युवावस्थामै कोलेस्टेरोल र प्रेसर
१२ असोज २०७१
•
११ मिनेट पाठ
युवावस्थामै कोलेस्टेरोल र प्रेसर
काठमाडौं- मुटुरोगको प्रमुख कारण मानिने रगतमा अत्यधिक चिल्लो (कोलेस्टेरोल) र उच्च रक्तचापको समस्या सहरका आधाभन्दा बढी वयस्क तथा युवामा पाइएको छ।नेपाल हृदयरोग सचेतना केन्द्रले १८ देखि ४० वर्ष उमेरका वयस्कमा गरेको प्रयोगशाला परीक्षणसहितको सर्वेक्षणमा ५८ प्रतिशतमा उच्च कोलेस्टेरोल र २८ प्रतिशतमा उच्च रक्तचाप देखिएको छ। सर्वेक्षणले ४४ प्रतिशतमा उच्च रक्तचापको जोखिम अवस्था (प्रिहाइपरटेन्सन) रहेको देखाएको छ। 
चिकित्सकका अनुसार युवा तथा वयस्कमा हुने हृदयघातको प्रमुख कारण उच्च कोलेस्टोरल र उच्च रक्तचाप हो। रक्तचापको मात्रा १२०/८० भएकालाई सामान्य, १२०—१३९/८०—८९ भएकालाई प्रिहाइपरटेन्सन र १४०/९० भएकालाई उच्च रक्तचाप भनिन्छ। सर्वेक्षणमा २८ प्रतिशतको मात्रै रक्तचाप सामान्य थियो।
सर्वेक्षणले ६० प्रतिशत वयस्कमा मोटोपन र ५ प्रतिशतमा मधुमेहको समस्या छ। २३ प्रतिशतले सुर्ती/चुरोट र ३३ प्रतिशतले मदिरा सेवन गर्छन्। यस्तै, ७४ प्रतिशतले खानामा प्रयाप्त फलफूल खाँदैनन् भने ८० प्रतिशतले दैनिक शारीरिक गतिविधि गर्दैनन्। चिकित्सकहरू स्वस्थ मानिसले दैनिक आधा घन्टा र कुनै समस्या भएकालाई कम्तीमा एक घन्टा शारीरिक व्यायाम गर्नुपर्ने बताउँछन्। 
चिकित्सकहरूका अनुसार मुटु तथा रक्तनलीसम्बन्धी रोगको प्रमुख जोखिमका रूपमा मधुमेह, धूमपान, उच्च रक्तचाप, मदिरा सेवन, रगतमा बोसोको मात्रा (उच्च कोलेस्टेरोल), मोटोपन, खानामा फलफूलको कमीलाई लिइन्छ। यस्ता जोखिम मिर्गौला फेल हुने, मतिष्कघात, प्यारालाइसिस र क्यान्सरका समेत प्रमुख कारण हुन्। 
प्रमुख अनुसन्धानकर्ता एवं मनमोहन कार्डियोथोरासिक एवं ट्रान्सप्लान्ट सेन्टरका कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिलले अध्ययनले एक जनामा औसत ४.२ वटा रिक्स फ्याक्टर (जोखिम तत्व) भएको पाइएको बताए। 'मानिसलाई रोग तथा मृत्युको मुखमा पुर्याकउन एउटै रिक्स फ्याक्टर काफी हुन्छ,' उनले थपे, 'अधिकांशमा एकभन्दा बढी जोखिम छ।'
डा. अनिलका अनुसार मुटुरोगको जोखिम तत्व पुरुषमा ४.७ र महिलामा ३.६ वटा रहेका छन्। 'मुटुरोगको जोखिम तत्व ४० वर्षभन्दा मुनिमा ३.९ र ४० वर्षभन्दा माथिमा ४.८ वटा पाइएको छ,' उनले भने। 
