काठमाडौं- प्रतिबन्धित दुर्लभ वन्यजन्तु सालक कारोबार अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा १५ वर्षे कैदसजाय काटिरहेका चिनियाँ कैदीलाई प्रहरीले अस्पताल लैजाने बहानामा उनकै प्रेमिकालाई सुम्पेको अनुसन्धानमा खुलेको छ।
नक्खु कारागारका तीन प्रहरी र अस्पताल नाइकेले त्यहाँ रहेका चिनियाँ कैदी जु याङ वालाई असोज ६ गते मिलेमतोमा भगाएका थिए।
घटनाको अनुसन्धानका लागि गठित समितिले वालाई प्रहरी टोलीले दाँतको उपचार गराउन पाटन अस्पताल लैजाने भन्दै नजिकैको गेस्टहाउस पुर्यारएर चिनियाँ प्रेमिकालाई जिम्मा लगाएर 'भागेको' सूचना दिएको खुलासा गरेको हो।
प्रहरीले घटनामा संलग्न तीन प्रहरीलाई निलम्बन गरी अनुसन्धान बढाएको छ। चिनियाँ कैदीकी नेपाली प्रेमिकासमेत पक्राउ परिसकेको र भागेका कैदी यतै लुकेको आशंकामा खोजिरहेको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ।
सालक कारोबारमा संलग्न अभियोगमा जिल्ला वन कार्यालय, सिन्धुपाल्चोकले वालाई १५ वर्ष कैद र १ लाख जरिवाना तोक्दै २०७० माघ १५ गते नक्खु कारागार पठाएको थियो।
पाँच दिनअघि दाँत परीक्षण गर्ने निहुँमा पाटन अस्पताल लैजाने क्रममा उनी भागेको बताइएको थियो।
तर, घटना नियोजित र नाटकीय रहेछ।
थुनुवा भागेपछि महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता हेमन्त पालको संयोजकत्वमा गठित समितिले घटना अनुसन्धान गरेको थियो। समितिमा पालसँगै महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी ओम अधिकारी, महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी पवन गिरी र केन्द्रीय कारागारका प्रहरी निरीक्षक नगेन्द्र देउजा सदस्य छन्।
वालाई अस्पताल लैजाने प्रहरी हवल्दार बोध कुँवर र प्रहरी जवान शिव गिरी तथा किनमेलको बहानामा कारागारबाट बाहिरिएर अस्पताल परिसर पुगेका प्रहरी जवान रमेश चाँइलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो। घटनामा अस्पताल नाइके अनुपसागर लामाको समेत संलग्नता देखिएको अनुसन्धानले खुलाएको हो।
अनुसन्धानस्रोतका अनुसार दाँतका रोगी वालाई उपचार गराउन पाटन अस्पताल लैजाने नजिकैको लुम्बिनी गेस्टहाउस पुर्यााइएको थियो।
बिहान ८ बजेतिर प्रहरी हवल्दार कुँवर र जवान गिरीले कैदी वालाई ट्याक्सीमा अस्पताल पुर्यावएपछि किनमेलको बहानामा अर्का प्रहरी जवान चाइँ र अस्पताल नाइके लामा त्यहाँ पुगेका थिए। उनीहरुले नै वाकी प्रेमिकालाई खबर गरी गेस्टहाउस प्रबन्ध गरेको अनुसन्धानस्रोत जनाउँछ।
पूर्वयोजनाअनुसार नै कैदी वालाई अस्पतालभित्र नलगी गेस्टहाउस पुर्याँइएको थियो। उनलाई प्रेमिकाको जिम्मा लगाएर प्रहरी भने सोही गेस्टहाउसमा खानपिनमा मस्त भए लगत्तै वा फरार भए। त्यतिबेलै भागे पनि त्यसको एक घन्टापछि मात्रै उनीहरुले अस्पतालबाट भागेको सूचना कार्यालयलाई दिएका थिए।
दाँतका रोगी वालाई कारागारका चिकित्सकको अनुमतिबिनै अस्पताल लगिएको पनि अनुसन्धानमा खुलेको छ। कारागारका चिकित्सकको सिफारिससहित अनुमतिपछि मात्र कैदीलाई अस्पताल लैजान सकिने प्रावधान छ।
वालाई अस्पताल लैजान तत्कालीन ड्युटी इन्चार्ज सई उमाशंकर सिंहले प्रहरी हवल्दार कुँवर र प्रहरी जवान गिरीलाई आदेश दिएको पनि अनुसन्धानमा खुलेको छ। बाहिरका सवारीसाधनमा अस्पताल लैजाँदा भाग्ने क्रम बढेपछि कारागारकै गाडी प्रयोग गर्न निर्देशन दिइए पनि उनीहरुले ट्याक्सीमा लगेका थिए। ट्याक्सीबाट ओराल्दा वाको हतकडीसमेत खोलिएको थियो।
सुरुमा उनीहरुले चिनियाँ कैदी वा शौचालय जाने क्रममा भागेको सूचना दिएपछि प्रहरीले सोहीअनुसार खोजी सुरु गरेको थियो। प्रहरी जवान गिरी अस्पतालको प्रक्रिया पूरा गर्न टिकट काट्न काउन्टरतिर गएको र कुँवरले वालाई हतकडीबिनै आफूसँगै राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो। प्रहरीले वालाई शौचालय लगेको देखिए पनि अनुसन्धानले उनी अस्पताल परिसरबाट प्रहरीसहित बाहिरिएको खुलेको थियो। अस्पताल लैजाने तीन प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान गर्दा गेस्टहाउस र प्रेमिकाबारे तथ्य खुलेको थियो।
प्रेमिकामार्फत पैसा लिएर कैदी भगाइएको आशंकामा अनुसन्धान गरेको प्रहरीले संलग्न प्रहरीबाट केही रकमसमेत बरामद गरेको स्रोतले जनाएको छ।
संलग्न प्रहरीमाथि कारागार व्यवस्था ऐनअनुसार कारागार व्यवस्था विभागले समेत अनुसन्धान अगाडि बढाएको छ।
चिनिया थुनुवा पासपोर्टरहित भएकाले सहजै सीमा काटेर तिब्बत पुग्न नसक्ने भएकाले पक्राउ पर्नेमा प्रहरी विश्वस्त छ।
'वाको खोजीमा खटिएको टोलीले ल्याएको सूचनाले समेत उनी फेला पर्नेमा आशावादी छौं,' खोजीमा खटिएका एक सुरक्षा अधिकारीले भने।