काठमाडौं-गुल्मी पुर्कोटका प्रकाश केसीले कुकुरका छाउरा उत्पादन गर्न लागेको चार वर्ष भयो। काठमाडौं, कीर्तिपुरमा कुखुरापालन गरिरहेका केसीले आम्दानी धेरै देखेर यता लागेको बताए।
अहिले उनीसँग छाउरा, पोथी र भाले गरी २० वटा कुकुर छन्। ‘महिनामा ३०–३५ हजार रुपैयाँ बचत हुन्छ,' केसीले भने।अहिले काठमाडौंमा कुकुर ब्रिडिङ व्यवसाय फस्टाउँदो छ। केसीका अनुसार कीर्तिपुर क्षेत्रमै लगभग १५ वटा ब्रिडिङ केन्द्र छन्। काठमाडैंमा सबैभन्दा धेरै कुकुर ब्रिडिङ गर्ने क्षेत्र पनि कीर्तिपुर नै हो। पाँच वर्षदेखि कुकुर बेचबिखन गरिहेका ललितपुरका दिनेश केसी भन्छन्, ‘कीर्तिपुरमा सबैभन्दा धेरै कुकुर उत्पादन गरिन्छ।' उनका अनुसार काठमाडौं उपत्यकामा ३० हाराहारी ब्रिडिङ केन्द्र छन्।
पछिल्लो समय काठमाडौंमा कुकुर पाल्ने चलन निक्कै बढेको छ। व्यापार पनि धेरै हुन थालेको छ। व्यवसाय बढे पनि मूल्य भने निरन्तर घटिरहेको व्यवसायी बताउँछन्। व्यवसायीबाहेक कुकुर पालेका घरमा पनि छाउरा उत्पादन हुन्छ। पाल्ने चलन बढे पनि मूल्य भने घटेको दिनेश बताउँछन्।
घरमा दुई–तीनवटा कुकुर पाल्ने, ब्रिडिङ गर्ने र बेच्ने चलन धेरै छ। यसले गर्दा यसैको व्यापार गरेर बसेकालाई घाटा भएको प्रकाशको अनुभव छ। ‘पहिला एउटा छाउराको १२/१५ हजार पर्थ्यौ,' प्रकाशले भने, ‘अचेल त ५/६ हजार पनि पाउन मुस्किल छ।'
प्रकाशले अहिले जर्मन सेफर्ड, गोल्डेन रिटिभर, ल्याबोटर, पगलगायत जातका कुकुरका छाउरा उत्पादन गरिहेका छन्। उनका अनुसार राम्रो पालनपोषण भयो भने एउटा कुकुरले १४ महिनामा दुईपटक छाउरा जन्माउँछ। एकपटकमा १३ वटासम्म जन्माएको उनको अनुभव छ।
दिनेशले पनि कुकुर व्यवसाय बढिरहेको बताए। ‘मैले महिनामा ३० देखि ४० वटासम्म कुकुर बेच्ने गरेको छु,' दिनेशले भने, ‘मूल्य घटे पनि व्यवसाय बढ्दो छ।'
नेपालमा विदेशबाट पनि कुकुर आयात हुन्छ। भारतको नयाँ दिल्ली, कोलकाता, पञ्जावलगायत ठाउँबाट व्यवसाय गर्न छाउरा ल्याउने गरिन्छ।
कुकुर व्यवसायसँगै यसको दाना आयात पनि बढेको सम्बन्धित बताउँछन्। पशु चिकित्सक डा. भुपेन्द्र खनियाका अनुसार नेपालमा अहिले महिनाको ३० देखि ३५ टन डगफुडको माग छ। मागसँगै विदेशी डगफुड पनि भित्रिन थालेको छ। अहिले बजारमा अमेरिकन कम्पनीको पेडिग्री, भारतको डल्स् लगायत स्टार्ट हर्ट, कुरिमा, न्यु ट्रपेट, पेट फुड, पेल मिलजस्ता कुकुरको खाना पाइन्छ।
कृषि विभाग ललितपुरका पशु प्राविधिक रामप्रसाद न्यौपानेले पनि काठमाडैंमा कुकुर पाल्ने चलन हरेक वर्ष बढ्दै गएको बताए। लामो समयदेखि मुना भेट नामको पसल चलाएका न्यौपानेका अनुसार अहिले काठमाडौंमा वार्षिक सात करोड २० लाख रुपैयाँ हाराहारी कुकुरको कारोबार हुने बताए।
उनका अनुसार सन् १९७३ मा काठमाडौंमा क्यानल क्लब दर्ता भएर पहिलो कारोबार सुरु गरेको थियो। ४० वर्षअघि व्यावसायिक रुपमा कारोबार सुरु भएको यो व्यवसायमा अहिले आधिकारिक रुपमा ३० वटा क्यानल क्लब वा भेट फर्मा रहेको उनले जानकारी गराए।
उनका अनुसार विभिन्न क्यानल क्लबको तथ्यांकअनुसार काठमाडौंमा ५० देखि ७० हजार घरपालुवा कुकुर छन्। यसैको हाराहारीमा भुस्याहा कुकुर रहेको उनले बताए।
कुकुरको व्यावसाय बढेसँगै यसमा प्रत्यक्ष रोजगारीको अवसर पनि बढ्दो छ। भेटनरी डाक्टरले धेरै काम पनि पाएका छन्। न्यौपानेका अनुसार काठमाडौंमा अहिले २ सयमा हाराहारीमा तालिम प्राप्त कुकुर प्राविधिकहरू निजीरुपमा कार्यरत छन्। त्यसैगरी ५ सयको हाराहारी मार्केटिङ गर्नेहरू छन्।