सर्वेक्षणमा सहभागीमध्ये ०.६ प्रतिशतमा मात्रै मुटुरोगको कुनै पनि जोखिम भेटिएन। त्यसैगरी, ४ प्रतिशतमा एउटामात्र जोखिम भेटियो भने १० प्रतिशतमा दुइटा र बाँकी सबैमा त्यसभन्दा बढी जोखिम भेटिएको थियो। 'सहभागीमध्ये ८ प्रतिशतलाई तत्काल उपचार नथाले जुनसुकै समयमा ज्यान जान सक्ने अवस्था थियो,' डा.अनिलले भने, 'तीमध्ये ८६ प्रतिशतलाई कोलस्टेरोल, १० प्रतिशतलाई उच्च रक्तचाप र ४ प्रतिशतलाई मधुमेहको उपचार आवश्यक थियो।'
चिकित्सकहरुका अनुसार मधुमेह, रक्तचाप, कोलेस्टेरोल र मोटोपनमध्ये एक जोखिम हुँदा ढिलो–चाँडो अन्य समस्या बढ्ने सम्भावना अधिक हुन्छ। 
केन्द्रले २० चिकित्सक एवं विशेषज्ञसहित २ सय स्वास्थ्यकर्मी/नर्स परिचालन गरेर भदौ २८ देखि असोज ६ सम्म वृहत शिविरसमेत गरेको थियो। शिविर एवं अनुसन्धानमा ५ हजार ४ सय ४३ जनाको परीक्षण नतिजाको विश्लेषण गरिएको छ।
विश्व मुटु दिवस २०१४ (सेप्टेम्बर २९) अवसर पारेर गरिएको उक्त शिविर र सर्वेक्षण अहिलेसम्मकै सबैभन्दा बृहत भएको दाबी संस्थाले गरेको छ। गत वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद देशव्यापी रूपमा ४ हजार २ सय जनामा प्रयोगशाला परीक्षणसहितको रिक्स फ्याक्टर सर्वेक्षण गरेको थियो।
शिविरमा आएका हरेक मानिसको मोटोपनका लागि बिएमआई डब्लुएचआर, मुटुरोगको कारण विश्लेषण, रगतमा चिनीको मात्रा, रगतमा कोलेस्टेरोल तथा अन्य चिल्लोको मात्रा एवं इसिजी तथा दक्ष चिकित्सकबाट मुटुको जाँच गरिएको थियो।
सहभागीमध्ये ५९ प्रतिशत पुरुष र ४१ प्रतिशत महिला थिए। केन्द्रका अनुसार सहभागीमध्ये ६३ प्रतिशत ४० वर्षभन्दा मुनिका वयस्क थिए भने २९ प्रतिशत ४० वर्षभन्दा माथिका रोग नलागेका थिए। ८ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगबाट ग्रसित थिए। रोग लागेकाहरूलाई उपचार सेवा दिइए पनि अनुसन्धानमा सहभागी नगराइएको डा. अनिलले बताए।
सर्वेक्षणमा ८० प्रतिशतमा सामान्य सुगर, १५ प्रतिशतमा मधुमेहको जोखिममा (प्रिसुगर) र ५ प्रतिशतमा मधुमेह पाइएको थियो। चिकित्सकहरूका अनुसार सयदेखि १ सय २५ मिलिग्राम भए मधुमेहको जोखिम र १ सय २५ भन्दा माथिलाई मधुमेह समूहमा वर्गीकरण गरिएको थियो। त्यस्तै, कोलेस्टेरोल भेटिएकामध्ये ४० वर्षभन्दा कम उमेरका ४५ प्रतिशत र ४० वर्षभन्दा बढी उमेरका ५५ प्रतिशत थिए।
६६ प्रतिशतले मदिरा सेवन नगरे पनि २४ प्रतिशतले कम मदिरा सेवन गर्ने र १० प्रतिशतले अत्यधिक मदिरा सेवन गर्ने स्विकारेका थिए। त्यसैगरी, मोटोपनका सिकार भएकामध्ये ५८ प्रतिशत महिला र ६२ प्रतिशत पुरुष थिए। 
यसअघि, गत वर्ष परिषदले गरेको वैज्ञानिक सर्वेक्षण रिक्स फ्याक्टर सर्वेक्षण २०१३ ले पनि खतरनाक रोगको जोखिममा बढिरहेको देखाएको थियो। परिषदले सन् २०१२ को जुलाईदेखि २०१३ जुनसम्म ५० जिल्लाका ७० इलाकाका २ सय १० वडाका १५ देखि ६९ वर्षका ४ हजार १ सय ४३ मा गरेको सर्वेक्षणले सबैभन्दा बढी २५ प्रतिशतमा उच्च रक्तचापको समस्या भएको देखाएको थियो। 
त्यसैगरी, सर्वेक्षणले २४ प्रतिशत पुरूष र २१ प्रतिशत महिलामा रगतमा चिल्लोको मात्रा बढी रहेको देखाएको छ। रगतमा कुल चिल्लो पदार्थको मात्रा १ सय ९० मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी भए हाइकोलेस्टोरल मानिन्छ जुन हृदयघात, मस्तिष्कघात र मिर्गाैला फेल गराउने प्रमुख कारणमध्ये हो। 
सर्वेक्षणमा सहभागीमध्ये ५९ प्रतिशतलाई धूमपानले हृदयघात गराउँछ भन्ने जानकारी थिएन । त्यसैगरी, मुटुरोग र यसका जोखिमबारे ४४ प्रतिशतलाई सही जानकारी नभएको डा. अनिलले जानकारी दिए। 
कोलेस्टेरोल हृदयघातको प्रमुख जोखिम हो भन्ने ४८ प्रतिशतलाई थाहा थिएन। यस्तै, मानसिक तनाव र उच्च रक्तचापले हृदयघात गराउँछ भन्ने ५५ प्रतिशतलाई, हृदयघात भए विश्राम अवस्थामा तत्काल अस्पताल लानुपर्छ भन्ने ५५ प्रतिशतलाई, तौल घटाउन कम खाना र बढी व्यायाम गर्नुपर्छ भन्ने ५२ प्रतिशतलाई र रक्तचापको औषधि नियमित खानुपर्छ भन्ने ७७ प्रतिशतलाई थाहा थिएन। 
तर, स्वस्थ रहन दैनिक कम्तीमा ३० मिनेट हिँड्नुपर्छ भन्ने ७१ प्रतिशतलाई र दैनिक २ सय एमएल बियर र ५० एमएल ह्विस्की सुरक्षित हुन्छ भन्ने ७४ प्रतिशतलाई थाहा थियो।
यसैबीच, अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले स्वस्थ रहन यो/यो गर्नुपर्छ भन्ने अधिकांश जाने पनि व्यवहारमा उतार्न नसकेको बताए। उनले सर्वेक्षणले आगामी दिनमा थप अस्पताल खोल्नपर्ने अवस्थाको समेत स्पष्ट संकेत गरेको बताए। अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ मृगेन्द्रराज पाण्डेले मुटुमैत्री वातावरण निर्माणमा जोड दिए। 
अर्का मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले खाना, व्यायाम, सकारात्मक सोच एवं मनोरञ्जनको व्यवस्थापन गरेर मात्रै जीवनशैली स्वस्थ हुन सक्ने भन्दै त्यसको प्रवर्द्धनमा सरकार नै लाग्नुपर्ने बताए। स्वास्थ्यमन्त्री खगराज अधिकारीले सरकारले नसर्ने रोगको भयावह अवस्थालाई मध्यनजर गरेर नै नयाँ स्वास्थ्य नीतिमा नसर्ने रोग रोकथामा केन्द्रित सोच अगाडि सारिएको र त्यसलाई विस्तारै लागु गर्दै जाने बताए। 
विश्व स्वास्थ्य संगठनको आह्वानमा सोमबार नेपालमा पनि विश्व मुटु दिवस मनाइँदैछ। नेपालमा आठ प्रतिशतमा मुटुरोग भइसकेको आँकडा छ।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस