इलाम-‘चिया हेर्न जति सुन्दर, खान उतिनै स्वादिष्ट' रसियन युवती दारिया म्लाचकोभ भन्थिन्, ‘इलाममै चिया–कर्म गरेर बस्छु।' त्यस्तो योजना बुनेर कात्तिक ५ गते इलाम आइपुगेकी उनको मकवानपुर बस दुर्घटनामा निधन हुँदा इलाममा दुःखी बन्ने निकै छन्। चियाकर्मी बन्ने सपना सँगालेर हिमाली मुलुकको सुदूरपूर्वी जिल्ला एक्लै आइपुगेकी दारियाको मकवानपुर बसामाडीमा दुई दिनअघि मृत्यु भए पनि यहाँको छोटो भेटमा संगत गरेकाहरु उनलाई झल्झली सम्झिरहेछन्।क्षेत्रफलजस्तै जनसंख्यासमेत धेरै भएको मुलुक रसियाबाट नेपाल आइपुगेकी उनी काठमाडौं उत्रेपछि पोखरा घुमिन्। साथीभाइको सल्लाह र केही गर्ने हुटहुटीले इलाम आइपुगेपछि निधो गरिन्, ‘यस्तो सुन्दर ठाउँ अन्त हुँदैन, यहीं चिया उद्यम गर्छु।' भाषिक कष्ट व्यहोरेर मंगलबारे पुगेकी उनी त्यहाँ किर्गिस्तानी साथी एलेक्सीसँग सात दिन बसिन्। चियाको घरेलु उद्योगमा ‘टेस्टर' रहेका एलेक्सीको संगतले दारिया चियाप्रति झनै लहसिन्।
त्यसले इलाममै चियाकर्मी हुने इच्छा झनै प्रगाढ बन्यो। प्रारम्भिक तयारी बाँकी थियो। त्यसका निम्ति उनी १४ गते बसमा राजधानी जाँदैथिइन्। तर, समय निष्ठुरी भइदियो। दारिया बस दुर्घटनामा सदालाई बिदा भइन्। रसियाको निज्नी नोभाओरोड निवासी दारिया २६ बर्षकी थिइन्। ७३१०४६६४६ नम्बरको पासपोर्टसँगै थोरै लुगा हालेको झोला भिरेर तीनघरेमा रोइरहेकी उनलाई इलामका डिएसपी अनुपमशम्शेर जबराले सदरमुकाम ल्याएका थिए।
‘राजधानीबाट मंगलबारे हिँडेकी उनी बाटो बिराएर तीनघरे पुगी रोइकराई गर्दै रहिछन्' डिएसपीसँगै रहेकी असई कृष्णकुमारी अधिकारीले भनिन्, ‘दारियालाई प्रहरीकै गाडीमा सदरमुकाम ल्याएर मंगलबारे पुर्याउन भरपर्दो मान्छेलाई बुझाएका थियौं।' छुट्टिनुअघि अधिकारीले दारियालाई चिया खुवाएकी थिइन्। प्रहरीहरुले पनि चासो मान्दै नियालेका थिए। कागज गरेर जिम्मा लगाउनुअघि उनले रसियामा बस्ने ठेगाना र फोन नम्बरसमेत टिप्न भ्याएकी थिइन्।
चियाकर्मी बन्ने सपना बोकेकी दारियालाई त्यसरी बुझ्ने व्यक्ति थिए– होटल व्यवसायी देवी पौड्याल। विदेशीमाझ पर्यटकको स्वागतमा पहिल्यैदेखि हत्ते हाल्ने पौड्यालले दारियालाई प्रहरी कार्यालयबाट जिम्मा बुझेर सदरमुकामकै डाँफे गेष्ट हाउसमा एक रात राखिदिए। ‘भोलिपल्ट बिहान उसको साथी बस्ने मंगलबारे पठाउन गाडी चढाइदिएँ' उनले सम्झिए, ‘त्यहाँ एलेक्सीलाई भेटेपछि चियाप्रति झनै आकर्षित भएकी रहिछन्।' मंगलबारेबाट उनी राजधानी जान इलाम आएकी थिइन्।
हरेक सामग्री किन्दा बार्गेनिङ गर्थिन् उनी। त्यो स्वभाव राजधानी जाने बसको टिकट काट्दा काउण्टरमा पनि दोहोर्याइन्। ‘मेरो पैसा लुटियो, एक हजार मात्र छ, यतिमै पुर्याइदिनु' दारियाको भनाइ उद्यृत गर्दै पौड्यालले सुनाए, ‘फर्केर इलामै आई चियाकर्मी बन्नेछु।' विदेशीले पैसा थोरै देखाएपछि टिकटै नकटाई चालक बस्ने पछिल्तिरको सिटमा दारियालाई राखेर ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्स राजधानीतर्फ गुडेको थियो। त्यही बस दुर्घटना हुँदा दारियासहित १० जनाको मृत्यु भयो।
‘भोलि अर्को बसमा सुविस्तापूर्वक जानु भन्दा मानिनन्' पौड्याल भन्छन्, ‘बगानको चिया आफ्नै हातले टिपेर प्रशोधन गर्दै उद्यम गर्ने उसको इच्छा अधुरै रह्यो।' पूर्वी नेपालमा जीविकोपार्जनको दरिलो माध्यम बनेको चिया उद्योगमा रम्न चाहने दारियाजस्ता विदेशी बेला–बेला आइरहन्छन्। तीमध्ये कोही लामो समय बस्छन्, कोही साता–पन्ध्रमै फर्कन्छन्। दारिया साथी एलेक्सी जस्तै दीर्घकालीन बस्ने सोचमा थिइन्। त्यो कुरा उनले असई अधिकारीलाई पनि सुनाएकी रहिछन्।
‘हेर्दा नपत्याउँदो ज्यानकी फुच्ची थिइन् तर चियाप्रतिको क्रेज ठूलो थियो' अधिकारीले आइतबार नागरिकलाई सुनाइन्, ‘उसँगको छोटो भेट कहिल्यै नबिर्सने स्मृति बन्यो।' मंगलबारेस्थित हिमशिखर चिया प्रशोधन उद्योग सञ्चालक बबिन प्रधानका अनुसार, दारिया सात दिन बस्दा चिया कर्म नजिकबाट नियाल्थिन्। ‘एलेक्सीजस्तै अर्ग्यानिक चिया संकलन गरेर मार्केटिङ गर्ने उसको इच्छा थियो' प्रधानले रसियन युवतीबारे सम्भि्कए, ‘दुर्घटनामा परेर बित्नु लेखेको रहेछ, त्यो सपना सधैंलाई चुँडियो।'
दुर्घटनामा घाइते यात्रुका अनुसार, राजधानीबाट बत्तिएर आइरहेको शुभश्री डिलक्सले मेट्रो डिलक्सलाई ठक्कर दिँदा दारियाको घटनास्थलमै मृत्यु भएको थियो। इलामै घर भई हाल नारायणी प्रहरी प्रमुख रहेका एसएसपी मनोज न्यौपानेले मृतक दारियाको शव रसियन दूतावासका प्रतिनिधिले आइतबार बुझेको जनाएका छन्। ‘शव राजधानी लगेपछि रसिया नै लैजाने या नेपालमै अन्त्येष्टि गर्ने टुंगो लाग्नेछ' न्यौपानेले भने, ‘त्यो दूतावासको निर्णयमा भर पर्छ।'