अस्ताए हरियो डाँडामाथि
२८ असोज २०७१
•
११ मिनेट पाठ
अस्ताए हरियो डाँडामाथि
धुरुधुरु नरोऊ आमा
तिम्रो आँसु पुछेर छाडौंला...
चालिसको दशकमा जनकविकेशरी धर्मराज थापाले गाएको यो गीत निकै रुचाइएको हो। त्यसताका यो गीत नगुन्गुनाउने सायदै कोही थिए। खण्डित, विभाजित एवं दुखेको देशमा एकताको मलम लगाउनुपर्छ भन्ने गायक तथा कवि थापाको उद्घोष थियो त्यो।तर आज देश जोडिने उपक्रममा बाँडिएको छ। जोडिनुपर्ने मत र सिद्धान्तको दुरी टाढिँदैछ। मुलुक आफ्नै अस्तित्वको मलामी बनेर क्षितिजमा बिलाउँदै गएको आभाष हुन थालेको छ। यस्तो अवस्थामा आमाको आँसु पुछेरै छाड्ने कसम खाएका उनै कवि तथा गायक थापाको पार्थिव शरीरले यो संसारबाट बिदा लिएको छ। 
पोखराको बाटुलेचौरमा विसं १९८१ साउने संक्रान्तिका दिन खुलेका थापाका आँखा असोज २८ गते मंगलबार बिहान पाँच बजे ९० वर्षको उमेरमा सदाका लागि बन्द भए।
देश हिजोभन्दा आज जर्जर बन्दो छ। राणा शासन ढालिएको ५ दशकसम्म आमाका आँसु पुछ्ने छोरो जन्मिएन। बहुदलीय प्रजातन्त्रपूर्वका राजनीतिक दलले थापाका गीत–कवितालाई परिवर्तनको नारा बनाए। परिवर्तनको उद्घोष गर्न टुँडीखेलमा नेपाली कांग्रेसले जनसागर उतारेको थियो। भाषणका बीच जनसभालाई थापाको यही गीतले गोलबद्ध गरेको उनका समकक्षी कवि तथा साहित्यकार बताउँछन्। 
प्रवासी नेपाली छरिएका दार्जिलिङ, भाक्सु, सिम्ला, सिक्किम, गृहावटी, देहरादून, सिलोङ, मेघालय र बर्माका बस्ती–बस्तीमा उनका गीत सदाबहार रुपमा गुन्जिरहन्छन्। लोकतन्त्रले भोगेका समस्या र समाधानका विकल्प थापाले उहिल्यै औंल्याएका थिए। उनका गीतमा इतिहास र मानिसका सम्बन्धको झंकार बज्ने गर्थ्यो। तर, त्यो धून साँचो अर्थमा लोकतन्त्रले आत्मसात गर्न सकेको छैन।
सेतीका बाछिटा र फेवातालका स्थिर पानीका छालसँग खेलेर कवि थापाको बाल्यकाल बितेको थियो। धवलागिरि र माछापुच्छे्रको छहारीमा लडिबुडी खेल्दै पञ्चासे र नौडाडाँलाई चुम्न आउने झुल्केघामसँगै उनले लोकजीवन सुसेल्न सिकेका थिए। प्रकृतिको यही सेरोफेरोमा उनमा काव्यरस पसेको थापा सुनाउँथे।
मानव संवेदनालाई सरल रुपमा साहित्यमा उतार्नु, राष्ट्र र राष्ट्रियताको छवि सदा उचो राख्नु उनको काव्यिक सरसता थियो। कवितालाई झ्याउरे लयमा गाउन सिपालु उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘झ्याउरेको बुलबुल' उपनाम जोडिदिएका थिए। लोक–साहित्य र लोकगीतमार्फत नै उनले राष्ट्रमा योगदान पुर्याेउँदै आए। थापाको गलाबाट प्रभावित तत्कालीन राजा महेन्द्रले योगदानको कदर गर्दै विसं २०१३ मा ‘जनकविकेशरी' को उपाधि दिएका थिए।
राजा महेन्द्रबाट उपाधि पाएकाले लोकतन्त्रले उनलाई राजावादीको पगरी गुथायो, जनतन्त्रविरोधी भनेर हियायो। वास्तवमा तत्कालीन समयमा राजतन्त्रलाई उनले एउटा प्रतीक मात्र मानेका थिए।
शिरमाथि नेपाल आमालाई
काँधमाथि महेन्द्र राजालाई...
तर, उनले देशभन्दा माथि कोही, कसैलाई राखेनन्। माटो हावा र पानीको सुगन्ध गीतमा उन्न सिपालु थापा मातृभूमिका सच्चा पुजारी नै थिए। उनका गीतमा हरदम मौलिकता र राष्ट्रप्रतिको समर्पण पोखिएको थियो। ‘समयभन्दा ठूलो केही थिएन, राजाको उपमा राख्नु बाध्यताको उपज थियो,' उनका जेठा छोरा तथा धर्मराज–सावित्री थापा गुठीका अध्यक्ष मदनराज थापाले बाबुलाई सम्झँदै भने।
थापाविरुद्ध जस्तोसुकै पूर्वाग्रह पालेको भए तापनि लोकतान्त्रिक सरकारले अन्तिम क्षण उनको योगदानलाई बिर्सेन। सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गर्यो । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिएको उनको पार्थिव शरीर मंगलबार नै आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो।
तर उनलाई राजावादी भन्नेहरुले २०४६ सालपूर्व जेल तोडेर भागेका डा. इन्द्रजित कुवँर (केआई सिंह) को गीतमा हौसिएका यी पंक्ति बिर्सनुहुन्न : 
‘क्रान्तिकारी हे वीर के आई सिंह,
कहाँ गयौ जेलखाना तोडेर ...
उक्त गीत गाएपछि उनले एक महिना जेलको चिसोमा बिताउनुपरेको थियो। जनताका गायक भएकैले तत्कालीन सरकार उनलाई छाड्न बाध्य भयो। उनको बोली, गीत र कवितामा एउटै सन्देश हुन्थ्यो– देशभन्दा माथि कोही हुँदैन।' उनका गीतमा प्रथम सगरमाथा आरोही तेन्जिङ शेर्पादेखि बुद्धको महिमासमेत समेटिएको छ।
हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा,गम्केर बज मुजुरा, जन्मेछौ बुद्ध नेपालमा नेपालीजनको मनमा, आज मादल बजेको किन, घर सम्झी रोएको होला डाँडा काटी गएको नेपाली ....
आञ्चलिक लोकजीवनको अध्यननसमेत गरेका थिए जनकवि थापाले। ‘तनहुँ फूलबारी' र ‘चितवन दर्पण' उनका खोजमूलक लोकसाहित्यका पुस्तक हुन्। थापाले मंगली कुसुम, कालीको लहर, गोलसिमल, तिलोत्तमाको भेल, वनचरो, रानीपोखरा, चिरायुलगायत तीन दर्जन बढी गीत, कविता र खण्डकाव्य नेपाली लोकसाहित्यलाई छाडेर गए।
धर्मराज थापाको ‘मंगली कुसुम' खण्डकाव्यले मदन पुरस्कार पाएको थियो। लोकगीत र लोकसाहित्यमा समान योगदान पुर्याजएबापत उनले जगदम्बाश्री पुरस्कारसमेत पाएका थिए। नेपाली साहित्यिक इतिहासमा मदन र जगदम्बाश्री दुवै पुरस्कार पाउने उनी एक्ला व्यक्तित्व हुन्।
समयान्तरमा उनमा एउटै गुनासो र चिन्ता थियो— फेरिँदो समय र आधुनिकताको सनासोमा च्यापिँदै युवाले देश भुलेकोमा। यो माटो, हावापानी र लोक–जीवनभन्दा पर गएर पसिना बगाउँदैमा देश बन्दैन भन्नेमा उनी अडिग थिए। यही सन्देश मिसिएको उनको गीत बोल्छ : 
जन्मेको देशलाई नेपाली भेषलाई
नेपालीले माया मार्योष बरी लै,
मागेर डुल्छन् आँतका भाइ
अरुकै निम्ति लड्दछन् दाइ
रोप्तैछौं हामी, काट्तैछौं हामी
दाइँ हाल्छ अर्कै पाखाको आई
नेपालीले माया मार्यो बरी लै ...
मुलुक हाँक्ने आजका अनुहारलाई उनका गीतका पंक्तिले झापड हानेको छ। विश्व विकासको चुलीमा चढिरहँदा देश अविकासको भुंग्रोमा पिल्सिनु दुर्भाग्य हो। थापाले गाएझैं अचेल इतिहास र मानिसको सोझो सम्बन्धको लय बज्दैन। बज्छ त केवल अशान्ति, अविकास, अभाव र परजीवी हुनुको एउटा अव्यक्त पीडा मात्रै। उनी कवि, गायक र अध्येता मात्र थिएनन्। इतिहासको विनिर्माण गर्ने युगका सच्चा प्रतिनिधिसमेत थिए।
लोकगीत–संगीत गायन, अध्ययन र प्रचारमा सिंगो जीवन खर्चेका थापाले दुनियाँलाई सारंगी र गन्धर्वको परिचय गराएका थिए। बाटुलेचौरका स्व. झलकमान गन्धर्वलाई रेडियो नेपाल ल्याएर जागिर ख्वाएका थापाले टुँडिखेलमा देशभरका गन्धर्वको सम्मेलनसमेत आयोजना गराएका थिए।
सरकारले वा यस क्षेत्रका अगुवाले थापाको अभियानलाई निरन्तरता दिनुपर्छ। लोकगीत र लोक–साहित्यमार्फत जागरण ल्याउने कर्म रोकिनु हुँदैन। ९० वर्षमा विश्राम लिएको धर्मराज थापाको जीवन र कर्मलाई आजको युगले आत्मसात गर्न सके देशप्रतिको आस्था र सभ्यतामा विचलन आउने थिएन। इतिहासका अनेक घुम्ती मिच्दै सपना र कल्पनाको नयाँ सन्धी गर्न खोज्नेले उनको कर्म फर्केर हेरिदिए हुन्थ्यो। 
थापाको एक दशक कम शतकीय जीवन जसरी बिते पनि उनलाई जनताले कहिल्यै नबिर्सने कालजयी गीतहरु सधैं घरघर, मनमनमा गुन्जिरहनेछन् : 




हरियो डाँडामाथि
हलो जोत्ने साथी
हो हो माले हो हो
हो हो तारे हो हो ...
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस