नेपाल उद्योग वाणिज्य महासंघअर्न्तगत कृषि उद्यम केन्द्रकी प्रमुख भवानी राणा विस्तारै कृषि क्षेत्रमा प्रवेश गर्न थालेकी छिन्। राणाले यसै वर्षबाट बर्दिया जिल्लामा व्यावसायिक रुपमा केरा खेती तथा डेरी उद्योग सञ्चालन गर्ने योजना बनाएकी छिन्। होटल व्यवसायमा संलग्न राणा अबदेखि कृषि पेशालाई पनि एक साथ अगाडि बढाउने तयारीमा लागेकी हुन। महासंघकी पूर्व उपाध्यक्ष समेत रहेकी राणासँग नागरिकका सुजन ओलीले गरेको कुराकानी:तपाइहरूले एक गाउँ एक उत्पादन ( ओभीओपी)कार्यक्रमलाई ३२ जिल्लामा पुर्याटउनु भएको छ। एक जिल्ला एक उत्पादन ( ओडिओपी)कार्यक्रम १० जिल्लामा सञ्चालन भइरहेको छ। यी सञ्चालन गर्न यस वर्ष १० करोड रुपैयाँ रकम छ। तर, लगानी अनुसारको प्रतिफल आउन सकेको छैन् नि?
अहिले एक गाउँ एक उत्पादन कार्यक्रम ३२ जिल्लामा सञ्चालित छ। अब एक गाउँ एक उत्पादन कार्यक्रम थप १० जिल्लामा विस्तार गर्ने योजना छ। त्यसैगरी एक जिल्ला एक उत्पादनलाई विस्तार गरेर १६ जिल्ला पुर्या्उने लक्ष्य रहेको छ। हाल एक जिल्ला एक उत्पादन कार्यक्रम १० जिल्लामा सञ्चालित छ। यसो गर्दा ४२ वटा जिल्लामा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालनमा आउँछ। जापानबाट सुरु भएको यो अभियान अहिले विश्वका धेरै मुलुकमा फैलिएको छ। हाम्रो देशमा पनि यसले राम्रै नतिजा निकाल्न सफल भएको छ जस्तो लाग्छ मलाइ। अहिले दक्षिण एसियाका श्रीलंका तथा भुटानमा समेत एक गाउँ एक उत्पादन तथा एक जिल्ला एक उत्पादन कार्यक्रम सुरु भएको छ।
हामीले एक जिल्ला एक उत्पादन र एक गाउँ एक उत्पादन कार्यक्रलाई साझेदारीको रुपमा सञ्चालन गरेकाले पनि यो कार्यक्रम सफल देखिएको छ। अन्य सबै काम सरकार वा निजी क्षेत्र आफैले मात्र सञ्चालन गरेको छ। यो कार्यक्रम सरकार तथा निजी क्षेत्रको साझेदारीमा हुँदै आएकोले यसको नतिजा पनि निकै राम्रो नै देखिएको छ। सरकारले नेपाल उद्योग वाणिज्य महासंघले विश्वास गरेकाले हामीले सञ्चालन गरेको सबै काम नमूनायोग्य देखिएको छ। हामीले गरेको कामको अवलोकन गर्न विभिन्न देशबाट मानिस आउने क्रम पनि बढेको छ। यहाँ भएको प्रगतिलाई अवलोकन गर्न आउनेले धेरै प्रशंसा गर्ने गरेको मैले पाएको छु।
प्रतिफल आउन केही समय लाग्छ। काम गर्ने बित्तिकै यसले प्रतिफल दिन्छ भन्ने होइन। त्यसका लागि केही समय लाग्छ। त्यहि समय लागेको हो। अहिले कतिपय जिल्लामा यसको प्रतिफल प्राप्त गर्न थालिसकेका छन्। हाम्रो एक गाउँ एक उत्पादन धेरै राम्रो भएको छ। एक जिल्ला एक उत्पादन नराम्रो भएको छ भन्न खोजेको होइन। दुइटाको तुलना गर्दा एक गाउँ एक उत्पादन धेरै राम्रो भएको हो। त्यसैगरी हामीले एक गाउँ एक उत्पादनलाई मात्र बढाएर नपुग्ने देखेपछि व्यावसायिक रुपमा उत्पादन गर्नुपर्ने भन्नेतर्फ हामी अगाडि बढेका छौं। जस्तो सिन्धुलीमा एक गाउँ एक उत्पादनअन्तर्गत जुनार खेती एकदमै राम्रो भयो। पछि त्यो एक जिल्ला एक उत्पादनको रुपमा अगाडि आयो। यस्ता धेरै उदाहरणहरु छन्। एक गाउँ एक उत्पादनमा सरकारको लगानी हुन्छ। त्यसैगरी एक जिल्ला एक उत्पादनमा निजी क्षेत्रको पनि लगानी हुन्छ। जस्तो जुनार कारखाना स्थापना गर्दा ६० प्रतिशत लगानी निजी क्षेत्रको रहेको छ।
एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादन कार्यक्रम सबै जिल्लामा सफल भएको छैन नी?
अवश्य पनि काम गरेपछि सबै राम्रो हुन्छ भन्ने होइन। हामीले प्रयास गर्दागर्दै पनि कतिपय जिल्लाहरूमा राम्रो काम हुन सकेको छैन्। तर, एक दुइ वटा जिल्लामा काम नहुँदै सबै जिल्लामा काम भएन भन्न पनि मिलेन नी। कार्यक्रम सञ्चालन हुन नसकेका जिल्लामा हामीले केही दिनअघि बसेर समस्याको समाधान निकालेका छौं। हाम्रो प्रयासले भ्याएसम्म सबै जिल्लामा राम्रो काम गर्ने भन्ने हो। त्यत्ति गर्दागर्दै पनि केही समस्या आएकाले एक/दुई जिल्लामा विवाद छ।
हिमाली आयोजनासँग तपाइहरूको पनि सहकार्य छ। सहकार्य भयो तर प्रगति भने शुन्य छ। यस्तो अवस्थामा तपाइहरूले सहकार्य गरेको के अर्थ भयो?
एकैचोटी ४०/५० वटा जिल्लामा कार्यक्रम लिएर जाँदा कहि न कहि विवाद आउँछ। सबै जिल्लामा यस्तो समस्या आएको होइन। उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली)ले काम गरेका धेरै जिल्लामा राम्रो देखिएको छ। केही जिल्लाबाट मात्र गुनासो आएको हो। यसमा हाम्रो प्रत्यक्ष सहभागिता छैन्। यसमा जिल्लामा रहेका उद्योग वाणिज्य महासंघको सहकार्यका काम भइरहेको छ।
मैले पनि विभिन्न क्षेत्रका मानिससँग बुझ्दा पनि अनुदान लिनका लागि एकदमै झन्झटिलो प्रक्रिया रहेको बताएका छन्। प्रक्रिया झन्झटिलो नै हो तर व्यावसायिक रुपमा काम गर्ने मानिसलाई यसले खासै असर गरेको छैन्। विभिन्न जिल्लाका किसान तथा उद्योगीले हिमालीको अनुदान लिने प्रक्रिया झन्झटिलो भयो भन्ने गुनासो बढेपछि हामीले एसियाली विकास बैंक(एडिबी) तथा सरकारसँग बसेर यसको बारेमा छलफल समेत गर्योल।
सरकार तथा एडिबीका पदाधिकारीले अनुदान पाउन त्यति सजिलो नहुने बताएका थिए। हामीले प्रक्रियालाई अलि सजिलो बनाउन आग्रह गरेका थियौ। सजिलै अनुदान पाउने भएपछि त सबैजनाले अनुदानका लागि प्रस्तावनापत्र हाल्ने गर्छन्। व्यावसायिक रुपमा खेती गर्ने मानिसलाई हेरेर यो प्रक्रिया बनाइएको हो। जसले व्यावसायिक रुपमा खेति गर्न चाहन्छ। त्यस्तो व्यक्तिले अनुदान सहजै पाएको पनि छ। ‘मिसन र भिजन' नभएको मानिसले प्रस्तावनापत्र पेश गरे उसले नपाउने सम्भावना हुन्छ। किनकी मिसन र भिजन नभएको मानिसले हिमाली आयोजनाले भनेजस्तो प्रस्तावनापत्र बनाउन सक्दैन। उसले भनेजस्तो प्रस्तावनापत्र नआए हिमालले लिँदैन।
यति हुँदाहुँदै पनि धेरै मानिसले पाएका छन्। जस्तो जडिबुटीको क्षेत्रमा काम गर्ने मानिसले अनुदान पाएर काम गरिरकेका छन्। त्यसैगरी व्यावसायिक रुपमा कृषि खेती गर्ने मानिसले पनि अनुदान लिएको अवस्था छ। भएको उद्योगको क्षमता विस्तार गरेर त्यसलाई ‘भ्यालु एड' अनुदानले थप सहयोग पुर्याकएको छ। कसैलाई पनि नपरेको भन्ने होइन। प्रस्तावनापत्र पेश गर्ने सबैलाई नपरेको हो।
अनुदान भन्ने बित्तिकै मानिसले फरक दृष्टिकोणले सोच्ने गर्छ। हिमालीले अनुदान उपलब्ध गराउँदै आएको रहेछ। त्यो त लिइहाल्नु पर्छ भन्ने मान्यता छ। व्यावसायिक योजनाबिना प्रस्तावनापत्र हाल्दा स्वीकृत हुँदैन। त्यसमा पनि कत्ति मानिसहरू पाएको अनुदानलाई सही तरिकाले उपयोग गरौ भन्ने सोच राखेर प्रस्तावनापत्र पेश गरेका हुन्छन। त्यस्ता व्यत्तिको प्रस्तावनापत्र स्वीकृत हुन्छ।
हामीले प्रस्तावनापत्र लेख्नका लागि जिल्लामा दुइ जनालाई तालिम समेत दिएका छौं। प्रस्तावनापत्र लेखेपछि अनुदानका लागि स्वीकृत होस् भन्ने हो। हामीले १० दिनसम्म तालिम दिएर पठाएका छौं। कृषकले नबुझेको होकी भन्ने लागेर हामीले १० दिने तालिम प्रदान गरेको हो। हामीले युवालाई प्रस्तावनापत्र लेख्नका लागि तालिम दिएर पठाएका छौं। प्रस्तावनापत्र लेखेबापत महासंघले केही पनि दिँदैन। जस्तो प्रस्तावनापत्र लेख्छ, सोही व्यक्ति वा संस्थाले सहयोग गर्छ। हाम्रो देशमा प्रस्तावनापत्र लेख्ने मानिसको साह्रै अभाव छ।
मन्त्रिपरिषद्ले ब्याज अनुदान कार्यक्रम स्वीकृत गर्योु। अव कार्यान्वयनमा आउने तयारीमा छ। यसलाइ सफल पार्न तपाइहरूको कस्तो भूमिका हुन्छ?
कृषिलाई व्यावसायिककरण दुइ/चार वटा नीति ल्याउन जरुरी छ। कृषि यन्त्रीकरण नीति, कृषि उद्यम नीतिलाई ल्याउन हामीले निरन्तर माग गर्दै आएका छौं। करार खेतीलाई प्रोत्साहन गर्न पनि यी नीति आउन जरुरी छ। करार खेतीमा नजाँदासम्म कृषि क्षेत्रमा लगानी गर्ने आँट गर्दैन्। ससानो ‘ल्यान्ड होल्डिङ' गर्दा हामी व्यावसायिक रुपमा खेती गर्न सक्दैनौ। ठूलो ल्यान्ड होल्डिङ भयो भनेमात्र कृषि क्षेत्रमा लगानी आउँछ। कृषि उद्यम नीति भित्र करार खेती पनि पर्छ। कृषि क्षेत्रलाई सहयोग पुर्यारउने नीति ल्याउन हामीले निरन्तर माग गर्दै आएका छौं। अहिलेको बजेटले कृषि क्षेत्रलाई सहयोग पुर्याएउने गरी विभिन्न कार्यक्रम ल्याएको छ। कृषि यन्त्रीकरण नीति त पास भइसक्यो। ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध हुने कुरा कृषि क्षेत्रको विकासका लागि असाध्यै राम्रो कुरा हो।
सरकारले कृषि क्षेत्रको विकासका लागि चालेको कदमले गर्दा होला अचेल युवा जनशक्ति पनि यो क्षेत्रमा आउनेक्रम बढेको छ। जिल्ला जिल्लामा जाँदा कृषि क्षेत्रमा लगानी गर्नुपर्योष भन्ने युवाको जमात बढ्दो छ। सरकारले ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने बताएको छ। त्यसमा भएका मापदण्ड कस्तो हुने भन्ने बारेमा राष्ट्र बैंकसँग छलफल गर्नुपर्छ। युवाले ऋण नै नपाउने गरी मापदण्ड बनाइयो भने के काम? मापदण्ड बनाउँदा निजी क्षेत्रलाई समेत समावेश गराउँदा राम्रो हुन्छ। किनकी कस्तो मापदण्ड बनायो भने कृषि क्षेत्रमा लगानी भित्रिन्छ भन्ने हामीलाई थाहा हुन्छ।
सरकारले गत वर्ष ल्याएको कृषि बिमा कार्यक्रम उद्योग वाणिज्य महासंघले खासै सहयोग गरेको पाइएन। निजी क्षेत्रको सहभागिताबिना बिमा कार्यक्रम असफल जस्तै देखियो। यो वर्ष ७५ प्रतिशत प्रीमियम दिने सरकारी तयारी छ। यसलाई कसरी हेर्नु भएको छ?
हामीले बैंकको ब्याजदर र बिमालाई एकसाथ अगाडि बढाउन माग गरेका छौं। कृषिको व्यावसायीकरण गर्न यी दुवै कुराको धेरै महत्व हुन्छ। हामीले बैंकरसँग पनि ६ प्रतिशत ब्याजदरको बारेमा छलफल गर्यौंि। त्यसैगरी, हामी अहिले बिमा कम्पनीसँग छलफल गर्ने तयारीमा छौं। सरकार जहिले पनि कागजमा मात्र कुरा गर्छ। भनेको कुरा कार्यान्वयनमा ल्याउँदैन भन्ने बिमा कम्पनीको गुनासो छ। जसले गर्दा किसान तथा उद्योगीले बिमा गर्न सक्दैनन्। बिमा कम्पनी तथा बैंकहरूले सरकारको मापदण्ड अलि स्पष्ट हुनु पर्ने माग गर्दै आएका छन्। त्यसैले गर्दा हामीले बिमा कम्पनी तथा सरकारका पदाधिकारीलाई बोलाएर अन्तर्त्रि्कया गर्ने हाम्रो सोच रहेको छ। बिमा कम्पनी तथा बैंकलाई कस्तो किसिमको समस्या छ। त्यसको पहिचान गर्ने र समाधान गर्ने कार्यमा हाम्रो मध्यस्तकर्ता भूमिका हुन्छ। यो पाली हामीले बिमाबाट पनि किसानले प्रशस्त मात्रा फाइदा लिन सकुन भन्ने हाम्रो सोचाइ छ।
नेपालमा अझैपनि निजी क्षेत्र कृषिमा आकर्षित हुन सकेको छैन्। निजी क्षेत्रको सहभागिता हुन नसक्नुको कारण के हो?
सरकारले कृषि यन्त्रीकरण, कृषि उद्यम नीति आउनासाथ निजी क्षेत्रको सहभागिता बढछ। कृषि उद्यम नीति आउनासाथ करारखेती गर्न सकिन्छ। जब करार खेती हुन्छ। तब निजी क्षेत्रको सहभागिता उल्लेख्य रुपमा हुन्छ।