काठमाडौं- सरकारले नयाँ सोच भएका युवालाई सघाउन नवीन कोष स्थापना गर्ने भएको छ। नयाँ विचार र प्रविधि भएका तर लगानी गर्न नसक्ने युवालाई लक्षित गरेर उद्योग मन्त्रालयअर्न्तगत कोष स्थापना गर्न लागेको हो। अर्थ मन्त्रालयले बजेटमार्फत प्रस्ताव गरेको ५० करोड बीउ पुँजीको कोषलाई उद्योग मन्त्रालयअर्न्तगत रहेको प्रविधि विकास कोषमा गाभेर नवीन कोष स्थापना गर्न लागिएको हो। नयाँ सोच भएका युवालाई सहयोग पुग्ने गरी कोष स्थापना हुन लागेको उद्योगमन्त्री महेश बस्नेतले बताए। 'यो कोष खासगरी नलेज बेस्ड (ज्ञानमा आधारित) योजनामा प्रयोग हुनेछ,' मन्त्री बस्नेतले भने, 'प्रविधि, नयाँ वैज्ञानिक, ल्याब व्यवस्थापन, खानीको प्रयोग, गुणस्तर तथा नापतौललगायत योजनालाई प्राथमितामा राखिनेछ।'
मन्त्रालयले कोष स्थापनाको गृहकार्य सुरु गरिसकेको छ। मन्त्रालयलका प्रवक्ता यामकुमारी खतिवडाले काम सुरु भइसकेको बताइन्। 'उद्योग मन्त्रालयअर्न्तगत नवीन कोष स्थापना गर्न लागेका छौं,' प्रवक्ता खतिवडाले भनिन्, 'यसको गृहकार्य सुरु गरिसकेका छौं।' दुवै कोषलाई एकै ठाउँमा गाभेर नयाँ कोष स्थापना गर्न लागेको खतिवडाले बताइन्।
अहिले उद्योग मन्त्रालयअन्तर्गत प्रविधि विकास कोष छ। नयाँ सोच र प्रविधि जानेका तर लगानी गर्न नसक्ने युवालाई लक्षित गरेर स्थापना गरिएको यो कोष सञ्चालन हुन सकेको छैन। यो सञ्चालनको लागि प्रविधि विकास कोष निर्देशिका २०७० र प्रविधि विकास कोष कार्यविधि २०७१ बनिसकेको छ। निर्देशिका र कार्यविधि बने पनि कोषमा रहेको एक करोड रुपैयाँ अहिलेसम्म प्रयोग हुन सकेको छैन।
नवीन सोच, विचार भएका आविष्कारकर्ता र नयाँ प्रविधिको विकास, स्तरोन्नति वा हस्तान्तरण गर्न इच्छुक तर यथेष्ठ पुँजी स्रोत नभएका साना/मध्यम, व्यवसायी/उद्यमीलाई प्रविधि विकास कोषमार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउन प्रविधि विकास कोष स्थापना भएको मन्त्रालयलले जनाएको छ।
प्रविधि विकास कोष र नयाँ बन्न लागेको नवीन कोष उस्तै प्रकृतिका भएकाले प्रविधि विकास कोष निर्देशिका र कार्यविधि परिवर्तन गरेर नवीन कोष स्थापना गर्ने योजना उद्योग मन्त्रालयले बनाएको हो। निर्देशिका र कार्यविधि परिवर्तन गरेर नयाँ बनाउन अर्थ मन्त्रालयसँग स्वीकृति लिनुपर्छ। स्वीकृति लिन उद्योगले आइतबार नै पत्र पठाइसकेको छ। 'निर्देशिका र कार्यविधि परिवर्तन गर्न स्वीकृति लिनुपर्ने भएकाले अर्थलाई आजै पत्राचार गरिसकेका छौं,' खतिवडाले आइतबार नागरिकसँग भनिन्। यसै विषयमा आइतबार उद्योग मन्त्रालयमा छलफल भएको थियो।
अर्थले स्वीकृति दिएपछि उद्योगले कार्यविधि परिवर्तन गरी अन्तिम स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेस गर्नेछ। नयाँ कोष स्थापना हुने भए पनि यसका अन्य विषयमा निर्णय गर्न बाँकी छ। नयाँ कार्यविधि बनिसकेपछि मात्र कस्तो योजनालाई कति लगानी गर्ने, कुन समूहलाई लक्षित गर्ने, कति ब्याज लिने जस्ता विषय प्रस्ट हुने खतिवडाले बताइन्।
स्थापना हुन लागेको नयाँ कोषमा गैरआवासीय नेपाली र निजी क्षेत्रलाई पनि सहभागी गराइने छ। सरकारले स्थापना गर्न लागेको यो कोषमा निजी क्षेत्रले पनि अपनत्व महसुस गरोस् भनेर सहभागी गराउने सोच राखिएको खतिवडाले बताइन्। 'यो कोष निजी क्षेत्रलाई प्रोत्साहन गर्नकै लागि हो,' खतिवडाले भनिन्, 'त्यसैले यसमा निजी क्षेत्रको सहभागिता आवश्यक छ।'
परिवर्तनसहित नयाँ बन्ने निर्देशिका र कार्यविधिले गैरआवासीय नेपाली र निजी क्षेत्रको सहभागिता कस्तो हुने भन्ने निर्क्योल गर्ने छ।