसँग काम गरेका छन् भन्ने होइन। त्यसलाई सिस्टममा लान बायोमेटि्रक प्रणाली आवश्यक छ,' उनले भने। तर, खड्काले भनेजस्तो बायोमेटि्रक प्रणालीका विषयमा महासंघकै कार्यसमितिभित्र विवाद छ। 'महासंघमा मेडिकलका विषयमा उजुरी र गुनासो आएका छन्,' खड्काले भने, 'महासंघ आफैँले पनि अनुगमन गरेर सुधारका लागि प्रयास गर्नेछ।'

मेडिकल, एजेन्ट र म्यानपावर व्यवसायीले खुल्लमखुल्ला स्वीकार गरेर कामदारलाई ठगी गरे पनि सरकारले कारबाही भने गर्न सकेको छैन। म्यानपावरले एउटा कामदारको डिमान्डबाट दोब्बर फाइदा लिने गरेको महासंघकै एक सदस्य बताउँछन्। '८० हजार लागतको डेढ लाखसम्म लिने र त्यो कामदार मेडिकल अनफिट भएर फर्केपछि त्यसको सट्टामा अर्काे कामदार पठाएर पैसा लिने गर्छन्,' उनले जानकारी दिए, 'कामदार मेडिकल फेल भएर फर्के झन् फाइदा हुन्छ म्यानपावरलाई। त्यसैले त मेडिकल फेल भएर आएकालाई म्यानपावरको तर्फबाट एक लाखसम्मको क्षतिपूर्ति दिने सम्झौता मेडिकललाई गर्छन्।' मेडिकलले पनि आफूलाई आर्थिक भार नपर्ने भएपछि जानाजान फेल भएका कामदार पठाउने गरेका छन्, उनले भने।

 

सुधामाथि छानबिन

मलेसिया जाने कामदारलाई नक्कली मेडिकल बनाएर बेच्ने महाराजगञ्जको सुधा हेल्थ केयर मेडिकल छानबिनको दायरामा परेको छ।

म्यानपावर कम्पनीसँग मिलेर नेपालमा नै मेडिकल फेल भएका कामदारलाई पास भन्दै नक्कली प्रमाणपत्र बेच्दै आएको सुधा हेल्थ केयरलाई स्वास्थ्य र श्रम मन्त्रालयको विशेषज्ञ समितिले अनुगमन गरेपछि छानबिनको दायरामा परेको हो।

मलेसिया गएर मेडिकल अनफिट भएर फर्केका कामदारको उजुरीका आधारमा श्रम तथा रोजगार मन्त्रालयको निर्देशनमा विशेषज्ञ समितिले अनुगमन गरेको हो।

विशेषज्ञ समितिका संयोजक डा. विमल ढकालको नेतृत्वमा गएको टोलीले सुधा हेल्थ केयर मेडिकलमा अनुगमन गरेको थियो। अनुगमन गर्दा मापदण्डविपरीत र म्याद नाघेका औषधि र केमिकल प्रयोग भएको अनुगमन टोलीले जनाएको छ। विशेषज्ञ समितिका सदस्य तथा अनुगमन टोलीमा सहभागी कानुन मन्त्रालयका उपसचिव तीर्थ केसीले सञ्चार माध्यममा नक्कली प्रमाणपत्र बेच्ने र पीडितको पनि गुनासो आएपछि अनुगमन गरिएको बताए। 'छड्के अनुगमन गर्दा मेडिकल पनि मापदण्ड विपरीत सञ्चालन भएको पाइयो,' उनले भने, 'म्याद नाघेको औषधि र मेडिकल पनि प्रयोग भएको भन्ने छ, यसको विषयमा पनि छानबिन भइरहेको छ एक साताभित्र नै छानबिनको रिपोर्टमार्फत के गर्ने? भन्ने निर्णय हुन्छ।'

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मेडिकलहरूले नक्कली प्रमाणपत्र बेच्ने गरेको गुनासो र उजुरी आएपछि अनुगमन गर्ने मन्त्रालयले निर्देशन दिएपछि विभिन्न मेडिकल सेन्टरमा अनुगमन भएको बताए। 'एक साताभित्र अनुगमनको रिपोर्ट मागेको छु। रिपोर्टको आधारमा कारबाही हुन्छ,' उनले भने।

वसुन्धाराको गोर्खाज एसोसियट्स म्यानपावरले पनि मेडिकलसँगको मिलेमतोमा कामदारलाई नक्कली रिपोर्ट दिलाउने गरे पनि गोर्खाजलाई भने छानबिन र अनुगमन गरिएको छैन।

सुधा हेल्थ केयर प्रालिका सञ्चालक मदन खनालले आफू मेडिकलमा नभएको बेला अनुगमन भएको प्रतिक्रिया दिएका छन्, 'म मेडिकलमा थिइन। अनुगमन गर्नेलाई सोध्नुस्,' उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस