नाफा नियन्त्रणमा व्यवसायीको विरोध
०३ कार्तिक २०७१
•
६ मिनेट पाठ
नाफा नियन्त्रणमा व्यवसायीको विरोध
काठमाडौं मुलुकमा खुला बजार अर्थनीति भएको भन्दै व्यवसायीले अधिकतम खुद्रा मूल्य (एमआरपी) आफैं तोक्न पाउनुपर्ने माग गरेका छन्। नाफा नियन्त्रणको उद्देश्यसहित सरकारले गर्न लागेको बजार अनुगमनको पनि उनीहरुले विरोध गरे। सरकारले अनुगमनमा २० प्रतिशतभन्दा धेरै नाफा लिएको भेटिए व्यवसायीलाई कारबाही गर्ने बताएपछि विरोध भएको हो।वाणिज्य मन्त्रालयले तिहारमा बढी उपभोग हुने सामानमा विशेष अनुगमन गर्न वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई निर्देशन दिइसकेको छ। मन्त्रालयका अनुसार २० प्रतिशतभन्दा धेरै नाफा लिएको भेटिए त्यस्ता व्यवसायीलाई कालोबजारी ऐन २०३१ अनुसार कारबाही हुने छ। 
‘तिहारमा धेरै उपभोग हुने सामान मिठाइ, खाद्यान्न, झिलिमिली बत्तीजस्ता सामानको मूल्य अनुगमन गर्न निर्देशन दिएका छौं,' वाणिज्य मन्त्रालयमा सहसचिव दिपक सुवेदीले भने, ‘विभागले छिट्टै काम सुरु गर्छ।'
संयुक्त बजार अनुगमन निर्देशिकाअनुसार अनुगमन गर्न लागेको सुवेदीले बताए। संयुक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, नेपाल गुणस्तर तथा नापतौल र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलगायत अन्य सरोकारवाला निकायका प्रतिनिधि सहभागी हुने छन्। 
अनुगमन सुरु नहुँदै व्यवसायीले विरोध गरेका छन्। तिहारलक्षित अनुगमन थालनी झिलिमिली बत्तीबाट हुन लागेको छ। व्यवसायी भने नाफा खोजेर कारबाही गर्नु उचित नहुने बताउँछन्। 
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नाफा खाए भनेर व्यापारीलाई कारबाही गर्नु उचित नभएको बताए। कालोबजारी ऐन २०३१ मा २० प्रतिशतभन्दा धेरै नाफा लिनेलाई कारबाही गर्ने प्रावधान भए पनि यो धेरै पुरानो भइसक्यो,' श्रेष्ठले भने, ‘अहिले खुला प्रतिस्पर्धा छ। यो कानुन बजार सरकारले कन्ट्रोलमा लिएको बेलाको हो।' 
‘कालोबजारी ऐन कन्ट्रोल मार्केट भएको अवस्थाको हो। त्यतिखेर सम्पूर्ण बजार सरकारी अधीनमा थियो,' श्रेष्ठले भने, ‘त्यो अवस्थाको कानुन अहिले सान्दर्भिक हुँदैन।' उनले अहिलेको बजार प्रतिस्पर्धी भएकाले कसैले धेरै नाफा लिन्छ भन्ने उपभोक्ता अर्को पसलमा जान सक्ने बताए। 
अनुगनमको तरिका ठीक नभएको कुरा मन्त्रालयका सचिवलाई भेटेर भनेको श्रेष्ठ बताए। ‘हामीले उहाँलाई भेटेर यो तरिका ठीक भएन भनेका छौं,' श्रेष्ठले भने, ‘उहाँले ऐनअनुसार नै हुने बताउनुभयो।' मन्त्रालयको तयारीबाट विद्युतीय सामग्री व्यवसायी धेरै अत्तालिएको श्रेष्ठले बताए। 
सुबेदीले चाडपर्वको बेला व्यावसायीले लिने धेरै नाफा र ठगी रोक्न अनुगमन गर्न लागेको बताए। ‘अनुगमन गर्दा २० प्रतिशतभन्दा धेरै नाफा लिएको पाइए व्यवसायीलाई कारबाही गर्छौं,' सुवेदीले भने, ‘कालोबजारी ऐन २०३१ अहिले पनि कार्यान्वयनमा छ। व्यवसायीले यसलाई मान्दैनौं भन्न पाउँदैनन्।' 
खरिद र बिक्रीको फरक हेरेर नाफाका आधारमा कारबाही गर्न नमिल्ने भन्दै श्रेष्ठले व्यवसायीले घर भाडा, कर्मचारी खर्च, दैनिक खर्च हेरेर नाफा राख्न पाउनुपर्ने तर्क गरे। ‘सम्पूर्ण नाफाको कर त व्यवसायीले तिर्छन्,' उनले भने, ‘कर, भ्याट नतिरेको भए पो कारबाही गर्नु त।' 
सुवेदी भने किनेको मूल्यमा ढुवानी भाडा, कर्मचारी खर्चलगायत अन्य सम्पूर्ण लागत जोडिने हुनाले व्यवसायीले २० प्रतिशतभन्दा धेरै नाफा लिन नपाउने बताउँछन्। ‘२० प्रतिशत उनीहरूलाई पर्याप्त हुन्छ,' सुवेदीले भने, ‘खुला बजार भनेको जति पनि नाफा लिन पाउने होइन।' नाफाको विषयमा ऐनले प्रस्ट पारेको बताउँदै सुवेदीले ऐनअनुसार जाने र नमान्नेलाई कारबाही गर्ने दोहोर्यानए। 
व्यवसायीले नाफालाई नै लिएर अनुगमन भए विरोध गर्ने जनाइसकेका छन्। विद्युतीय सामान दैनिक उपभोग्य वस्तु नभएकाले यसमा नाफा तोक्न नमिल्ले श्रेष्ठको भनाइ छ। यो सामान वर्षमा एकपटक मात्र बिक्री हुने भएकाले दूध, चामल, चिनी जस्ता दैनिक उपभोग्य वस्तुको रुपमा नलिन उनले सरकारलाई अनुरोध गरे। 
महासंघका श्रेष्ठले सरकारको अनुगमनको तरिका पनि ठीक नभएको बताए। उनको प्रश्न छ, ‘सधैं दसै, तिहारमा मात्र अनुगमन किन? हामीले उहाँहरूको इन्टेसनमा प्रश्न गर्ने ठाउँ छ।' 
वाणिज्य विभागका निर्देशक पुरुषोत्तम सुवेदीले छिट्टै अनुगमन गर्न लगेको बताए। ‘संयुक्त टोली बनाएर अनुगमन गर्दैछौं,' उनले भने।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस