इलाम-सेनाले प्रहार गरेको ग्रिनेडको छर्रा लागेर दृष्टिक्षमता गुमाएका धुसेनी–२ निवासी पदम आचार्य २३ वर्षका लक्का जवान हुन्। उमेरले तन्नेरी भए पनि उनी दुई सन्तानका अभिभावक र एउटा आँखाको ज्योति गुमाएका अपांग हुन्। ६ कक्षा पढ्दापढ्दै तत्कालीन विद्रोही माओवादीको करबलले सशस्त्र समूहमा सामेल उनको देब्रे आँखा २०६१ चैतको मंगलबारे भिडन्तमा बिग्रिएको हो।
२०६३ मंसिरमा चुलाचुलीस्थित प्रथम डिभिजन शिविर छोडेर घर आएपछि पदम पुनः माओवादी लडाकु समूहमा मिसिएनन्। गाउँ फर्किनु जति सजिलो थियो, समाजमा पुनःस्थापना हुन त्यत्तिकै मुस्किल।
द्वन्द्वपीडितलाई सघाउने एउटा संस्थाको सहयोगमा हाउस वायरिङ तालिम लिएपछि उनलाई ‘गरिखान सक्छु' भन्ने लाग्यो तर सन्तान र पत्नी पाल्नुपर्ने दायित्वले ढुक्क हुन दिएन। ‘तीनमहिने तालिम पाइयो तर आम्दानी छैन,’' पदम भन्छन्, ‘परिवार पाल्न मुस्किल छ।'
सेनाकै गोलीले २०५८ मा बुबा मारिँदा सानै रहेकी सोयाक–९ की दीपा बुलुन अहिले २० वर्षकी भइन्। एसएलसी असफल उनी अविवाहित अवस्थामै अभिभावकत्वले थिचिएकी छन्। बुबा मोहन तामाङको हत्यापछि आमाले छोड्दा उनी बहिनी हुर्काउँदै छिन्।
‘एसएलसी बिग्रिएपछि पार्लर तालिम लिएँ तर पैसा नभएर पसल खोल्न सकिनँ,'दीपा भन्छिन्,‘बहिनीलाई समेत हुर्काउँदै पढाउनुपर्ने दायित्वले सधैं अभावमा हुन्छु।' सरकारले परिवारलाई दिएको क्षतिपूर्तिसमेत आमाले कुम्ल्याएको उनी बताउँछिन्।
कलिलैमा अभिभावकत्वको बोझले थिचिने उनीजस्ता द्वन्द्वपीडित पूर्वमा सयौं छन्। त्यसैमध्येका हुन्, झापा शरणामती–४ का युवराज पौडेल। अहिले २१ वर्षका उनलाई आमा र बहिनीको पालनपोषण गर्नुपर्ने दायित्व छ।
२०६० असारमा सेनाद्वारा बुबा भीम मारिँदा युवराजको उमेर १० वर्ष मात्रै थियो। कमजोर आर्थिक अवस्थाका उनको दुर्दशा त्यसै बेलादेखि सुरु भयो। बहिनीसमेतको पढाइमा सघाउने दाता भेटिए पनि घरको दुरवस्था हटाइदिन मद्दत गर्ने कोही भएन।
‘समाजले पनि कुरा काट्दै खेदो गरेपछि पुर्ख्यौली थलोबाटै बसाइँ सर्नुपर्यो,'हाल कन्काई नगरपालिकास्थित लक्ष्मीपुर बस्ने युवराज भन्छन्, ‘द्वन्द्वपीडितलाई आम्दानीको स्रोत दरिलो हुने गरी सघाउ नपुग्दा अवस्था दयनीय छ।' ऋण पाए केही व्यवसाय गर्ने उनको सोच छ।

एक बर्ष जेल परेर पढाई छुटाएकी तेह्रथुम सक्रान्ति–३ कि योगमाया कटवाल।
तेह्रथुम, सक्रान्ति–३ की योगमाया कटवाल अर्की युवती हुन्, जो द्वन्द्वकालमा सेनाको चर्को यातना खेपेर उच्चाटलाग्दो जीवन जिउन बाध्य छिन्। ‘जान्नँ' भनिरहँदा ९ कक्षा पढ्दापढ्दै माओवादीले सशस्त्र समूहमा हिँडाएपछि उनका दुःखका दिन सुरु भए।
