पेट्रोलियम पदार्थको भाउ घट्यो
०२ कार्तिक २०७१
•
१ मिनेट पाठ
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौं— नेपाल आयल निगमले आइतबार रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलमा दुई रुपैयाँ ५९ पैसा, डिजेल र मट्टितेलमा दुइ रुपैयाँ ६ पैसा घटाएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।इन्डियन आयल कर्पोरेशन (आइओसी)ले बिहीबारै नयाँ मूल्य पठाए पनि दुइ दिन ढिला गरी नयाँ मूल्य समायोज गरेको हो । अव पेट्रोलको मूल्य काठमाडौंका लागि प्रतिलिटर एक सय ३० कायम हुनेछ । अहिले एक सय ३३ रुपैयाँ ६ पैसा पर्छ । डिजेल र मट्टितेल अव प्रतिलिटर एक सय ३ रुपैयाँमा पाइनेछ ।
अर्को समाचार
पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको भाउ घट्यो
१५ भदौ २०७२
•
३ मिनेट पाठ
पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको भाउ घट्यो
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाउने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट सेप्टेम्बर महिनाको नयाँ मूल्य आएपछि भाउ घटाउने निर्णय गरेको हो।

आयल निगमका प्रवक्ता दीपक बोहोराले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको भाउ घटाउने निर्णय भएको जानकारी दिए। घटाइएको भाउ मंगलबार मध्यरातबाट कार्यान्वयनमा आउने उनले बताए।

उनका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँका दरले घटाउने निर्णय भएको छ। अब पेट्रोल प्रतिलिटिर १ सय ४ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ८२ रुपैयाँ तथा ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय रुपैयाँमा पाइने छ।

मंगलबारसम्म पेट्रोल प्रतिलिटिर १ सय ६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल प्रतिलिटर ८४ रुपैयाँ तथा ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय ३५ रुपैयाँ पर्थ्यो। 'आइओसीले सेप्टेम्बर महिनाका लागि नयाँ मूल्य पठाएपछि पेट्रोलियम पदार्थको भाउ त्यसैअनुसार समायोजन गरेका हौं,' प्रवक्ता बोहोराले मंगलबार नागरिकसँग भने।

निगमले यसअघि साउन १५ मा पनि पेट्रोलियम पदार्थको भाउ घटाएको थियो। त्यसबेला पेट्रोल प्रतिलिटिर १ सय ९ रुपैयाँ ५० पैसाबाट ३ रुपैयाँ घटाएर १ सय ६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल प्रतिलिटर ८६ बाट घटाएर ८४ रुपैयाँ तथा ग्यास प्रतिसिलिन्डर १ हजार ४ ७० बाट घटाएर १ हजार ४ सय ३५ रुपैयाँ बनाएको थियो। लगातार घाटामा गइरहेको निगम पेट्रोलियम पदार्थको मूल्य घटाउँदा पनि मासिक ८७ करोड नाफामै रहने प्रवक्ता बोहोराले बताए।

पछिल्लो पटक विश्व बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य घट्ने क्रम जारी रहेपछि नेपालमा पनि भाउ घट्न सुरु भएको हो। निगमले पनि विश्व बजार अनुशरण गर्दै मूल्य समायोजन गर्ने बताउँदै आएको छ। तर, पछिल्लो पटक आफ्नो घाटा कम गर्न मूल्य घटाउन चासो नदिएको आरोप निगममाथि लाग्दै आएको छ।

निगमले आइओसीबाट प्रत्येक अंग्रेजी महिनाको पहिलो तथा १५औं तारिखमा विश्व बजारको भाउ अनुसार मूल्य समायोजन गरेर नयाँ मूल्य तालिका प्राप्त गर्दछ। त्यसअनुसार निगमले भाउ बढे बढाउने र घटे घटाउने भन्दै आएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस