काठमाडौं-सरकारले पहिलोपटक कम्पनी रजिस्ट्रारको कार्यालय राजधानीबाहिर विराटनगरमा सञ्चालनमा ल्याएको छ। कम्पनी रजिस्ट्रारको केन्द्रीय कार्यालय काठमाडौं, त्रिपुरेश्वरमा छ। यसअघि ललितपुरको जिल्ला घरेलु कार्यालयमा यसको एकाइ कार्यालय सञ्चालनमा ल्याइएको थियो। ललितपुरको जस्तै एकाइ कार्यालय विराटनगरमा पनि खोलिएको हो। उद्योगमन्त्री महेश बस्नेतले बिहीबार यसको औपचारिक उद्घाटन गर्दैछन्।‘पहिलोपटक राजधानीबारिहका जनताले पनि यसबाट सेवा पाउने भएका छन्,' मन्त्री बस्नेतले भने ‘त्यसै दिनदेखि कार्यालयले काम गर्न सुरु गर्नेछ।'
देशभरको काम गर्न राजधानीमा एकमात्र कार्यालयका कारण भएको असुविधालाई ध्यानमा राखेर शाखा विस्तार गर्न लागिएको हो। त्रिपुरेश्वरमा रहेको केन्द्रीय कार्यालयले कम्पनी दर्ता, कर संकलन, कम्पनी नवीकरण, खारेजी, वार्षिक प्रतिवेदन बुझ्ने लगायत काम गर्दै आएको छ। शाखा कार्यालय स्थापन भएपछि यी सबै काम सम्बन्धित शाखाबाटै हुनेछन्।
तत्कालका लागि उक्त कार्यालय विराटनगरको घरेलु कार्यालयमा सञ्चालन हुनेछ। पूर्वाधारहरू नबनिसकेकोले अहिलेलाई घरेलु कार्यालयमा राखिएको कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार शंकर अर्यालले बताए।
बिहीबारदेखि शाखा कार्यालय सुरु भए पनि तत्कालका लागि भने कम्पनी दर्ताको काममात्र हुने अर्यालले जानकारी गराए। ‘अहिले हामीले कम्पनी दर्ताको कामबाट शाखा कार्यालय सुरु गर्दैछौं,' अर्यालले भने, ‘पूर्वाधार संरचना पूरा हुँदै गएपछि सम्पूर्ण काम गरिने छ।' केन्द्रीय कार्यालयको जस्तै अनलाइनबाटै काम सुरु गरिएको छ।
क्षेत्रीय कार्यालय खोल्ने मन्त्रालयको योजनाअनुसार विरानटगरमा शाखा कार्यालय विस्तार गरिएको हो। मन्त्रालयले विराटनगरसहित वीरगन्ज, बुटवल, नेपालगन्ज र धनगढीमा कम्पनी रजिस्ट्रारको कार्यालय स्थापना गर्ने जनाएको छ। मन्त्रालयका अनुसार ती ठाउँमा कम्पनी रजिस्ट्रारको क्षेत्रीय कार्यालय छिट्टै सञ्चालन हुनेछन्।
तत्कालै स्थापना गर्न लागिएको यी कार्यालय हालको लागि सम्बन्धित ठाउँमा रहेका घरेलु जिल्ला कार्यालयमा स्थापना गरिने छ। मन्त्रालयका सहसचिव जीतबहादुर थापाका अनुसार अहिलेलाई घरेलु कार्यालयमा स्थापना गरेर काम सञ्चालन गर्ने र पछि छुट्टै ठाउँमा सारिने छ। ‘कम्पनी ऐन नआउन्जेल यी कार्यालयलाई घरेलु कार्यालय परिसरमा राखिने छ,' थापाले भने, ‘कम्पनी ऐन आएपछि छुट्टै कार्यालय स्थापना गरिने छ।'
मन्त्रालयले कम्पनी ऐन २०६३ परिवर्तन गर्न लागेको छ। यो ऐन परिवर्तन गरेर देशका विभिन्न ठाउँमा कम्पनी रजिस्ट्रारको कार्यालय खोल्न सरोकारावालाले सुझाव दिएकोे मन्त्रालयले जनाएको छ। त्यसैअनुसार कम्पनी ऐन संशोधन गरी शाखा विस्तार गर्न सक्ने बनाइने छ।
नयाँ दर्ता हुने उद्योगको सम्पूर्ण काम अनलाइनमार्फत हुन थालेको मन्त्रालयले जनाएको छ। यसअघि अनलाइन मार्फत काम भइरहे पनि कम्पनी दर्ता गर्दा बुझाउनु पर्ने दस्तुर र प्रमाणपत्र लिन त्रिपुरेश्वर नै धाउनु पर्ने बाध्यता थियो। पुरानो उद्योगको हकमा भने अहिले अनलाइन र म्यानुअल दुवैमा काम भइरहेको मन्त्रालयले जनाएको छ। केही समयपछि दर्ता भइसकेका सम्पूर्ण उद्योगको काम अनलाइनमार्फत नै गर्ने मन्त्रालयको योजना छ।
त्यसैगरी कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइनमार्फत काम गर्दै आए पनि यसलाई ऐनमा समेट्न सकिएको छैन। यस कार्यालयबाट हँुदै आएका अनलाइन सेवालाई कम्पनी ऐनमा समावेश गर्न सुझाव आएका छन्। सुझावका आधारमा ऐन परिवर्तन गरेर शाखा कार्यालय स्थापना गरिने छ।