चितवन- विपन्न चेपाङ समुदायको उन्नति गर्ने उद्देश्यले खुलेको शक्तिखोरको प्रजा सहकारी संस्था आफैं समस्यामा परेको छ। तेल, मसला तथा बेसार पिस्ने मिल राखेर आम्दानी गरेको सहकारीले बिजुलीको बिल तिर्न नसक्दा प्राधिकरणले लाइनसमेत काटिदिएको छ।
अध्यक्ष महेन्द्र चेपाङका अनुसार २०५५ सालमा स्थापना भएको यो संस्था चेपाङ समुदायकै पहिलो सहकारी हो। चेपाङ बाहुल्य चितवनको पहाडी गाविस शक्तिखोर, काउले, सिद्धी, कोराक र लोथरका एक सय २५ जना मिलेर सहकारी खोलेका थिए।
सेयर सदस्य विगतमा भन्दा बढे पनि कार्यक्रम र कारोबार सबै घटेको छ,' अध्यक्ष महेन्द्रले भने। संस्था खुल्नुअघि चेपाङले उत्पादन गर्ने जडिबुटी, खाद्यान्न, गेडागुडी, कुखुरा, खसी सबै साहुलाई बेच्नु पर्थ्यो। साहुले राम्रो मूल्य दिँदैनथे। साहुले दिने मूल्यभन्दा धेरैमा किन्ने र बेच्ने उद्देश्यले सहकारी खोलेको उनले जानकारी दिए। महेन्द्र संस्थापक अध्यक्ष पनि हुन्। चेपाङले बेच्न ल्याउने चिउरी, हर्रो, बर्रो, गुर्जो, मह, तोरीलाई संस्थाले अरुले दिनेभन्दा किलोमा १० रुपैयाँसम्म बढी दिने गरेको उनले जानकारी दिए।
कुनै बेला वर्षका ६० क्विन्टलसम्म जुडिबुटी संकलन गर्ने सहकारीले अहिले २० क्विन्टल हारहारीमात्रै संकलन गर्छ। वार्षिक कारोबार ४० लाखबाट २० लाख हाराहारीमा ओर्लेको छ।
संस्थामा अहिले तीन सय ८४ सेयर सदस्य छन्। उनीहरुले गर्ने दैनिक र मासिक बचतका आधारमा संस्था जोगिएको छ। सुपथ मूल्यमा सेवा दिन संस्थाले भेटेरिनरी खोलेको थियो। जिप पनि सञ्चालन गरेको थियो। ती सबै अहिले बन्द भएका छन्। टेलिफोन बुथ भने चलिरहेको छ।
'राम्रो आम्दानी हुने तेल र मसला, बेसार पिस्ने मिल हो। बक्यौता धेरै भएको भनेर विद्युत प्राधिकरणले असारदेखि लाइन काटेकाले चलाउन पाइएको छैन,' अध्यक्षले भने। अब महसुल तिरेर लाइन जोड्ने तयारी गरेको उनले बताए।
बिजुलीको बक्यौता ५० हजार रुपैयाँ छ। प्राधिकरणले लाइन काटेको यो पहिलोपटक पनि होइन। २०६८ सालमा एक लाख २५ हजार रुपैयाँ बक्यौता देखिएपछि केही महिना बत्ती काटेको थियो। त्यो बेला एक लाख रुपैयाँ तिरेर लाइन जोडिएको थियो।
'पुरानो २५ हजार रुपैयाँ बक्यौता थियो। त्यसमाथि फेरि थपिएर ५० हजार पुगेछ। यो रकम चाँडै तिर्ने योजना छ,' उनले। बिजुली जोडेर मिल चलाउन सके आम्दानी केही बढ्ने उनले बताए।
चेपाङलाई खाद्यन्न, लत्ता, कपडा, सकै चाहिएको हुन्छ। सहकारीले उनीहरुको उत्पादनको राम्रो मूल्य दिएका कारण तर्सेका साहुले खाद्यन्न, लत्ता, कपडा बाँकी दिएर त्यसको बदला उनीहरुको उत्पादन आफैंले किन्ने चाल चले भन्छन् महेन्द्र।
'चेपाङलाई अनिकाल लाग्छ। अनिकालका बेला साहुले बाँकी दिए। बीउविजन पनि बाँकी दिए। अनि ऋणउपर गर्न चेपाङको उत्पादन सबै आफैं राख्न थाले। हामीले यो चाललाई चिर्न सकेनौं,' महेन्द्र भन्छन्। चेपाङले सामान कम ल्याउन थालेपछि विस्तारै संस्था खस्कन थाल्यो।
'व्यवस्थापकीय कौशल हामीमा नभएको फाइदा अरुले लिए। तर हामीले संस्था बचाएका छौं। विस्तारै सिक्दै पनि छौं। एक दिन सबै राम्रो हुने आशा पनि छ,' उनले भने।