२०६१ पुसमा सेनाले ताप्लेजुङमा पक्रेर सुनसरी पुर्याएपछि कटवालले यति यातना पाइन्, जसको असर अझै शरीरमा व्याप्त छ। मोरङ कारागारमा एक वर्ष बिताएपछि घर फर्केकी उनी समाजबाटै अघोषित रूपमा बहिष्कृत थिइन्। कारण, सेनाको दुर्व्यवहार र यातनाको सिकार।
‘धन्न छुटेको पढाइमा सघाउने भेटिए र आफूलाई शिक्षित तुल्याएँ,'पढे पनि रोजगारी नपाउँदा भौंतारिएकी उनी भन्छिन्,‘अपांग बहिनीलाई आफैंले पाल्नुपर्ने हुँदा समस्या चर्को छ।'आमाको मृत्युपछि बुबाले दोस्रो विवाह गर्दा बहिनीको अभिभावकत्व उनको काँधमा सरेको हो।
तेह्रथुमकै ह्वाकु–३ का राजु बानियाँ अर्का द्वन्द्वपीडित युवा हुन्, जसले कलिलैमा विवाह गर्न बाध्य हुँदा एक सन्तान जन्माइसकेका छन् र भाइको समेत हुर्काइ–बढाइ गर्दै छन्। २०५८ माघमा बुबा केशर बानियाँको बगाले भिडन्तमा ज्यान गएपछि उनी व्यावहारिक जन्जालमा फसेका हुन्।
‘बुबा मारिएपछि आमाले अर्को बिहे गर्नुभो, भाइ र म एक्लै भयौं,' समस्याका चाङमा बाँचिरहेको सुनाउँदै बानियाँ भन्छन्, ‘१० कक्षादेखि पढ्न सकिएन, बिहे गरेर घरजम चलाउनुपर्यो।' छोरालाई स्कुल पठाउने बेला भइरहँदा ७ कक्षा पढ्ने भाइको पढाइमा सघाउनु नै चुनौती बनिरहेछ उनलाई ।
गरिबीमा गुजि्रएको परिवारलाई उकास्न राजु केही इलम गर्न चाहन्छन्। खेतीको कमाइले ६ महिनै पुग्दैन। ‘कसैले ऋण दिए जानेको श्रम गरेर परिवार पाल्थें,' अहिले मजदुरी गर्ने उनी भन्छन्, ‘द्वन्द्वपीडितलाई सघाउनु राज्यको कर्तव्य हो।'
पूर्वका द्वन्द्वपीडितलाई शैक्षिक अवसर, सीप विकास र आय आर्जन तालिममा सघाइरहेको मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूहका कार्यक्रम निर्देशक प्रकाश अधिकारीका अनुसार कलिलैमा अभिभावकत्वको बोझले थिचिने द्वन्द्वपीडित युवाको अवस्था दर्दनाक छ।
‘कोही बुबा मारिएपछि आमाले छोड्दा उमेरै नपुगी विवाहबन्धनमा बाँधिएका छन् त कोही सीप भएर पनि पुँजी अभावमा निरीह जीवन जिउन बाध्य छन्,' सात वर्षदेखि द्वन्द्वपीडितलाई सघाइरहेका अधिकारी भन्छन्, ‘क्षमता हुनेले आर्थिक स्रोत नहुँदा उर्वर उमेर त्यत्तिकै बिताउँदै छन्।'
युनिसेफ सहयोगमा ‘द्वन्द्वप्रभावित बालबालिकाको पुनरेकीकरण कार्यक्रम'अन्तर्गत १ हजार ५ सय ७६ जनालाई सहयोग गरे पनि त्यो दीर्घकालीन नहुँदा उनीहरूलाई जिउन कठिन भएको उनी बताउँछन्। द्वन्द्वपीडितलाई आत्मनिर्भर पारे मात्र दिगो शान्ति हुने उनको विचार छ।