सरकारले सुनेन केसीको आवाज
२४ कार्तिक २०७१
•
९ मिनेट पाठ
सरकारले सुनेन केसीको आवाज
काठमाडौं- मेडिकल कलेजहरूलाई 'चोर बाटो' सम्बन्धन दिने प्रपञ्च र चिकित्सा क्षेत्रमा फस्टाएको 'माफियातन्त्र' विरुद्ध डा. गोविन्द केसीले पटकपटक भद्रअवज्ञा आन्दोलन छेडे पनि सरकारले सुनुवाइ गरेको छैन।
यसअघि पुस–माघको १४ दिन र माघ–फागुनको ८ दिने अनशनपछि सरकारसँग सहमति भएको थियो। त्यसमध्ये अधिकांश पूरा नभएपछि डा. केसीले फेरि सरकारलाई अल्टिमेटम दिएका छन्। कात्तिक २० गते दिएको अल्टिमेटमको 'काउन्ट–डाउन' सुरु भइसकेको छ, सरकारले अहिलेसम्म कुनै चासो नदेखाउँदा समस्या फेरि आठ महिनाअघिकै स्थितिमा फर्कने अवस्था निम्तँदैछ।




सरकारले डा. केसीसँग गत फागुन ३ गते गरेको सहमतिपत्रमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई स्वायत्तता दिन २१ दिनभित्र विश्वविद्यालय सभा डाक्ने, त्रिवि पदाधिकारीसँग स्पष्टीकरण सोध्ने, मेडिकल कलेजहरूको सम्बन्धन प्रकरण छानबिन गर्न अख्तियारलाई पत्राचार गर्ने, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति नबन्दासम्म सम्बन्धन बन्द गर्ने, डिन र त्रिवि पदाधिकारी वरिष्ठता तथा कार्यक्षमताका आधारमा नियुक्त गर्नेलगायत उल्लेख थियो।
यसैअनुसार वरिष्ठताका आधारमा डिन नियुक्त गरिए पनि अन्य कुनै सहमति पूरा नभएको डा. केसीले बताए। 'यस अवधिमा शिक्षामन्त्रीसँग एकपटक र प्रधानमन्त्रीसँग पटकपटक भेटेर सहमतिबारे सम्झाएँ, ताकेता गरेँ, तर सुनुवाइ भएन,' उनले सोमबार नागरिकसँग भने, 'अख्तियार प्रमुखले त भेटै दिएनन्, उल्टो सम्बन्धन देऊ भन्दै निर्देशन दिएछन्।'
प्रधानमन्त्रीले शपथ खाएकै दिन विश्वविद्यालय कुलपतिका हैसियतले तीन साताभित्र सिनेट बोलाएर आइओएमलाई थप स्वायत्तता दिने बाचा गरेकामा त्यो समेत पूरा नभएको उनले गुनासो गरे। पुराना सहमति कार्यान्वयनका अतिरिक्त उक्त सहमति उल्लंघन हुने गरी काठमाडौं विश्वविद्यालयबाट दिइएको मेडिकल कलेज सम्बन्धनसमेत स्थगित गर्नुपर्ने माग डा. केसीले अघि सारेका छन्। 
'मेडिकल कलेज सम्बन्धनसम्बन्धी नीति नबनाउँदासम्म थप कलेजलाई सम्बन्धन नदिने सहमति सरकारले ठाडो उल्लंघन गरेको छ,' उनले भने, 'सहमतिविपरीत दिइएको सम्बन्धन स्थगित गरिनुपर्छ।'
डा. केसीको तेस्रो अनशन तोडाउने क्रममा सरकारले राष्ट्रिय नीति बनाएर मात्र आगामी दिनमा मेडिकल कलेजलाई सम्बन्धन दिने प्रतिबद्धता गरेको थियो। यसविपरीत 'चोर बाटो' अपनाएर सम्बन्धन दिई सरकारले जालझेल गरेको उनको आरोप छ।
यस्तै, सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा नीति बनाउने भन्दै चिकित्सा शिक्षा मापदण्ड निर्धारण समितिसमेत गठन गरिएको थियो। सोही समितिले सहरी क्षेत्रमा नयाँ कलेजलाई सम्बन्धन नदिने सिफारिस गरेको थियो। सरकारले त्यो सिफारिस पनि लत्याएको डा. केसीले बताए।
यसबीच काठमाडौं विश्वविद्यालयले विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको छ। मनमोहन मेडिकल र काठमाडौं नेसनल मेडिकल कलेजलाई पनि सम्बन्धन दिन त्रिभुवन विश्वविद्यालयले पत्राचार गरेपछि मंगलबार आइओएमको फ्याकल्टी बोर्ड बैठक डाकिएको छ।
आइओएम फ्याकल्टी बोर्डले अहिलेकै क्षमता र पूर्वाधारमा थप कलेजलाई सम्बन्धन दिन नसकिने निर्णय गरेका कारण मनमोहन मेडिकल कलेजको सम्बन्धन लामो समयदेखि रोकिएको थियो। कलेजका सञ्चालक भने सम्बन्धन लिइछाड्ने 'चलखेल' मा सक्रिय थिए। यसबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेर लामो समयदेखि सम्बन्धन नपाइरहेको मनमोहन मेडिकल कलेजको 'सम्बन्धन प्रक्रिया टुंगो लगाउन' निर्देशन दिएको छ। अख्तियारको पत्र प्राप्त भएलगत्तै त्रिविले मनमोहन मेडिकल कलेजको सम्बन्धन छिटो टुंग्याउन आइओएमलाई दबाब दिएको हो।
काठमाडौं नेसनल मेडिकल कलेजका हकमा पनि 'सर्वोच्च अदालतको भदौ ३१ को फैसला कार्यान्वयन गरी सम्बन्धन दिनू' भन्दै आइओएमलाई दबाब दिइएको छ। सर्वोच्चले काठमाडांै नेसनल कलेजले दायर गरेको मुद्दामा 'सम्बन्धन दिने विषयलाई कानुनबमोजिम निर्णय गर्न' परमादेश दिएको थियो।
पत्राचारलगत्तै सम्बन्धनसम्बन्धी निर्णय गर्न आइओएमले मंगलबार फ्याकल्टी बोर्ड बैठक डाकेको हो। ३२ सदस्यीय फ्याकल्टी बोर्डमा अहिलेसम्म १० जना मात्र सम्बन्धनका पक्षमा छन्। बहुमत सदस्य पूर्वाधार मापदण्ड पूरा नगर्दासम्म सम्बन्धन बन्दै राख्नुपर्ने अडानमा छन्। विपक्षमा रहेका सदस्यमध्ये सात जना अनुपस्थित भइदिए मेडिकल सम्बन्धनको उद्देश्य पूरा हुन्छ। 'चलखेल' यही वातावरण बनाउन केन्द्रित रहेको स्रोतका दाबी छ।
उच्च स्रोतका अनुसार झन्डै एक दर्जन फ्याकल्टी सदस्यको अवधि कात्तिक मसान्तमा सकिँदैछ। नयाँ पदाधिकारीलाई सम्बन्धनका पक्षमा ल्याउन कठिन हुने ठानेर मेडिकल कलेज सञ्चालकहरू यही कार्यकालमा प्रक्रिया आफ्नो पक्षमा पार्ने ध्याउन्नमा छन्। 
यति मात्र होइन, धरानको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको अवधारणामै आँच आउने गरी नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने गरी निर्णय गराउने प्रयास भइरहेको पनि डा. केसीले बताए।
चिकित्सा विज्ञानसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापनाका लागि गठित समितिको प्रतिवेदनसमेत शिक्षा मन्त्रालयले कार्यान्वयन नगरी थन्क्याएको छ।
त्यस्तै, २०६७ वैशाखमा पूर्वशिक्षा सचिव जयराम गिरीको समितिले केही आइओएम पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरे पनि त्रिविले अहिलेसम्म कार्यान्वयन गरेको छैन। सहकुलपति र कुलपतिलाई तीन/तीन महिनामा प्रतिवेदन दिनुपर्ने निर्देशन दिइएको थियो, तर हालसम्म पदाधिकारीले एउटै प्रतिवेदन बुझाएका छैनन्। यही आधारमा स्पष्टीकरण हुँदै कारबाही थाल्ने सरकारी प्रतिबद्धतामा कुनै प्रगति भएको छैन।
डा. केसीले चिकित्सा शिक्षा नीति विधयक संसदमा लगेर पारित गराउनुपर्ने समेत मागसमेत उठाएका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस