सल्बलाउँदै फरार तस्कर
२४ असोज २०७१
•
११ मिनेट पाठ
सल्बलाउँदै फरार तस्कर
काठमाडौं- नक्साल, सम–मार्ग। घर नम्बर ८०७।
प्रहरी प्रधान कार्यालय पश्चिमतर्फ यो भव्य महलको माथिल्लो तलामा बस्थे अमेरिकी नागरिक इयान बेकर।
उनको घर छिर्ने जोकोही आश्चर्यले जिब्रो टोक्थे। अरूकहाँ जस्तो टेबलकुर्सी, सोफा र कृत्रिम सजावट सामग्री मात्र त्यहाँ थिएनन्। बगैंचादेखि भान्सा र बेडरुमसम्मको शोभा बढाउन प्रयोग गरिएका थिए, दुर्लभ वन्यजन्तुका अंग तथा सयौं वर्ष पुराना पुरातात्िवक वस्तु।




डाइनिङ टेबलमुनि बाघको छाला। ओछ्यानमा चितुवाको छालाले बनेको सिरानी। सोफामा चितुवाकै छालाबाट बनेका चकटी। बैठककोठामा त भण्डारै थियो, सिङदेखि नङग्रा र हड्डीदेखि खप्परसम्म। घरका लुगाफाटो पनि जम्मै वन्यजन्तुकै अंगबाट बनेका थिए। बाघ वा चितुवाको छालाले बनेका ओभरकोट, ज्याकेट, टोपी, कम्मरपेटी, ब्ल्याङ्केट, बाकस, दाप, माला असरल्लै थिए।
बेकरले यस्तै सानसौकतका साथ प्रहरी–प्रशासनको उच्च ओहोदाका पदाधिकारी रिझाएर झन्डै २४ वर्ष नेपालमा बिताए।
एकदिन यस्तो समय आयो, बाघको छाला ओढेको इयानको महल तासको घरझैं गर्ल्यामगुर्लुम ढल्यो।
बेकरले वर्षौंदेखि वन्यजन्तुका आखेटोपहार र पुरातात्िवक वस्तु थुपारेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र प्राचीन स्मारक संरक्षण ऐनअनुसार अपराध गरिरहेका थिए। यी ऐनले वन्यजन्तु घरमा पाल्न, ओसारपसार गर्न र घरमा पुरातात्िवक वस्तु राख्न निषेध गरेको छ।
प्रहरीले यिनै ऐन प्रयोग गर्दै २०६५ जेठ ९ गते उनको घरमा छापा मारेर ती सम्पूर्ण सामग्री कब्जामा लियो।
बेकर भने उम्किन सफल भए।
हनुमानढोकास्थित प्रहरी महाशाखाको अनुसन्धान टोलीले नक्साल र बालुवाटारस्थित अर्को घरबाट वन्यजन्तु र पुरातात्िवक गरी १ सय २२ थान अवैध सामग्री बरामद गरेको थियो। यसमा बाघ, हिउँचितुवा, चितुवा, हार्बे, झारल, घोरल, विभिन्न प्रजातिका चित्तल, स्यालका छाला, हड्डी, नंग्रा र खप्पर थिए। सय वर्ष पुराना टुँडाल, भैरव र विष्णुको मूर्ति, दराज, तोरण, खलु, झ्याल, गजुर, कारने, लामोखलु पनि बरामद भएका थिए जुन अहिलेसम्मकै ठूलो परिमाण हो।
यो घटना हुँदा बेकरको उमेर थियो, ५५ वर्ष। अहिले उनी ६१ वर्षका भइसके।
उनको मुद्दा जिल्ला वन कार्यालय, काठमाडौंमा दर्ता छ। नेपाल प्रहरी र इन्टरनेसनल पुलिस कर्पोरेसन (इन्टरपोल) ले 'अवैध वन्यजन्तुका अंग' संग्रह गरेको अभियोगमा उनको नाममा रेडकर्नर नोटिस जारी गरेका छन्।
र, बेकर अझै प्रहरीको फरार सूचीमै छन्। 
कहाँ अलप भए त बेकर? के उनले दुर्लभ वन्यजन्तुका अंग तस्करी वा संग्रह गर्ने काम छाडे? छाडेका भए के गर्दैछन्?
यी प्रश्न लामो समय अनुत्तरित रहे। तर, पछिल्लो समय बेकर फेरि सल्बलाउन थालेका केही तथ्य फेला परेका छन्। 
वन्यजन्तु अंगका सोखिन उनले अहिले पनि सक्रिय रूपले व्यवसाय गरिरहेको पाइएको छ, त्यो पनि इन्टरपोलका सदस्य राष्ट्रहरूमै बसेर। तिब्बतबारे सात पुस्तक लेखेका र त्यतिबेला 'नेसनल जियोग्राफिक च्यानल'स“ग आबद्ध बेकर अहिले थाइल्यान्डबाट 'रेयरजर्नी डटकम' नामक वेबसाइट चलाइरहेका छन्। यसमा बेकरको सह–लगानी रहेको र सांस्कृतिक, पर्यटन तथा अध्यात्म क्षेत्रमा काम गरिरहेको वेबसाइटमै उल्लेख छ। पदयात्रामा रुचि राख्नेलाई मानसरोवरलगायत अन्य तिब्बती क्षेत्र डुलाउने काम यसले गरिरहेको छ। बेकरकै व्यक्तिगत फेसबुकबाट पनि उनले पदयात्रु टोलीलाई तिब्बतको मानसरोवर घुमाएको पुष्टि हुन्छ।
उनले दुई आइडीबाट फेसबुक चलाइरहेको पाइएको छ– 'इयान बेकर' र 'इयान बेकर जर्नी'। पहिलो आइडीको टाइमलाइनमा कुनै अपडेट छैन। नयाँ स्ट्याटस र तस्बिर केही छैन। बायोडाटा र प्रोफाइल फोटो मात्र राखिएको छ।
दोस्रो आइडी भने यही भदौ ३० सम्म अपडेट छ। उनले पछिल्लो स्ट्याटसमा एउटा ठूलै समूहलाई तिब्बतको मानसरोवर घुमाउने अभियान पूरा भएकोमा प्रसन्नता व्यक्त गरेका छन्। मानसरोवर पुगेका समूहस“ग खिचेको सामूहिक तस्बिर पनि राखिएको छ, जसमा उनी आफैं पनि छन्। यसअघि २०७० कात्तिक २६ गते मानसरोवर घुम्न चाहनेका लागि विज्ञापन गरेका थिए।
'रेयरजर्नी डटकम' वेबसाइटमा उनले आफ्नो इमेलबाहेक अन्य ठेगाना समावेश गरेका छैनन्। तिब्बती तस्बिर, कला र कृति भने प्रशस्तै अपलोड गरेका छन्। 
यो वेबसाइट र फेसबुक आइडीले वन्यजन्तुको अंग संकलन अभियोगमा फरार बेकर चीन र थाइल्यान्डमा सक्रिय रहेको देखाउँछ। वन्यजन्तुका अंग र पुरातात्िवक महत्वका वस्तुसहित काठमाडौंमा सानसौकतको जीवन बिताएका अमेरिकी नागरिक बेकर कहिले तिब्बत त कहिले थाइल्यान्डको राजधानी बैंकक घुम्दा पनि उनलाई न इन्टरपोलले पक्राउ गर्न सकेको छ, न नेपाल प्रहरीले।
प्रहरीका एक अधिकारीले बेकरलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय रूपमा अपिल गरिए पनि उनी कतै देखा नपरेको बताए। पछिल्लो समय 'रेयरजर्नी डटकम' र फेसबुक आइडीमा नियमित स्ट्याटस अपडेट भएको फेला परेपछि भने प्रहरी अनुसन्धान टोली चनाखो बनेको छ। यसै आधारमा थप अनुसन्धान प्रक्रिया अघि बढाइरहेको स्रोतले बतायो।
'बेकर थाइल्यान्डमा रहेको आशंका हामीलाई पहिल्यै थियो, उनको फेसबुक र वेबसाइटले त्यो शंकामा थप बल पुगेको छ,' अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नागरिकसँग भने, 'हामी अब इन्टरपोलमार्फत सम्बन्धित देशका प्रहरीसँग समन्वय सुरु गर्छौं।' तिब्बतमा प्रहरीको खासै सक्रियता नभएकाले पनि बेकर यी गतिविधि गर्न सफल भएको हुनसक्ने उनले बताए। 
केही प्रहरी अधिकारी भने बेकर अमेरिकामै रहेको दाबी गर्छन्। 'हामीलाई प्राप्त सूचनाअनुसार उनी अमेरिकामै देखिएका छन्,' स्रोतले भन्यो, 'यो सूचना अमेरिकी प्रशासनलाई थाहा छ कि छैन, भन्न सकिन्न।'
यही आधारमा नेपाल प्रहरीले अमेरिकी प्रहरीको इन्टरपोल सेक्सनस“ग पटक–पटक कुरा गरिसकेको छ। एक महिनाअघि मात्र अमेरिकी इन्टरपोलसँग यसबारे एक चरणको वार्ता भएको स्रोतले बतायो। 'हामीले इन्टरपोलमार्फत अपिल गरेका छौं,' स्रोतले भन्यो, 'अमेरिकी इन्टरपोललाई समेत सहयोगका लागि आग्रह गरिरहेका छौं।'
अमेरिकामै फेला परे पनि सुपुर्दगी सन्धि नभएकाले यहाँ फर्काएर ल्याउन गाह्रो पर्ने उनले बताए। तर, कारबाहीको दायरामा ल्याउने अर्को उपाय छ– अपराधको प्रकृतिअनुसार अमेरिकामै सजाय दिने। एक महिनाअघिको छलफलमा यसैबारे कुराकानी भएको स्रोतले बतायो।
छ वर्षदेखि फरार एक अभियुक्तको विषयमा अहिलेसम्म अनुसन्धान कुनै निष्कर्षमा पुगिसकेको छैन। खालि उनको फेसबुक र वेबसाइटबाट यत्ति पत्ता लागेको छ, उनी निष्त्रि्कय छैनन्। यसैलाई पहिल्याउँदै बेकरसम्म पुग्ने ध्याउन्नमा छ प्रहरी। यसमा नेपालको आशा केही हदसम्म इन्टरपोलमाथि नै टिकेको छ।
इन्टरपोल हेडक्वार्टरले वातावरणीय अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न ठूलो अपरेसनको तयारी गरिरहेको जानकारी दिँदै एक उच्च प्रहरी अधिकारीले भने, 'यसले हाम्रो अनुसन्धानमा थप सहयोग पुग्नसक्छ।'
कुनै समय बाघको छालामा रजाइँ गरेर बसेका बेकरका कर्तुत पर्दाफास हुँदा र अहिलेको समयमा एउटा संयोग छ। त्यतिबेला महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका उपेन्द्रकान्त अर्यालकै सक्रियतामा बेकरको घरमा छापा मारिएको थियो। उनै अर्याल अहिले प्रहरी महानिरीक्षक छन्।
र, यतिखेर लामो समय अन्धकारमा रुमिल्लरहेको प्रहरीसामु आशाको सानो किरण फेला परेको छ। त्यही किरणलाई पछ्याउँदै उज्यालोसम्म पुग्ने चुनौती बेकर काण्डको नालीबेली बुझेका आइजिपी अर्यालसामु छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस