काठमाडौं-सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय रहेको भवनमा यतिखेर ठाउँ–ठाउँमा मोटा डोरीको लठ्ठा झुन्डिएको छ। डोरीको भरमा दायाँबायाँ ठुल्ठूला लठ्ठा र बीचमा बाँसका टुक्रा झुन्ड्याएर भर्या ङ बनाइएको छ। त्यही भर्याङमा चमेराझैं तुन्दु्रंग झुन्डिएर बसेका हुन्छन्, १५–१६ जना कामदार, जो यो भवनमा रंगरोगन गर्दैछन्। देशकै कार्यकारी प्रमुखको कार्यस्थलमा सेतो रङ पोतिरहेका ती कामदार कतिसम्म असुरक्षित ढंगले काम गरिरहेका छन् भने देख्नेहरूका ज्यानै सिरिंग भएर आउँछन्।उनीहरू सानो बाँसको टुक्रामा टेक्छन्। एक हातले डोरी समात्छन्। त्यही हातले रङको बाल्टी बोक्छन्। र, अर्को हातले भित्तामा रंग छ्याप्छन्। उनीहरूको सुरक्षाका लागि सेक्युरिटी बेल्टधरि बाँधिएको छैन। अचेल निजी भवन निर्माणमा समेत अपनाउन थालिएको यस्तो सुरक्षा सतर्कताबाट सरकारी संयन्त्र आफैं लापरबाह देखिएको छ। उनीहरूको दुर्घटना बिमासमेत नगरिएकाले न टेक्ने भुइँ छ, न समाउने हाँगो।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रंगरोगन गरिरहेका मजदुर आफूले पटकपटक सेक्युरिटी बेल्ट माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्छन्।
‘काम गर्दा दुर्घटना हुनसक्छ, यस्तोबाट जोगिन हामीले पटकपटक सेक्युरिटी बेल्ट मागेका थियौं, तर पाएका छैनौं,' रङ लगाइरहेका मध्ये प्रेम सिवाकोटीले मंगलबार नागरिकसँग भने, ‘सेक्युरिटी बेल्ट नदिएपछि हामी त्यसै काम गर्दै आएका छौं।'
ठूला र अग्ला भवनमा मात्र होइन, साना भवनमा समेत रङ लगाउँदा कामदारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने अन्तर्राष्ट्रिय प्रावधान छ। त्यही भएर वैदेशिक रोजगारमा जानेहरूको सुरुमै जीवन बिमा गरिएको हुन्छ।
रङ लगाउनेलगायत अग्ला ठाउँमा बसेर काम गर्नेहरूले अनिवार्य रूपमा सेक्युरिटी बेल्ट बाँध्नुपर्छ, ताकि झुक्किएर हात वा गोडा चिप्लिहाले पनि कम्मरमा बाँधिने सेक्युरिटी बेल्टले ज्यान भुइँमा बजारिन दिँदैन। यस्तो बेल्ट डोरी वा डन्डीमा बाँधिएको हुन्छ, जसले दुर्घटना भइहाले पनि सम्बन्धित कामदारलाई हावामा झुन्ड्याएर राख्छ।
दुर्घटना बिमा पनि मजदुरहरूले पाउनुपर्ने न्यूनतम सुविधामध्ये एक हो। मजदुरको बिमा गरिएको छ भने काम गर्दागर्दै दुर्घटना परी घाइते भए उपचार खर्च बिमा कम्पनीले नै बेहोर्छ। मृत्यु हुँदाको अवस्थामा पनि परिवारका सदस्यले क्षतिपूर्ति पाउँछ।
‘हाम्रो त न बिमा गरिएको छ, न सुरक्षाको निम्ति सेक्युरिटी बेल्ट दिइएको छ,' सिवाकोटीले भने, ‘दुर्घटना भए के हुन्छ, त्यसपछि मात्र थाहा हुन्छ।'
प्रधानमन्त्री कार्यालयमा भइरहेको असुरक्षित रंगरोगन १८ औं सार्क शिखर सम्मेलन निम्ति गरिएको तामझामकै हिस्सा हो।
शिखर सम्मेलनको मिति नजिकिँदै गर्दा सम्मेलनस्थल काठमाडौंमा रौनक बढ्दै छ। साँघुरादेखि चौडा सडक मर्मतसम्भार गर्न भ्याइनभ्याइ छ। सडकमा सोलार बत्ती झलमल्ल बल्न थालेका छन्। रातारात सडकमा हरियाली छाएको छ। सरकारी भवन मात्र होइन, सडक वरपर पर्ने सर्वसाधारणका घर पनि नयाँ रंगले लेपिएका छन्, सरकारी खर्चमै। देशकै कार्यकारी प्रमुखको कार्यस्थल रहेको सिंहदरबार सार्कसिर्जित यो तामझामबाट अछुतो रहने कुरै भएन।
सिंहदरबारको मुख्यद्वारदेखि भित्री भवनलाई समेत नयाँ रंगले सजाउने काम धुमधामसाथ भइरहेको छ। तर, मजदुरहरूको काममा सुरक्षा सतर्कता अपनाउन कानुन कार्यान्वयन गर्नुपर्ने सरकारी निकायले देशकै प्रमुख प्रशासनिक केन्द्रमा यसतर्फ आँखा चिम्लिएका छन्।
देशकै कार्यकारी प्रमुख (प्रधानमन्त्री कार्यालय) र प्रशासकीय प्रमुख (मुख्य सचिवको कार्यालय) रहेको भवनमा समेत मजदुरहरू जोखिम मोलेर काम गर्न बाध्य छन्। उनीहरूले डेढ सातादेखि यसैगरी असुरक्षित रूपमा रंगरोगन गरिरहँदा पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन।
सार्क तयारीका लागि सरकारले बाटो निर्माणदेखि रंगरोगनमा करोडौं खर्च गरिरहेको छ। जोखिम मोलेर रङ लगाउने मजदुरले भने पाँच सयदेखि हजार रुपैयाँसम्म पर्ने सेक्युरिटी बेल्टसमेत पाएका छैनन्। ज्यान जोखिममा राखेर सिंहदरबार सिंगार्दा उनीहरूले दैनिक १ हजार रुपैयाँसम्म पाउँछन्। १ हजार पाउनेले खाना–खाजा खर्च आफैं बेहोर्नुपर्छ। ७ सय रुपैयाँ लिए खाना–खाजा ठेकदारले नै खुवाउँछन्।
सरकारले मंसिर १० र ११ गते हुने सार्क सम्मेलनका लागि कात्तिक अन्तिम साताभित्र सबै तयारी सक्ने दाबी गर्दै आएको छ। सम्बन्धित निकायलाई उक्त मितिभित्रै काम सक्न दबाब दिँदै आएको छ।