रत्ननगर- चितवनका उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरी सक्रिय हुने भएको छ। चन्दा, तोडफोड तथा मजदुर आन्दोलनका कारण बेलाबेलामा दुःख पाइरहेका उद्योगी व्यवसायी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलका पदाधिकारीबीच उद्योग सुरक्षाका लागि संयुक्त पहल थाल्ने सहमतिसमेत भएको छ।
उद्योग क्षेत्र वरपर सशस्त्र प्रहरीले गस्ती गर्ने तथा सुरक्षाका अन्य रणनीतिसमेत अपनाउने सशस्त्र प्रहरी सीमा सुरक्षा बल आँपटारीका प्रमुख शम्भु उप्रेतीले बताए। चितवनस्थित उद्योगको सुक्ष्म अध्ययनका लागि नक्सा तयार पार्ने तथा तिनका गतिविधिमा निगरानी राख्ने, समस्या आइपरे तत्काल सम्पर्कमा आउने रणनीति अख्तियार गर्ने, उद्योगका महत्वपूर्ण गतिविधिका बारेमा सुरक्षा निकायमा जानकारी दिने र उद्योग सुरक्षाका लागि भूमिका निर्वाह गरिने उनले जानकारी दिए।
चितवन उद्योग सङ्घका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, ताराप्रसाद पौडेल, वर्तमान महासचिव राजु पौडेललगायतका पदाधिकारी तथा सशस्त्र प्रहरीबीच औद्योगिक सुरक्षाका लागि मिलेर अघि बढ्ने सहमतिसमेत भएको छ।
व्यापारिक केन्द्रका रुपमा विस्तारित हुँदै गएको चितवनमा व्यवसायी र उद्योगीको सुरक्षाका लागि राम्रो व्यवस्था नभएको गुनासो व्यवसायीले गर्दै आएका थिए। रासस