काठमाडौं- सरकारले देशभर सडक सञ्जालसँग जोडिएका पुल निर्माणलाई छिटो सम्पन्न गर्न तीन ठाउँमा नयाँ कार्यालय खोलेको छ। हालसम्म काठमाडौंस्थित सडक विभागमा रहेको पुल आयोजनालाई मुलुकभरका पुल निर्माणको जिम्मा दिइएको थियो। मुलुकभर सडक सञ्जाल बढेसँगै पक्की पुल बनाउनु पर्ने स्थान पनि धेरै भएपछि सरकारले राजधानीकेन्द्रित आयोजनाले मात्र काम गर्न नसक्ने देखेर नयाँ कार्यालय खोलेको हो।सडक विभागका अनुसार हालको पुल आयोजनालाई पुल महाशाखामा रुपान्तरित गरी पूर्व, मध्य र पश्चिममा तीन योजना कार्यालय स्थापना गरिएको हो। नयाँ स्थापना गरिएका कार्यालयमा मध्यमाञ्चल हेर्ने गरी काठमाडौं, पूर्वाञ्चलका लागि बर्दिवास र पश्चिमका लागि नेपालगन्ज छन्। यी योजना कार्यालय कात्तिक १ देखि नै सञ्चालनमा आएका छन्। नयाँ कार्यालयको स्थापनासँगै जिम्मेवारी र काम बाँडफाँड पनि गरिएको छ।
'एकै ठाउँमा सम्पूर्ण काम गर्दा नभ्याइने भयो,' नेपालगन्जस्थित पश्चिम क्षेत्र योजना कार्यालयका प्रमुख गणेशकुमार गौतमले भने, 'आयोजनाले सानो विभागकै रुप लिन थालेपछि नयाँ कार्यालय स्थापना गरिएको हो।' नयाँ कार्यालय भएपछि काम चुस्त दुरुस्त, छिटो छरितो गर्न सकिने उनले बताए।
काठमाडौंमा मात्र सम्पूर्ण काम हुने भएकाले सानोतिनो कामको लागि पनि राजधानीमै धाउनु पर्ने समस्या थियो। क्षेत्रगत रुपमा कार्यलय स्थापना भएपछि स्थानीयस्तरमै काम गर्न सजिलो हुने महाशाखाको भनाइ छ। स्थानीय रुपमा आउने समस्या समाधान, मर्मत अन्य गतिविधिको लागि सहयोग पुग्ने गौतमको भनाइ छ।
पुल आयोजनाले पुल डिजाइन, निर्माण, मर्मतसम्भाव, बजेट, अनुगमन, सम्पूर्ण डिभिजन सञ्चालनको स्वीकृति, प्रशासनिक कार्यलगायतका सम्पूर्ण काम गर्दै आएको थियो। नयाँ कार्यलय स्थापनासँगै काम पनि बाँडफाँड गरिएको छ।
अबदेखि पुल महाशाखाले बजेट, योजना स्वीकृति, नीतिनियम, अनुगमन र प्रशासनिक काममात्र गर्ने छ भने योजना कार्यलयले आ–आफ्नो क्षेत्रभित्र पर्ने पुल निर्माण, मर्मत र रणनीतिक सडकमा पर्ने पुलको 'अर्जेन्ट मेन्टिनेन्स' गर्नेछन्।
देशभरमा पुल निर्माण, डिजाइन र मर्मत गर्नको लागि भनेर २०६३ सालमा विभागअर्न्तगत पुल शाखा स्थापना गरिएको थियो। त्यत्तिखेर पुल बनाउने योजना, डिजाइन, निर्माणको काम अत्यन्तै कम हुन्थे। शाखाले देशभरको सम्पूर्ण काम गर्न गाह्रो थिएन।
कामको चाप बढ्दै गएपछि अर्को वर्ष शाखालाई पुल योजनाको रुपमा विस्तार गरियो। योजनाले पनि कामको चाप धान्न गाह्रो हुँदै गयो। पाँच वर्षको अवधिमा पुल डिजाइन र निर्माणको काम ह्वात्तै बढेको गौतम बताए। सानादेखि ठूलठूला पुल योजना धेरै बन्दै गए। अहिले त हरेक वर्ष लगभग चार सयवटा पुल निर्माण र तीन सय पुल डिजाइन हुने गरेको गौतम बताउँछन्। 'अहिले त योजना सानोतिनो विभाग जस्तै भयो,' गौतमले भने।
विभागका अनुसार अहिले तीनैवटा योजना कार्यालयअर्न्तगत २५ वटा ठूला पुल निर्माणाधीन अवस्थामा छन्। यी सबै पुल आयोजनाले सुरु गरेको थियो।
त्यस्तै यो आर्थिक वर्षमा थप १० वटा पुल योजनामा परेको महाशाखाले जनाएको छ। १० मध्ये पूर्वाञ्चल योजना कार्यालयअर्न्तगत तीन, मध्यमाञ्चलअर्न्तगत दुई र पश्चिमाञ्चलमा पाँचवटा पुल बन्ने योजनामा रहेका छन्।
पूर्वमा संखुवासभाको अरुण नदी, पाँचथरको तमोर र झापाको मावाखोलामा पुल बन्ने छन्। त्यस्तै मध्यमाअञ्चलअर्न्तगत नुवाकोटको त्रिशूली र मकवानपुरको राप्ती नदीमा बनाउने योजना छ। पश्चिमाञ्चलअर्न्तगत गोर्खाको मर्स्याङ्दी नदी, कालिगण्डकी नदीको देवघाट र पाल्पा क्षेत्रमा, दाङको बबई र सुर्खेतको भेरी नदीमा पुल बन्नेछन्। टेन्डर अवधि सकिएपछि तीनदेखि चार वर्षको अवधिमा यी पुल बनाउने महाशाखाको योजना छ।