काठमाडौं- आसन्न सार्क शिखर सम्मेलन क्रममा सदस्यराष्ट्रबीच बिजुली आदानप्रदान तथा ऊर्जा व्यापार गर्ने उद्देश्यले सार्कस्तरीय विद्युत व्यापार सम्झौता (पिटिए) गर्ने तयारी भएको छ।
यही मंसिर १० र ११ गते काठमाडौंमा हुने १८ औं सार्क शिखर सम्मेलनमै सार्कस्तरीय पिटिए हस्ताक्षर गर्ने गरी सबै सदस्यराष्ट्र आन्तरिक तयारीमा जुटेका छन्।ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले प्रस्तावित सार्क विद्युत व्यापार सम्झौताबाट सदस्य राष्ट्रबीच बिजुली उत्पादन, प्रसारण र व्यापारका सबै विषय सहज ढंगले सम्बोधन हुने बताए।
'सम्झौतापछि नेपालबाट भारत र बंगलादेश मात्र होइन, भुटान, पाकिस्तानलगायत देशमा पनि बिजुली बेच्ने ढोका खुल्नेछ,' उनले सोमबार नागरिकसँग भने, 'हामीलाई आवश्यक पर्दा पनि जुनसुकै सदस्यराष्ट्रबाट बिजुली किन्न सकिनेछ।' यसका लागि सार्क क्षेत्रीय प्रसारणलाइन तथा क्षेत्रीय ग्रिडको समेत अवधारणामा छलफल भइरहेको उनले जानकारी दिए।
सार्क सदस्यराष्ट्रमध्ये बिजुली किनबेच सहज बनाउन प्रसारण लाइन निर्माणदेखि क्षेत्रीय ग्रिड स्थापनासम्म विषय समेटेर क्षेत्रीय विद्युत व्यापार सम्झौता गर्नेबारे तीन/चार वर्षदेखि नै छलफल हुँदै आएको हो। भारतको नयाँदिल्लीमा गत असोज ३० र ३१ गते भएको सार्क ऊर्जामन्त्रीस्तरीय पाँचौं बैठकका सहभागीले पिटिए मस्यौदा पारित गरी प्रारम्भिक सम्झौतासमेत गरेका थिए।
त्यही सम्झौताका आधारमा आसन्न शिखर सम्मेलन क्रममा सार्क परराष्ट्रमन्त्रीस्तरमा अन्तिम सम्झौता गर्ने लक्ष्य राखिएको ऊर्जासचिव राजेन्द्रकिशोर क्षत्रीले बताए। 'क्षेत्रीय विद्युत ऊर्जा सहयोगका लागि छाता सम्झौता' नाम दिइएको सार्कस्तरीय पिटिएलाई आ–आफ्ना सरकारबाट औपचारिक रुपबाट स्वीकृत गराउन सम्बन्धित सबै सदस्यराष्ट्रका ऊर्जामन्त्रीले प्रतिबद्धता जनाइसकेका छन्। यसका लागि सबै देशका ऊर्जा मन्त्रालयले पिटिए मस्यौदामाथि आन्तरिक छलफलसमेत तीव्र पारेका छन्। सरोकारवाला पक्षसँग पनि प्रस्तावित पिटिएमाथि छलफल भइरहेको छ।
'सार्क विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरेर काठमाडौंबाट सकारात्मक सन्देश प्रवाहित गर्ने हाम्रो लक्ष्य छ,' प्रवक्ता अधिकारीले भने, 'यसमा सफल भइए यो १८ औं शिखर सम्मेलनकै ठूलो उपलब्धि हुनेछ।'
क्षेत्रीय व्यापार संगठनको अवधारणा भनेकै सदस्यराष्ट्रबीच एकअर्काको परिपूरक सम्बन्ध कायम गर्नु हो। विकास निर्माणका लागि अहिले ऊर्जा नै सबभन्दा ठूलो चुनौती देखिएकाले यसलाई सम्बोधन गर्न सार्कले संयुक्त रणनीति अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिँदै आएका छन्। दक्षिण एसियाली मुलुकहरूले संयुक्त रूपमा ऊर्जा समस्या सम्बोधन गर्न सके विकासका अन्य क्षेत्रमा अघि बढ्न सहज हुने उनीहरूको धारणा छ। सार्क विद्युत व्यापार सम्झौता अवधारणा यही सिद्धान्तबाट प्रेरित भएर ल्याइएको हो।
सदस्यराष्ट्रबीच एकबाट अर्कोमा बिजुली किनबेच गर्दा प्रसारणलाइनको व्यवस्थापन मुख्य समस्या देखिन्छ। यसका लागि तेस्रो राष्ट्रले समेत आफ्नो भूभाग प्रयोग गर्न दिएर सहयोगी भूमिका खेल्नुपर्ने हुन्छ। प्रारम्भिक सम्झौतामा सहयोगी भूमिकासम्बन्धी प्रावधान पनि उल्लेख छ। नेपालसहित सार्कमा आबद्ध भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र अफगानिस्तानको भौगोलिक अवस्थिति हेर्दा खासगरी भारतले नै क्षेत्रीय बिजुली किनबेचमा सहयोगी भूमिका खेल्नुपर्ने देखिन्छ।
यस्तो सम्झौताले नेपालका लागि बर्खायाममा बढी हुने बिजुली प्रचलित मूल्यमा जुनसुकै देशमा बेच्न सकिने ऊर्जासचिव क्षत्रीले बताए। नेपाल विद्युत प्राधिकरणका अनुसार सन् २०१७ पछि बर्खामा करिब १ हजारदेखि १ हजार ५ सय मेगावाट बिजुली खेर जानेछ।
नेपाल–भारतबीच भएको पिटिएले यसको बजार खुला गरेको प्राधिकरण अधिकारी बताउँछन्। दीर्घकालका लागि अन्य राष्ट्रसँग पनि बिजुली किनबेच गर्नुपर्नेमा प्राधिकरणले जोड दिँदै आएको छ। अहिले भारतमा करिब २५ हजार मेगावाट बिजुली अभाव छ। उसले आवश्यकताअनुसार नेपालबाट बर्खाको बिजुली किन्न तयार रहेको बताउँदै आएको छ।
नेपालसँग निकट रहेका भारत, बंगलादेश र भुटान नै बिजुली किनबेच हुनसक्ने मुख्य सार्कराष्ट्र हुन्। चार देशको प्रसारण सञ्जाल मात्र जोडिए पनि देशको बिजुलीको बजार फराकिलो हुने जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधान बताउँछन्।
३० हजार मेगावाट उत्पादन क्षमता भएको भुटानले हाल करिब १ हजार ५ सय मेगावाट उत्पादन गरिरहेको छ। भारतले बर्खामा भुटानबाट १ हजार २ सय मेगावाट किन्ने गर्छ भने हिउँदमा भुटानलाई बेच्दै आएको छ। यसैगरी बंगलादेशले पनि भारतबाट हाल ५ सय मेगावाट किनिरहेको छ। यसलाई बढाएर १ हजार मेगावाट पुर्या उने उसको लक्ष्य छ।
बंगलादेशको विद्युतको स्रोत प्राकृतिक ग्यास हो। त्यहाँ ग्यासको सञ्चिति २० वर्षका लागि मात्र भएकाले उसले नेपालमा जलविद्युत आयोजना बनाउने र बिजुली किन्ने अवधारणा अघि सारेको छ। पाकिस्तानमा अहिले नै करिब ५ हजार मेगावाट बिजुली अभाव छ जहाँ विद्युत उत्पादन कम हुँदा दैनिक ८/९ घन्टासम्म लोडसेडिङ हुने गरेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) का अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिए। उनका अनुसार पाकिस्तानको जडित क्षमता २३ हजार मेगावाटजति भए पनि पुराना विद्युतगृह भएकाले १५ हजार मेगावाटभन्दा बढी उत्पादन हुँदैन।
सार्कस्तरीय पिटिएले प्राधिकरणले भनेअनुसार बिजुलीको बजार व्यापक बनाउने ऊर्जा मन्त्रालयका अधिकारीको तर्क छ। यसबाट नेपाल मात्र नभई आठै राष्ट्रले बराबरी फाइदा लिन सक्ने उनीहरू बताउँछन्।
भारत र पाकिस्तानबीच सीमा विवादका कारण दिल्लीमा भएको सार्क ऊर्जामन्त्रीस्तरीय बैठकमा पाकिस्तान भने सामेल थिएन। ऊर्जा मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार सार्क सचिवालयले दिल्लीको सम्झौताबारे पाकिस्तानलाई जानकारी गराइसकेको छ। उसले अहिलेसम्म नकारात्मक टिप्पणी गरेको छैन।
'सार्क सम्मेलन क्रममै सम्झौतामा अन्तिम हस्ताक्षर गर्नेबारे पाकिस्तान मौन रहेन भने सम्झौताको टुंगो लाग्नेछ,' प्रवक्ता अधिकारीले भने, 'यो छाता सम्झौताले सार्कराष्ट्रको बिजुलीको बजारलाई सिंगो एसियासम्म फैलाउन सहयोग पुर्यातउनेछ।' उनका अनुसार हस्ताक्षर भएको मितिदेखि नै सम्झौता कार्यान्वयन गर्न सबै राष्ट्र सहमत भइसकेका छन्।
'सार्कस्तरीय पिटिएमा नेपाल र भारतबीच गरिएको पिटिएजस्तो खास–खास आयोजनाको कुरा हुँदैन,' अधिकारीले थपे, 'सार्क राष्ट्रमा उत्पादन हुने बिजुली, आदानप्रदान, व्यापार र पूर्वाधार निर्माणका कुरा यस छाता सम्झौतामा समेटिनेछन्।'
सम्झौताले बिजुली उत्पादन, वितरण र व्यापारबारे सार्क देशमा रहेका विद्यमान ऐन, नियम र कानुनमा एकरुपता कायम गर्दै जानेछ। बिजुली आयात–निर्यातमा आइपर्ने भ्याट, कर तथा अन्य जुनसुकै शुल्कले उत्पन्न गर्ने अवरोधसमेत हट्दै जाने अधिकारीको भनाइ छ।
प्रारम्भिक सम्झौताअनुसार सार्क राष्ट्रले आ–आफ्नो देशको ऐन नियमअनुसार बिजुलीको व्यापार गर्न सक्नेछन्। सम्बन्धित देशका कम्पनी तथा संघ–संस्थालाई बिजुली किन्न सरकारले स्वीकृति दिनेछ। सिंगो विद्युत विकासलाई समान रूपमा अघि बढाउन एकले अर्को देशलाई ऊर्जा तथ्यांक आदानप्रदान गर्न सक्ने पनि ऊर्जा मन्त्रालयले जनाएको छ।
सन् १९९२ देखि छलफल हुँदै आएको नेपाल–भारत पिटिए गत कात्तिक ४ गते औपचारिक रूपमा टुंगिएको छ। बंगलादेश पनि नेपालसँग पिटिए गर्न इच्छुक छ। यससम्बन्धी प्रस्ताव मन्त्रालयमा पठाइएको प्रवक्ता अधिकारीले बताए।