काठमाडौं-औद्योगिक क्षेत्रमा प्रतिकुल असर पर्ने गरी कुनै पनि काम कारबाही गर्न नपाइने प्रावधानसहित उद्योग मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज) ऐनको मस्यौदालाई अन्तिम रुप दिएको छ। देशमा उद्योगधन्दाको विकास गर्न स्थापना हुने सेजको व्यवस्थित सञ्चालन गर्न बन्न लागेको ऐन लागू भएपछि उद्योगमा कार्यरत मजदुरले हडताल गर्न पाउने छैनन्।तयार भइसकेको र भविष्यमा बन्ने सेज सञ्चालनलाई सहजीकरण गर्न ऐन निर्माणलाई तीव्रता दिइएको उद्योगमन्त्री महेश बस्नेतले बताए। ‘छलफलमा रहेको विशेष आर्थिक क्षेत्र ऐनको मस्यौदालाई अन्तिम रुप दिएका छौं,' मन्त्री बस्नेतले भने, ‘मस्यौदालाई कानुन मन्त्रालयबाट पास गरी छिट्टै मन्त्रिपरिषदबाट संसदमा पेस गर्नेछौं।'
उद्योग मन्त्रालयले ऐनको मस्यौदालाई अन्तिम रुप दिएपछि कानुन मन्त्रालय पठाइने छ। दुई–चार दिनभित्रैमा मस्यौदालाई कानुन मन्त्रालय लगिने उद्योग मन्त्रालयका सहसचिव जीतबहादुर थापाले बताए।
यसअघि अघिल्लो सरकारको पालामा यस मस्यौदालाई अन्तिम रुप दिई कानुन मन्त्रालयबाट मन्त्रिपरिषदमा पेस गरिएको थियो। उतिबेला कुनै पनि उद्योग कलकारखामा मजदुरले बन्द, हडताल गर्न नपाउने प्रावधानमा माओवादीले आपत्ति जनाएको थियो। माओवादीले विरोध गरेपछि उक्त मस्यौदा मन्त्रिपरिषदबाट फिर्ता आएको थियो।
मन्त्रिपरिषदबाट फिर्ता आएपछि उद्योग मन्त्रालयले मस्यौदा पुनः छलफलमा लगेको थियो। सरोकारवालासँग विभिन्न चरणमा छलफल गरेर अन्तिम रुप दिइएको सहसचिव थापाले बताए। ऐनलाई अन्तिम रुप दिन सरोकारवाला निकाय, निजी क्षेत्र र सम्बन्धित मन्त्रालयसँग अन्तिम राय मागिएको थियो। अर्थ, वाणिज्य, श्रम, कानुन मन्त्रालयसँग मस्यौदामा रहेका प्रावधानबारे राय आएपछि उद्योगले अन्तिम रुप दिएको थियो।
यसअघिको मस्यौदामा रहेको बन्द–हडताल गर्न नपाइने प्रावधानमा केही भाषागत सुधार गरी नयाँ मस्यौदा तयार गरिएको छ। यसबाहेक अन्य प्रावधान पुरानै रहेका थापाले बताए।
मस्यौदामा सेजमा स्थापना भएको उद्योगलाई राष्ट्रियकरण नगरिने र पाँच वर्षसम्म आयकर छुटको व्यवस्था छ। त्यसैगरी यो क्षेत्रमा भएको उद्योगले पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत घरबहाल छुट पाउने व्यवस्था छ। उद्योगलाई आवश्यक पर्ने मेसिनरी सामान, स्पेयर पार्टस्, कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धिकर (भ्याट) लाग्दैन। यो क्षेत्रमा स्थापना भएको उद्योगले ७५ प्रतिशत सामान निकासी गर्नुपर्ने लगायतका प्रावधान मस्यौदामा राखिएको छ।
बन्द–हडताल निषेध गर्ने गरी आउन लागेको ऐनले देशमा उद्योग व्यवसाय नियमित रुपमा सञ्चालन गर्न सजिलो हुने व्यवसायी बताउँछन्। देशमा चलेको लामो द्वन्द्व र मजदुर हडतालले सञ्चालनमा रहेका उद्योग व्यवसाय धरासयी भएका थिए। सरकारले सञ्चालन गरेका कतिपय कलकारखा बन्द नै भए भने निजी क्षेत्रको उद्योग पनि मुस्किलले चलेका थिए।