काठमाडौं- मन्त्रिपरिषदमा पेस भएको औद्योगिक व्यवसाय ऐनको मस्यौदामा समेटिएको उद्योगलाई दिने छुट, सुविधा र सहुलियतसम्बन्धी प्रावधानमा अर्थ मन्त्रालयले असहमति जनाएको छ। अर्थको असहमतिकै कारण मस्यौदा मन्त्रिपरिषदबाट पास हुन नसकेको उद्योगको भनाइ छ।
अर्थले मस्यौदाको २२ देखि २७ नम्बर दफामा उल्लेख गरिएका प्रावधानमा असहमति जनाएको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए। यी दफामा ठूला, मझौला तथा साना उद्योगलाई दिने सुविधा, मूल्य अभिवृद्धिकर, भन्सार महसुल सहुलियतबारे उल्लेख छ।
मन्त्री बस्नेतका अनुसार अर्थले दफा ३० मा रहेको 'प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनबमोजिम प्रदान गरिएको छुट, सुविधा वा सहुलियत सीमित गर्ने वा त्यसका प्रतिकूल हुने गरी कुनै व्यवस्था गरिने छैन' भन्ने वाक्यांश हटाउन भनेको छ। वर्षैंपिच्छे परिवर्तन हुने केही प्रावधान आर्थिक ऐनले समेट्ने भएकाले यो बुँदा हटाउन अर्थले आग्रह गरेको मन्त्री बस्नेतले बताए।
मस्यौदाको परिच्छेद ५ मा उद्योगलाई दिइने छुट, सुविधा वा सहुलियतको व्यवस्था छ। २२ नम्बर दफामा आयकर छुट, सुविधा वा सहुलियतको व्यवस्था छ। उक्त बुँदामा लेखिएको छ, 'प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनअन्तर्गत दर्ता भएको उद्योगलाई देहायबमोजिम आयकर छुट, सुविधा वा सहुलियत प्रदान गरिनेछ।'
यसै दफामा उत्पादनमूलक उद्योग र राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगबाट आर्जित आयमा लाग्ने करको दरमा २० प्रतिशत छुट हुने व्यवस्था छ। अति अविकसित, अविकसित र कम अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्रान्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योगबाहेकका उत्पादन वा कारोबार सुरु गरेको मितिले १० वर्षसम्म प्रचलित कानुनबमोजिम लाग्ने आयकरमा क्रमशः ९०, ८० र ७० प्रतिशत छुट पाउने प्रावधान पनि यो दफामा उल्लेख छ। तर अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्रान्डी, साइडर एवं वाइन उद्योगलाई भने १० वर्षसम्म ४० प्रतिशत आयकर छुट हुने मस्यौदामा उल्लेख छ।
त्यस्तै २३ दफामा उल्लेख गरिएको 'मूल्य अभिवृद्धिकर र भन्सार महसुलसम्बन्धी छुट, सुविधा वा सहुलियत' विषयमा पनि अर्थले असहमति जनाएको छ। मुलुकभित्र उत्पादित वस्तु विदेशमा निर्यात गरेमा विदेशमा निर्यात गरेको परिमाणको आधारमा त्यस्तो उत्पादनमा लागेको मूल्य अभिवृद्धिकर उत्पादन गर्ने उद्योगलाई फिर्ता दिने उल्लेख छ।
अर्को बुँदामा विदेशी मुद्रा आर्जन हुने गरी स्वदेशभित्रै कुनै उद्योगले उत्पादन बिक्री गरेमा त्यस्तो उत्पादनमा लागेको शुल्क, महसुल र प्रयोग भएको कच्चा पदार्थ, प्याकेजिङ सामग्रीमा लागेको भन्सार महसुल वा मूल्य अभिवृद्धिकर उत्पादन परिमाणको आधारमा निर्यातसरह मानी फिर्ता दिइने उल्लेख छ। उद्योगको कच्चा पदार्थ, प्याकेजिङ सामग्रीमा लाग्ने भन्सार महसुल त्यस्तो कच्चा पदार्थबाट उत्पादन हुने तयारी वस्तुको आयातमा लाग्ने भन्सार दरभन्दा कम हुने बुँदा पनि मस्यौदामा छ। न्यूनतम पाँच प्रशितभन्दा कम भन्सार दर रहेको वस्तुको आयातको हकमा न्यूनतम ५० प्रतिशत कम हुने गरी भन्सार दर कायम गरिने लगायत प्रावधान मस्यौदामा छ।
दफा २४ मा लघु उद्यमको लागि अन्य सुविधा एवं सहुलियतका विषयमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि यस ऐनबामोजिम लघु उद्यम दर्ता गर्दा कुनै शुल्क वा दस्तुर नलाग्ने उल्लेख छ। त्यस्तै दफा २५ मा महिला उद्यमीका लागि थप सुविधा उल्लेख गरिएको छ। दफा २६ मा पनि थप सुविधा तथा सहुलियतको प्रावधान छ।
अहिलेको औद्योगिक व्यवसाय ऐनमा पनि रहेको र व्यवसायीले पनि सुझाव दिएकाले यी व्यवस्था गरिएको मन्त्री बस्नेतले बताए।
दुई मन्त्रालयबीच मस्यौदामा सहमति हुन नसकेपछि समस्या समाधानको लागि प्रधानमन्त्री कार्यलयका सचिवको अध्यक्षतामा उद्योग मन्त्रालयका सचिव सहितको उपसमिति गठन गरिएको छ। यो उपसमितिले विवादित बुँदामा छलफल गरेर सुझाव पेस गर्नेछ।
२२ वर्षपछि औद्योगिक व्यवसाय ऐन परिवर्तन हुन लागेको हो। उद्योगी, व्यवसायीले साबिक ऐनमा परिमार्जन माग गर्दै आएका थिए। मन्त्रिपरिषदबाट पास भएपछि मस्यौदा संसदमा पेस गरिने र संसदबाट पारित भएपछि कार्यान्वयनमा आउने छ। २०६७ सालमा औद्योगिक नीति बनेको थियो। त्यही नीतिको आधारमा यो ऐनको मस्यौदा तयार गरिएको हो।
मस्यौदामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, राष्ट्रिय लघु उद्योग महासंघ, महिला उद्यमी महासंघलगायत सरोकारवाला निकायसँग छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मस्यौदामा सरोकारवाला मन्त्रालयसँग पनि छलफल भएको थियो। अर्थ, गृह, श्रम मन्त्रालयसँग छलफल भएपछि ऐनको मस्यौदालाई अन्तिम रुप दिइएको थियो। संविधानसभा चुनावका लागि गठित खिलराज रेग्मी सरकारको पालामासमेत अध्यादेशमार्फत ऐन ल्याउने तयारी भएको थियो। तर समय अभावले त्यसो भएन।