काठमाडौं-नेपाल आयल निगमले इन्धनको स्वचालित मूल्य कार्यान्वयन सुरु गरेलगत्तै यसमा आनकानी गरेको छ। अन्तर्राष्ट्रिय बजारअनुसार प्रत्येक १५ दिनमा नयाँ मूल्य तोक्नुपर्नेमा निगम पदाधिकारी र सञ्चालक समितिबीच विवाद भएपछि बिहीबार इन्धनको नयाँ भाउ सार्वजनिक भएन।निगम स्वयं स्वचालित मूल्य प्रणालीबाट पछि हटेको वाण्ज्यि तथा आपूर्ति मन्त्रालयका अधिकारीको भनाइ छ। निगमले असोज १३ गते पेट्रोल र डिजेलबाट स्वचालित मूल्य कार्यान्वयन सुरु गरेको थियो। स्वदेशमा पनि अन्तर्राटि्रय बजारअनुसार मूल्य घटबढ हुने गरी उक्त प्रणाली कार्यान्वयन गरिएको थियो।
निमगलाई इन्धन आपूर्ति गर्ने भारतीय आयल कर्पोरेसन (आइओसी) ले अक्टोबर १६ मा नयाँ मूल्य पठाएपछि नेपाली बजारमा मूल्य घटबढ गर्नुपर्थ्यो। तर निगम पदाधिकारी र सञ्चालक समितिबीच विवाद भएपछि समस्या आयो। आइओसीले नयाँ मूल्य पठाए पनि निगम पुरानै (अक्टोबर १ कै) मूल्य आएको भन्दै पन्छिएको छ। निगम स्रोतका अनुसार आइओसीले बिहीबार पठाएको मूल्य यसअघिको भन्दा कम छ।
मन्त्रालयका प्रवक्ता दीपक सुवेदीका अनुसार आइओसीले नयाँ मूल्य पठाएको छ। उक्त मूल्य लागू गर्न सञ्चालक समितिले निर्देशन पनि दिएको छ। ‘मलाई निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट आफैंले नयाँ मूल्य आएको बताउनुभएको छ,' उनले भने, ‘निगम पदाधिकारीले विश्लेषण गरेपछि नयाँ मूल्य कार्यान्वयनमा आउँछ।'
निगम प्रवक्ता मुकुन्द घिमिरे भने नयाँ मूल्य आउनुपर्नेमा पुरानै आएको दाबी गर्छन्। ‘सुरुमा हामीले आइओसीले पठाएको मूल्य हेरेनौं,' उनले भने, ‘हेर्दा पुरानै देखियो।' पूरानै मूल्य पठाएकाले कार्यान्वयनमा आउन केही दिन लाग्ने उनको भनाइ छ। निगमले असोज १३ गते पेट्रोलको भाउ लिटरमा एक रुपैयाँ ३३ पैसा घटाएको थियो।
सञ्चालक समितिको बैठक बस्नुअघि निगम पदाधिकारीले नै पेट्रोलियम पदार्थको मूल्य घटेको बताएका थिए। बैठक सकिएलगत्तै आइओसीले पूरानै मूल्य पठाएको भन्दै निगमका पदाधिकारी सहजै पन्छिन खोजेका छन्।
सञ्चालक समितिका एकजना सदस्यले नयाँ मूल्य आएको तर आन्तरिक गृहकार्य नपुगेकाले सार्वजनिक नभएको बताए। ‘नयाँ मूल्य आएको छ,' ती सदस्यले भने, ‘कार्यविधिअनुसार क्यालकुलेसन गरेरमात्र घोषणा गर्ने सहमति भएको छ।' कार्यविधिमा भएभन्दा फरक हुन गए पछि समस्या पर्ने भएकाले थप क्यालकुलेसन गर्न समय राखिएको उनको भनाइ छ।
निगमले असोज १३ गते पेट्रोल र डिजेलमा स्वचालित मूल्य कायम गरेको भन्दै पेट्रोलको भाउ घटाएको थियो। स्वचालित मूल्य लागू गर्दा अन्तर्राष्ट्रिय बजारमा घटे यहाँ पनि घट्ने र बढे यहाँ पनि बढ्ने बताएको थियो। निगमले हरेक १५ दिनमा मूल्य हेरफेर गर्ने गरी स्वचालित प्रणालीमा जाने निर्णय गरेको थियो।
पेट्रोलियम पदार्थ बिक्रीमा एकाधिकार पाएको निगमको हालको मासिक खुद नाफा २६ करोड १४ लाख रुपैयाँ छ। यसले अहिले पेट्रोल एक सय ३३ रुपैयाँ ६ पैसा प्रतिलिटरमा बेचिरहेको छ। डिजेल र मट्टितेल एक सय पाँच रुपैयाँ २३ पैसामा बेच्छ।
हवाई इन्धन आन्तरिकतर्फको मूल्य एक सय ४३ रुपैयाँ छ। अन्तर्राष्ट्रियको एक सय ३५ रुपैयाँ ७७ पैसा पर्छ। निगमले खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय ७० रुपैयाँमा बेच्दै आएको छ। ग्यासबाहेक अरु सबै इन्धनमा नाफा छ। निगमले ग्यासमा प्रतिसिलिन्डर पाँच सय ११ रुपैयाँ २८ पैसा नोक्सान बेहोरिरहेको जनाएको छ।
निगमलाई पेट्रोलमा १२ रुपैयाँ, डिजेलमा तीन रुपैयाँ १९ पैसा, मट्टितेलमा १६ रुपैयाँ १९ पैसा, हवाई इन्धन आन्तरिकमा ४१ रुपैयाँ ५८ पैसा र अन्तर्राष्ट्रियमा ५२ रुपैयाँ ९६ पैसा प्रतिलिटर नाफा छ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य कायम गर्न चुनौती पनि छ। स्वचालित मूल्य प्रणाली लागू गरेपछि नयाँ मूल्य आउनुभन्दा केही दिनअघिदेखि व्यवसायीले पेट्रोलियम पदार्थ उठाउन छाडेको निगम स्रोतले बतायो।
निगमका अनुसार हरेक अंग्रेजी महिनाको पहिलो र १६ तारिख आउनुभन्दा केहीअघि व्यवसायीले तेल उठाउन छाडिसकेका छन्। यसो हुँदा स्वचालित मूल्य कार्यान्वयन गर्न अप्ठेरो पर्ने देखिएको छ। नयाँ मूल्य घटेर आउने डरले उनीहरुले इन्धन नउठाएका हुन्। बढ्ने सम्भावना बिक्रेताले बढी माग गर्न सक्ने निगम स्रोतको भनाइ छ।