आइसिसी क्रिकेट लिग : वर्षाले नेपाललाई जीवनदान (फोटोफिचर)
१० कार्तिक २०७१
•
९ मिनेट पाठ
आइसिसी क्रिकेट लिग : वर्षाले नेपाललाई जीवनदान (फोटोफिचर)
काठमाडौं– अमेरिकासँगको खेल वर्षाले अनिर्णित भएपछि विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले अर्को जीवनदान पाएको छ। मलेसियामा भइरहेको यी दुई टोलीबीचको खेल मंगलबार टसबाटै सुरु हुनेछ। किनरारा एकेडेमी ओभलमा टस जितेको अमेरिकालाई नेपालले ४७.३ ओभरमा २ सय ४ रनमै अलआउट गरेको थियो। नेपालको ब्याटिङ सुरु हुनेक्रममा खेल वर्षाले बिथोलेको थियो। पछि नेपाललाई डकवर्थ लुइस पद्धतिमा ३० ओभरमा १ सय ६२ रनको लक्ष्य दिइएको थियो।
नेपालले ७ ओभरमा २७ रनमात्र बनाउँदा ३ विकेट गुमाइसकेको अवस्थामा पुनः वर्षा भएपछि खेल रद्द हुन पुगेको थियो। प्रतियोगिताको नियमनुसार मंगलबार विश्रामका दिन यी दुई टोली फेरि सुरुबाट खेल्ने भएका हुन्। सन् २०१० को इटालीमा भएको डिभिजन ४ मा पनि वर्षाले बीचैमा खेल बिथोलिँदा नेपाल र अमेरिकाले अर्को दिन सुरुबाट खेलेका थिए। मलेसियाले सोमबार शीर्ष स्थानमा रहेको युगान्डालाई पराजित गरेकाले अमेरिकासँगको सम्भावित हारले नेपाललाई प्रतियोगिताबाटै बाहिर पठाउन पनि सक्थ्यो।

Nepal players warming up

खेल सुरु हुनुअघि वार्मअप गर्दै नेपाली खेलाडी।

 

युगान्डालाई ३९ ओभरमा १ सय ६ रनमा अलआउट गरेपछि मलेसियाले २१ ओभरमा लक्ष्य पूरा गरेको थियो। सिंगापुर र बर्मुडाबीचको खेल पनि अनिर्णित भएको छ। सिंगापुरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ६६ रन बनाएपछि वर्षाले थप खेल हुन दिएन। सिंगापुर र बर्मुडाको स्थगित खेल पनि मंगलबारै हुनेछ।

Captains and Match official

टसको तयारी ।

 

युगान्डाले ४ खेलमा ६ अंक बटुलेको छ। नेपालको ३ खेलमा ४ र मलेसियाको ४ खेलमा ४ अंक छ। नेपाल रन रेटमा मलेसियाभन्दा निकै अगाडि छ। नेपालको प्लस २.४१४ को तुलनामा मलेसियाको प्लस ०.४६० मात्र रन रेट छ। नेपालले अमेरिकालाई पराजित गरेमा डिभिजन २ को फाइनलमा पुग्ने सम्भावना लगभग निश्चित हुनेछ। नेपाल र मलेसिया बुधबार राउन्ड रोबिनको अन्तिम खेलमा भिडने छन्।

Nepal team photo

नेपाली टोली।

 

नेपाली बलिङको चमक

ओपनर स्टेभन टेलर सुरुआतमै आउट गरे पनि कप्तान स्टिभ मसिह र फाहाद बाबरले सुरुआतमा नेपाली बलरमाथि हावी हुँदा अमेरिकाले अघिल्लो वर्ष बर्मुडा भएको डिभिजन ३ को पछिल्लो खेलको संकेत गरेको थियो। अमेरिकाले बर्मुडामा ३ सय ६६ रन बनाउँदै नेपालसँगको खेल ९४ रनले जितेको थियो।

Nepal toss

टस गर्दै नेपाली टोलीका क्याप्टेन पारस खड्का।

 

भेट्रान मसिह र बाबरले अमेरिकालाई २८औं ओभरमा १ सय ३६ रनमा पुर्‍याइसकेका थिए। त्यसपछि नेपालले २० ओभरभित्र केवल ६८ रनमात्र दिएर ७ विकेट खोस्दै खेलमा फर्केको थियो। अघिल्लो दिन ४ विकेट लिएका सोमपाल कामीले फेरि विकेट लिए भने स्पिनरहरु शक्ति गौचन, वसन्त रेग्मी र सागर पुनले २–२ विकेट लिँदै नेपालको उत्कृष्ट पुनरागमनको कथा रचेका थिए।

Nepal players listening to their captain before the match

खेल सुरु हुनुअघि क्याप्टेनको कुरा सुन्दै नेपाली खेलाडी।

 

नेपालविरुद्ध बर्मुडामा १ सय ६२ रन बनाएका टेलरलाई तीब्र बलर सोमपालले ११ रनमै पवेलियन फर्काएका थिए। मसिहले आफुले सामना गरेको दोस्रो बलमै सोमपाललाई चौका प्रहार गरी आक्रामक खेल्ने संकेत दिएका थिए। बाबरसँग दोस्रो विकेटमा २१ ओभरमा १ सय १२ रनको साझेदारी गरेका मसिहले ७४ रन बनाए। ६० बलको इनिङ्समा उनले ५ चौका प्रहार गरे। मसिहले नेपालका तीब्र बलर अमृत भट्टराई तथा सागर पुनलाई १–१ एवं वसन्तलाई ३ गरी कुल ५ छक्का प्रहार गरे।

Steven Taylor misses the ball

अमेरिकी ओपनर स्टेभन टेलर।

 

अमेरिकी इनिङ्सका अर्को छक्का बाबरले सागरलाई २८औं ओभरमा प्रहार गरे। त्यसको ३ बलपछि सागरले बाबरलाई सुवासको हातबाट स्टम्प गराए। अर्को ओभरमा शक्तिले मसिहलाई आउट गरेपछि नेपाली बलर अमेरिकामाथि हावी हुन पुगेका थिए। देव्रेहाते स्पिनर शक्तिको इकोनोमी बलिङले गर्दा साढे ५ को रनरेटमा ब्याटिङ गरिरहेको अमेरिकाको रन रेट साढे चारभन्दा मुनि झरेको थियो।

Shakti Prasad Gauchan bowls

शक्ति गौचन।

 

शक्तिले ९.३ ओभरमा २६ रन मात्र खर्चे। सोमपालले ९ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चे। मसिह र बाबरपछि अमेरिकाबाट सबैभन्दा बढी २८ रन बनाएका श्रीनिसन्थानमलाई सोमपालले आउट गरेका थिए। सोमपाल र वसन्त दुवैले प्रतियोगितामा १०–१० विकेट लिइसकेका छन्। मसिहले सुरुमा ब्याट मजाले घुमाउँदा पिटिएका वसन्तले पछि परिपक्व बलिङ गर्दै १० ओभरमा ४३ रन मात्र खर्चिए। छैटौं बलरका रूपमा आएका अफ स्पिनर सागरले ६ ओभरमा ३१ रन खर्चे। अमृतले ७ ओभरमा ३४ र पारसले ६ ओभरमा ३० रन खर्चे पनि कुनै विकेट लिन सकेनन्।

Nepal player looks on

नेपाली खेलाडी।

 

वर्षाका कारण ढिलो सुरु भएको नेपालको इनिङ्समा सुवास र नरेश बुढाऐरले राम्रो सुरुआत गरेका थिए। सुवासले पहिलो ओभरमै चौका प्रहार गरेपछि नेपालले ७ रन जोड्यो। अर्को ओभरमा सुवास र नरेशले १–१ चौका प्रहार गरेपछि नेपालको २ ओभरमा १६ रन भएको थियो। तर वेस्टइन्डिजका पूर्व तीब्र बलर जेरमाइन लावसनले आफ्नो दुई ओभरमै खेलको नक्सा परिवर्तन गरिदिए।

Nepal celebrates

खेल हेर्न अाएका नेपाली दर्शक।

 

वेस्ट इन्डिजबाट १७ टेस्ट खेलिसकेका लावसनले तेस्रो ओभरमा सुवासलाई आउट गरे। अर्को ओभरमा इल्मोर हुचिन्सनले नरेशलाई आउट गरे। सुवास र नरेश दुवै ८ रनमा आउट भए। पाँचौं ओभरमा लावसनले उपकप्तान ज्ञानेन्द्र मल्लको विकेट पनि लिए। सिंगापुरसँगको अघिल्लो खेलमा शतक बनाएका ज्ञानेन्द्र ६ बल खेली खाता नखोली पवेलियन फर्किए। नेपालका तीनै ब्याट्सम्यानले विकेटकिपरलाई क्याच दिएका थिए।

Steve Massiah plays a shot

अमेरिकी क्याप्टेन स्टिभ मसिह ब्याटिङ गर्दै।

 

वर्षाले खेल रोकिँदा पारस ४ र शरद भेषावकर ७ रनमा क्रिजमा थिए। क्वालालम्पुरमा केही दिन अझ वर्षा हुने भविष्यवाणी भएकाले डिभिजन ३ का खेलहरू थप प्रभावित हुने अनुमान गरिएको छ।

Sompal Kami bowls

साेमपाल कामी।

 

Paras Khadka bowls

पारस खड्का।

 

सबै तस्बिर सौजन्य: अाइसिसी



अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस