काठमाडौं- युरोपेली युनियनले नेपालको ग्रामीण पूर्वाधारविकास, रोजगारी सिर्जना, शिक्षाको गुणस्तर विकास र सुशासनसुदृढीकरणका लागि करिब ४५ अर्ब रुपैयाँ बराबरसहयोग गर्ने भएको छ।
युनियनले गरेको प्रतिबद्धता विगतको तुलनामा तेब्बर हो। करिबआठ महिनाअघि अर्थमन्त्री रामशरण महत र युनियन पदाधिकारीबीच भएको छलफलमासहयोग रकमतेब्बर पुर्याबउने सहमति भएको थियो।
अर्थमन्त्री महत र युरोपेली युनियनका कमिसनर एन्ड्रिस पिबाल्ग्सको उपस्थितिमा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि युरोपेली युनियनका राजदूत रेन्जी टेनरिकले अर्थमन्त्रालयमा आइतबारसहयोगसम्बन्धी समझादारीपत्रमा हस्ताक्षर गरे। यो सहयोगसन् २०२०सम्मका लागि हो। अबसहयोगअन्तर्गतका कार्यक्रमकार्यान्वयनको बाटो खुलेको छ।
कार्यक्रममा महतले ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माणमा युनियनको सहयोग महत्वपूर्ण हुने बताए। उनले सहयोगकार्यान्वयनबाट नेपाललाई विकासशील मुलुकको स्तरमा उकाल्ने सरकारी लक्ष्यमा मद्दत पुग्ने बताए।सरकारले उच्च आर्थिक वृद्धिको लागि आक्रामकरुपमा काम गरिरहेको महतको भनाइ छ। उनले लामो हिंसात्मक द्वन्द्व र संक्रमणकालबाट गुजि्रनुपरे पनि नेपालले सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको र अझै सुधारका लागि सरकार प्रयत्नरत रहेको बताए।
पूर्वाधार निर्माणसरकारीप्राथमिकतामा परेको चर्चा गर्दै अर्थमन्त्री महतले यसले नेपालमा लगानी बढाउन र उच्च आर्थिक वृद्धि हासिल गर्न ठोस सहयोग पुग्नेबताए। उनले युनियनबाहेक युरोपियन इन्भेस्टमेन्ट बैंकबाट आगामी दिनमा विशेषगरी ऊर्जा, कृषि र पूर्वाधारक्षेत्रमा सहयोग जुट्ने विश्वास व्यक्त गरे।
कमिसनर पिबाल्ग्सलेयुनियनले नेपाललाई दिँदै आएको सहयोग बढाएर तेब्बर पुर्या एको जानकारी गराउँदै यो ग्रामीण पूर्वाधार, शैक्षिक गुणस्तर सुधार, विकेन्द्रीकरण तथा लोकतान्त्रिक सुशासन र व्यवस्थापनमा खर्च हुने बताए।
नेपाली जनताले लामो समयदेखिको द्वन्द्व र संक्रमणकालपार गरेको भन्दै उनले शान्तिपूर्ण र लोकतान्त्रिकसंक्रमण व्यवस्थापनमा सहयोग पुर्याउन सहयोग तेब्बर पारिएको प्रस्ट्याए। 'यो सहयोगले नेपाललाई शहस्राब्दी विकास लक्ष्य हासिल गर्न पनि ठोस सहयोग पुग्नेछ,' उनले भने, 'नेपालको आर्थिक, सामाजिक विकासमा सहयोग गर्न पाउँदा अत्यन्तै खुसी छौं।'
युरोपियन युनियन र यरोपका मुलुकहरु नेपाललाई सहयोग दिने सबैभन्दा ठूलो समूहको रुपमा छन्। पछिल्लो तीन दशकमा युरोपियन युनियनले नेपालको शिक्षा, स्वास्थ्य, शान्ति, स्थायित्व, पर्यावरण संरक्षण, खाद्य सुरक्षा, प्राकृतिक विपद व्यवस्थापन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ।