काठमाडौं-बिनाभेदभाव बिजुली खरिदबिक्रीको आधार तय गर्दै नेपाल–भारत विद्युत व्यापार सम्झौता (पिटिए) औपचारिक रूपमा टुंगिएको छ। दुई देशका ऊर्जासचिवले मंगलबार सम्झौतामा अन्तिम हस्ताक्षर गरेपछि यहाँ उत्पादित बिजुलीले अन्तर्राष्ट्रिय मूल्य पाउने आधार स्पष्ट भएको हो। ऊर्जासचिव राजेन्द्रकिशोर क्षत्री र उनका भारतीय समकक्षी प्रदीपकुमार सिन्हाले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पिटिए हस्ताक्षर गरेका हुन्।ऊर्जामन्त्री राधा ज्ञवाली र भारतीय राजदूत रणजित रायको रोहबरमा भएको सम्झौतापछि नेपालमा उत्पादित बिजुली भारत हुँदै क्षेत्रीय तथा सार्क राष्ट्रमा व्यापार गर्न सकिने आधार तय भएको छ।
ऊर्जासचिव राजेन्द्रकिशोर क्षत्रीले सन् २०१० देखि प्रयास हुँदै आएको पिटिए टुंगिनु ऐतिहासिक सफलता भएको बताए। ‘बिजुली व्यापारका जुनसुकै विषय यसले समेटेको छ,' सम्झौता हस्ताक्षरपछि उनले भने, ‘पिटिए कार्यान्वयन गरी दीर्घकालसम्म निरन्तरता दिन वर्षको दुईपटक छलफल गर्नुपर्छ।'
बिजुली व्यापारका लागि विश्वव्यापी रूपमा अपनाइने आधारभूत मापदण्ड समावेश गरिएकाले यो सम्झौता सजिलै कार्यान्वयनमा आउने क्षत्रीले दाबी गरे। ‘दक्षिण एसियामा बिजुली व्यापार गर्ने दीर्घकालीन लक्ष्यका साथ सम्झौता गरिएको हो,' उनले भने, ‘बिजुलीको खाँचो भारतलाई पनि उत्तिकै छ, त्यसैले कार्यान्वयनमा शंका छैन।'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण क्रममा ‘४५ दिनभित्र पिटिए टुंग्याउन' सुझाव दिएका थिए। मोदीको भनाइ जोड्दै भारतका विद्युतसचिव सिन्हाले दुई देशबीच ऊर्जा व्यापारलाई यो सम्झौताले फराकिलो बनाउने बताए।
‘पिटिएले नेपाल र भारतबीच बिजुली खरिदबिक्री गर्न स्थायी संयन्त्र खुलाइदिएको छ,' उनले भने, ‘अब अन्तरदेशीय संयन्त्र वा बोर्ड गठन गर्नुपर्छ, जसले ऊर्जा व्यापार सहजीकरण गर्नेछ।'
पिटिएको औपचारिक टुंगो लागेकाले नेपाल र भारतले अब ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई जोड दिनुपर्ने देखिएको छ। यो प्रसारण लाइनमार्फत नेपालले सन् २०१५ जुनदेखि १ सय ५० मेगावाट बिजुली किन्ने सम्झौता गरेको छ। तोकिएको समयमा लाइन बन्न नसके लक्षित बिजुली किन्न सकिँदैन। वर्षामा बढी हुने बिजुली भारत निर्यात गर्न पनि समस्या हुनेछ।
दुवै देशले बिजुली व्यापारका लागि सीमा क्षेत्रका प्रसारण लाइन निर्माण, सुधार, स्तरोन्नतिमा जोड दिनुपर्ने ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्। सुरुका केही वर्ष भारतबाट बिजुली आयात नेपालको बाध्यता हुनेछ। सन् २०१७ पछि भने वर्षामा बढी हुने झन्डै १ हजारदेखि १ हजार २ सय मेगावाट बिजुली निकासी गर्नुको विकल्प हुने छैन। यसका लागि पनि प्रसारण लाइन विस्तार गर्दै नयाँ बनाउनु जरुरी देखिएको छ। हाल नेपालले विभिन्न नाकामार्फत करिब २ सय मेगावाट बिजुली आयात गरिरहेको छ।
भारततर्फबाट साउन २ गते आएको पिटिए मस्यौदामा शतप्रतिशत भारतीय वा नेपाली कम्पनीसँग सहकार्य गरेर मात्र आयोजना बनाउन सकिने उल्लेख थियो। यो बुँदा हटाएर सम्झौता भएकाले जुनसुकै देशका कम्पनीले यहाँ लगानी गर्न सक्ने आधार तय भएको छ।
यो सम्झौता सुरुमा २५ वर्षका लागि भएको हो। त्यसपछि हरेक १० वर्षमा स्वतः नवीकरण भएको मानिनेछ। कुनै एक पक्षले बीचमै खारेज गर्न चाहे अर्को पक्षलाई तीन महिनाअघि लिखित सूचना वा जानकारी दिनुपर्नेछ। व्यापार क्रममा प्रसारण लाइन निर्माण, प्रसारण आबद्धता, विद्युत आदानप्रदान र व्यापारमा दुई देशका सरकारलाई मान्य हुने सरकारी तथा निजी कम्पनीले काम गर्नुपर्नेछ।
भारतले यसअघि पठाएको मस्यौदामा नेपाललाई आवश्यक बिजुलीको ग्यारेन्टी भइसकेकाले बढी भएको बिजुली उसकै सर्तमा बेच्नुपर्ने र त्यसको मूल्य भारतको चलनचल्तीको बजारभाउभन्दा कम हुनुपर्ने उल्लेख थियो। सम्झौताअनुसार अब बिजुली निर्यात वा आयात गर्दा दुवै देशले बिजुलीमा कर, भ्याट वा अन्य कुनै शुल्क लगाउन पाउने छैनन्।
एकले अर्को देशमा अन्तरदेशीय प्रसारण लाइनमार्फत बिजुली निर्यात वा आयात गर्दा सम्बन्धित देशको कानुन ख्याल गर्नुपर्नेछ। पिटिएपछि नेपाले भारतलगायत, बंगलादेश, पाकिस्तान वा भुटानसँग पनि बिजुली किनबेच गर्न सक्नेछ। यसअघि नेपालको बिजुली बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्न समस्या थियो।
प्रसारण लाइन निर्माण तथा क्षमता विस्तार गर्दै सार्क क्षेत्र र उपक्षेत्रसम्म बिजुलीको साझा बजार विस्तार गर्न सकिने परिकल्पना सम्झौतामा गरिएको छ। दुवै देशका विद्युत व्यापार कम्पनीले उत्पादन र मागका आधारमा बिजुली किन्न र खरिद गर्न सहजीकरण गर्न सक्ने व्यवस्था गरिएको छ। यो सम्झौताले नेपाललाई अन्य देशसँग कुनै सम्झौता गर्न अवरोध नहुने पनि भारतीय विद्युतसचिव सिन्हाले दोहोर्याेए।