काठमाडौं-रक्सौल–अमलेखगन्ज पेट्रोल पाइप निर्माण र नेपाल आयल निगमको अमलेखगन्ज डिपोको भण्डारण क्षमता विस्तार एकसाथ अघि बढाइने भएको छ। पाइपलाइन बनेपछि त्यसबाट आउने तेल अहिलेको डिपोमा नअटाउने भएकाले दुवै काम एकसाथ अगाडि बढाउने तयारी भएको हो।पाइपलाइन निर्माण भएपछि एकपटकमा तीन हजार किलोलिटर कच्चा तेल आउँछ। डिपोको क्षमता नबढाए उक्त तेल भण्डारण गर्न समस्या हुने नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए।
निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का पदाधिकारीले गरेको प्रारम्भिक अध्ययनले उक्त डिपोको क्षमता विस्तार गर्नुपर्ने देखाएको छ। निगम स्रोतका अनुसार अमलेखगन्जमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताको चारवटा, डिजेलका लागि ११ हजार ६ सय किलोलिटरका चारवटा, हवाई इन्धनका लागि चार हजार एक सय किलोलिटरका तीनवटा र मट्टितेलका लागि दुई हजार तीन सय किलोलिटर क्षमताका दुईवटा भण्डार निर्माण गर्नुपर्ने छ।
निगमका अनुसार हाल उक्त डिपोमा २३ हजार ६ सय ४० किलोलिटर इन्धन मौज्दात राख्न सक्ने क्षमता छ। निगमसँग अहिले रहेकामध्ये सबैभन्दा बढी भण्डारण क्षमता अमलेखगन्जकै छ। पाइपलाइन निर्माण भएपछि यसले नपुग्ने निगमका अधिकारीको भनाइ छ। पाइपलाइन बनेपछि ७५ हजार ६ सय किलोलिटर क्षमताको डिपो आवश्यक पर्छ।
निगमले गरेको अध्ययनअनुसार उक्त क्षमताको डिपो बनाउन तीन अर्ब रुपैयाँ लाग्छ। ‘काम गर्दै जाँदा यो रकम घटबढ हुन पनि सक्छ,' निगमका एक उच्च अधिकारीले बुधबार नागरिकसँग भने, ‘यो प्रारम्भिक अध्ययनमात्र हो।' उनका अनुसार अहिले भइरहेको ठाउँमै क्षमता विस्तार गर्न लागिएको हो। ‘अमलेखगन्जमा जति ठाउँ छ, त्यसैमा क्षमता बढाउने योजना बनाएका छौं,' उनले भने।
प्रवक्ता घिमिरेका अनुसार निगम र आइओसीका पदाधिकारीबीच समझदारीपत्रको मस्यौदा तयार भएको छ। अहिले अर्थ, परराष्ट्र र वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उक्त मस्यौदामाथि छलफल भइरहेको छ। छलफल सकिएपछि निगम र आइओसीबीच पाइपलाइन निर्माणका लागि सम्झौता हुने उनको भनाइ छ। पाइपलाइन निर्माण सुरु भएलगत्तै डिपोको क्षमता विस्तारको काम पनि अघि बढ्ने बुझिएको छ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारसँग पाइपलाइन तथा अमलेखगन्ज डिपोको क्षमता विस्तारका लागि आग्रह गरेको छ। ‘पाइपलाइन र डिपो क्षमता विस्तारका लागि उनीहरू (आइओसी)ले केही कुरा गरेका छैनन्,' निगम स्रोतले भन्यो, ‘सम्भवतः यो योजना भारतले उपहारस्वरुप बनाइदिन्छ।'
अहिलेसम्म डिपोको क्षमता विस्तार तथा पाइपलाइन निर्माणका लागि भन्दै आइओसीको टिम ६ पटकभन्दा बढी निर्माणस्थल पुगेर अध्ययन गरेको छ।
‘हामीले भन्दा बढी आइओसीले चासो दिएको छ,' स्रोतले भन्यो, ‘उनीहरुको सकरात्मक चासोका कारण पनि यो परियोजना उपहारस्वरुप बन्छ।'